सर्लाहीमा समेत एक युवाले गरे आत्मदाह प्रयास

सर्लाही । सर्लाहीको गोडैता नगरपालिकामा एक युवाले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका छन्।

स्थानीयका अनुसार गोडैता नगरपालिका–३ का ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेका हुन्। घटनापछि स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाएका छन्।

प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले घटनाको पुष्टि गर्दै यसबारे आफूले तत्काल प्रधानमन्त्री, गृहमन्त्री तथा आफ्नो दलका सभापतिलाई जानकारी गराएको बताएका छन्।

घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने थप अनुसन्धान भइरहेको छ।