बिबाद समाधानपछि हरिवनमा धमाधम बन्न थाले बाटो

भक्ती रिजाल, सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाका विभिन्न वडामा लामो समय देखि बिबादमा रहेका सडकहरु विवाद समाधान भएसंगै  धमाधम कालोपत्रे हुन थालेपछि स्थानीयमा खुसी छाएको छ ।

हरिवन नगरपालिकाका विभिन्न वडाका सडकहरू लामो समयदेखि बिबादास्पद थिए । बिबादमा रहेका कारण बाटाहरु मर्मत नहुंदा स्थानीयले सास्ती खेप्नु परिरहेको थियो ।

बस्ती बिस्तार हुने क्रममा जग्गाको सिमाना विवाद तथा पहुँच र पावरको गलत प्रयोग हुँदा  स्थानीयले लामो समय देखि सडक समस्या झेल्नुपरेको थियो भने बिकासको क्रम पनि ठप्प बनेको थियो ।
पछिल्लो समयमा भने बिबाद समाधान हुँदै गएका कारण सडक कालो पत्रे ,ढलान तथा सडक बिस्तारका काम अगाडि बढेकोमा आफुहरुलाई  खुसी लागेको हरिवन नगरपालिका वडा नम्बर ८ का स्थानीय युवा हरि निरौलाले बताउँछन्  । केही ब्यक्तिहरुको लहड र निजि स्वार्थका कारण लामो समय देखि बिबादमा रहेका बाटाहरु समस्या समाधान भएर स्तर उन्नति हुनु राम्रो कुरा निरौलाले बताए ।

लामो समय देखि बिबादमा रहेको वडा नम्बर ११ अन्तर्गत स्वर्गीय बेद बहादुर बुढाथोकीको घर अगाडिको बाटो पनि पछिल्लो समय सम्म बिबादित थियो हाल आएर बिबाद समाधान भए संगै उक्त बाटो बिस्तार र कालो पत्रे भएको छ ।

वडा नम्बर आठको जनजागृती मा.बि उत्तरको बाटो पनि लामो समय सम्म बिबादमा थियो उक्त बाटो पनि बिबाद समाधान भएसंगै बिस्तार र कालोपत्र हुँदैछ ।

हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) भन्छन् “आखिर तिनै जनताको आवत जावत गर्ने मुल बाटो जसलाई  बिबादित बनाएर कसले फाइदा पायो र ?” बाटोलाई साझा सम्पत्ति  ठान्ने संस्कार र संस्कृतिको बिकास गर्न सके समस्या आफै समाधान भएर जाने बुढाथोकी को बुझाइ  छ ।

लामो समय देखि विवादमा रहेका बाटाहरु धमाधम बन्नु खुसीको कुरा हो भन्छन्  हरिवन ११ का तारानाथ लुइँटेल : ´यसै बर्ष मात्रै यस्ता थुप्रै बाटाहरुको बिबाद समाधन भएको छ ।

वडा नम्बर ९ डुम्रीघारी जाने बाटो, वडा नम्बर ११ को प्रसुतीगृह जाने बाटाहरु पनि बिबाद समाधान भए संगै बिस्तार भएका छन्  । त्यसैगरी वडा नम्बर  ८ को कार्यालयबाट दनुवारी जाने बाटोको बिबाद समाधान भएको छ भने वडा नम्बर ८ कै महादेब जनता नमुना माबिका प्र.अ गिरीराज रानाको घर तर्फ जाने बाटो पनि निर्माण सम्पन्न भएको छ ।

सार्बजनिक सरोकार र मूल्य मान्यताको आधारमा समाजले अपनत्त्व लिने ‘दीर्घकालीन कुरालाई सबैले स्विकार गर्न सक्नु पर्छ `भन्छन् हरिवन नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रज्वल  ढुंगाना सडक, बिधालय, स्वास्थ्य संस्था लगायतका सार्बजनिक सरोकारमा सबैले हातेमालो गर्नु पर्नेमा अध्यक्ष ढुंगानाको जोड छ ।

हरिवन नगरपालिकाले नगर भित्रका सबै ठाउँमा सडकको पहुँच पुर्याउने अभियानलाई तिब्रता दिएको जनाएको छ ।