सर्लाही, २३ फागुन । नेकपा माओवादी केन्द्रले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान आज सर्लाही जिल्लामा आइपुगेको छ। फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको अभियान झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरीहुँदै सर्लाही आएको हो । अभियानको जिल्ला बढ्दै गर्दा जनसहभागिता पनि बढ्दै गएको छ। विहान ६ बजे मर्निङ वाक गरेर सुरु […]
Tag: Sarlahi
सर्लाहीमा कारको ठक्करबाट गयो हरिणको ज्यान
सर्लाही । सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा कारले ठक्कर दिँदा हरिणको ज्यान गएको छ । लालबन्दी नगरपालिकामा पर्ने नवलपुर-लालबन्दीबीचको जङ्गल खण्डमा कारको ठक्करबाट हरिणको ज्यान गएको हो । स्थानीय प्रत्यक्षदर्शीले बताए अनुसार आइतबार बिहान करिब १० बजे नवलपुरबाट लालबन्दी तर्फ जादै गरेको कारले सडक पार गर्न लागेको हरिणलाई ठक्कर दिन पुगेको थियो । मुखबाट अत्यधिक रक्तस्राव भई […]
सर्लाहीको जुटपानीमा ५२ जनाले गरे रक्तदान
सर्लाही । “रक्तदान जीवन दान” भन्ने मुल उदेश्यसहित सर्लाहीको लालबन्दी-२ जुटपानीमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । जुट्पानी युवा क्लबले आयोजना गरेको रक्तदान कार्यक्रम शुक्रबार सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय र सुरक्षाकर्मीसहित चार दर्जन बढीले रक्तदान गरेका क्लबका अध्यक्ष इरफान अन्सारीले जानकारी दिए । “४७ जना पुरुष र ५ जना महिला गरि जम्मा ५२ […]
भोलि जनयुद्ध दिवस, बागमतीमा पनि सार्वजनिक बिदा
सर्लाही । भोलि फागुन १ अर्थात्, जनयुद्ध दिवस । तत्कालीन नेकपा(माओवादी) को नेतृत्वमा फागुन १, २०५२ बाट शुरु जनयुद्धले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापना भएको कुरा घाम जत्तिकै छर्लङ्ग छ । यो कुरा साचो भएपनि त्यो जस माओवादीलाई दिन बिपक्षी दलहरु भने हत्तपत्त तयार हुँदैनन् । नेकपा हुँदा जनयुद्ध दिवस नै मनाएका वर्तमान प्रधानमन्त्री […]
बिबाद समाधानपछि हरिवनमा धमाधम बन्न थाले बाटो
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा लामो समय देखि बिबादमा रहेका सडकहरु विवाद समाधान भएसंगै धमाधम कालोपत्रे हुन थालेपछि स्थानीयमा खुसी छाएको छ । हरिवन नगरपालिकाका विभिन्न वडाका सडकहरू लामो समयदेखि बिबादास्पद थिए । बिबादमा रहेका कारण बाटाहरु मर्मत नहुंदा स्थानीयले सास्ती खेप्नु परिरहेको थियो । बस्ती बिस्तार हुने क्रममा जग्गाको सिमाना विवाद […]
हरिवनको देउराली प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्री वितरण
भक्ती रिजाल, सर्लाही । स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानले हरिवन नगरपालिका वडा नम्बर ९ डुम्रीघारीमा रहेको देउराली प्राविका विद्यार्थीहरुलाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री बितरण गरेको छ । स्वर्गीय रोनिस कार्की स्मृति प्रतिष्ठानको आयोजनामा गरेको कार्यक्रममा बुधबार कक्षा १ देखि कक्षा ५ सम्मका ४० जना छात्र छात्रालाई न्यानो कपडा ट्र्याक सुट तथा शैक्षिक सामग्री […]
सर्लाहीको घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन- ५ घुर्कौलीमा ल्होछार साँस्कृतिक महोत्सव हुने भएको छ । माघ १६, १७ र १८ गते तीन दिनसम्म महोत्सव हुने भएको हो । तामाङ समुदायको संस्कृती र सभ्यतालाई संसारभरि चिनाउने उदेश्यले तामाङ समुदायको २८६१ औं डुक /सापुख्रि बर्षको अवसर पारेर बृहत ल्होछार सांस्कृतिक मेला महोत्सवको आयोजना गर्न लागेको संयोजक सिंहलाल […]
बागमतीका मेयर उपमेयरलाई फसाउन सरकारले षडयन्त्र गरेको भन्दै माओवादी केन्द्रको आपत्ति
भक्ती रिजाल, सर्लाही । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापा तथा उप-मेयर लिला कुमारी मोक्तानलाई फसाउन सरकारबाट विभिन्न षड्यन्त्र भइरहेको भन्दै नेकपा (माओवादी केन्द्र) सर्लाहीले बिज्ञप्ती मार्फत आपत्ति जनाएको छ । पार्टीका केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्लेद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ” भुमिहिन, सुकुम्बासी दलित तथा अव्यवस्थित बसोबासीलाई बेघरबार बनाउने गम्भिर […]
सर्लाहीको बागमतीमा बस दुर्घटना : ३ को निधन, १७ घाइते
सर्लाही। सर्लाहीस्थित पूर्वपश्चिम राजमार्गमा एकाबिहानै बस दुर्घटना भएको छ । सो दुर्घटनामा परी ३ को ज्यान गएको छ भने दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् । सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा आज बिहान बस दुर्घटनामा भएको हो । भैरहवाबाट जनकपुर आउँदै गरेको लु १ ख ८८४८ नम्बरको बस दुर्घटनामा परेको प्रहरीको भनाइ छ […]
टोल सुधार र फोहोर ब्यबस्थापनमा उदाहरणीय बन्दै हरिवनको वडा नम्बर ५
भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ५ समाज सुधारतर्फ अग्रसर भएको छ । आफ्नो टोल आफैले बनाउनु पर्छ भन्ने सोचका साथ वडावासीहरु एकजुट भएर लागेका छन् । वडामा रहेका टोल बिकास संस्थाले समग्र वडाको हितलाई आत्मसाथ गरि काम गर्ने गरेकाले पनि सिंगो वडा नम्बर पाँचको मुहार फेरिएको स्थानीय जनताको भनाइ छ । […]











