भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद(सिटिइभिटी) का उपनिर्देशक रोहित दहाललाई बनेपा बहुप्राविधिक शिक्षालयमा शिक्षालय प्रमुखको जिम्मेवारी दिइएको छ । प्रशासन महाशाखामा कार्यरत उपनिर्देशक दहाललाई सदस्य सचिव स्तरीय निर्णयले सो जिम्मेवारी दिइएको हो । शुक्रबार प्रशासन महाशाखा प्रमुख दामोदर देवकोटालगायतले दहाललाई बिदाइ गर्दै बनेपा बहुप्राविधिक शिक्षालयको विकासमा उल्लेखनीय योगदान हुने बिश्वास व्यक्त गरेका […]
साहित्य
अनेसास दर्पणको संयोजनमा मिलापद्वारा दरबारको कानुन सार्वजनिक
अनेसास दर्पणको संयोजनमा ‘मिलाप’ मासिकले उपन्यासकार नगेन्द्र न्यौपानेको चौथो उपन्यास ‘दरबारको कानुन’ को आज लोकार्पण गरेको छ । साहित्यकार प्राध्यापक पुरूषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रमुख अतिथि, सभाध्यक्ष, विशेष अतिथि खेमनाथ दाहाल, राधेश्याम लेकाली, ईश्वरी वाग्ले, डा. यज्ञश्वर निरौला, डा. अम्बिका अर्याल, सन्तोष श्रेष्ठ लगायत मञ्चासीनहरुले कृतिको लोकार्पण गरेका […]
श्रद्धाञ्जली सभामा ‘मेरो देश प्रेमको देश’ अभियानको चर्चा
२०८२ मंसिर १४, काठमाडौं । अनेसास केन्द्रका पूर्व अध्यक्ष मोहन सिटौला तथा अनेसास डिसी च्याप्टरका उपाध्यक्ष कविन्द्र सिटौलाकी ममतामयी माता मनमाया सिटौलाको श्रद्धाञ्जली सभा एवम् कवि कविन्द्र सिटौलाको ‘मेरो देश प्रेमको देश’ अभियानको बारेमा जानकारी दिने उद्देश्यले आज एक कार्यक्रमको आयोजना गरियो । अनामनगरस्थित डालो रेष्टुरेन्टमा आयोजना गरिएको सो शोकसभा कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व […]
साहित्यकार केदार सङ्केतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
बेलायतमा बसोबास गर्ने विशेषगरी युद्ध साहित्यमा आफ्नो पहिचान बनाएका स्रष्टा केदार सङ्केतको नवीनतम कथासङ्ग्रह ‘अन्तिम साँझ’ गत आइतवार साँझ लोकार्पण गरिएको छ । वरिष्ठ साहित्यकार खेमनाथ दाहालले सभापतित्व गरेको कार्यक्रमलाई अनेसास दर्पणका कार्यकारी सम्पादक रमेश दाहालद्वारा स्वागत तथा गीता अधिकारीले सहजीकरण गरिएको थियो । मिलाप पब्लिकेशनको आयोजना तथा अनेसास दर्पणको संयोजनमा ललितपुर कुमारीपाटीस्थित ऐला लाउन्जमा […]
मदनराजको ‘अतीतको झझल्को’ सार्वजनिक
ललितपुर । साहित्यकार मदनराज ताम्राकारद्वारा लिखित आत्मकथात्मक कृति ‘अतीतको झझल्को’ सार्वजनिक गरिएको छ। ललितपुरको जावलाखेलमा शनिबार आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार तथा प्राज्ञ डा. तुलसीप्रसाद भट्टराईले पुस्तक विमोचन गरे। जीवन, संघर्ष र स्मृतिको दस्तावेज ‘अतीतको झझल्को’ पुस्तकमा लेखक ताम्राकारका जीवनअनुभव, जागिरे जीवनका भोगाइ, देश–विदेश भ्रमणका संस्मरण तथा आत्मकथ्यपरक निबन्धहरू समेटिएका छन्। नेपाल बैंकदेखि एभरेष्ट बैंकसम्मको लामो […]
उषा केसीको ‘हिउँफूल’ उपन्यासमाथि चर्चा
शब्दयात्रा प्रकाशनले शब्दसाधना प्रस्तुतीकरण कार्यक्रमको दोस्रो शृङ्खलामा आज २०८२ पुस १० गते बिहीबार उषा केसीद्वारा लिखित उपन्यास ‘हिउँफूल’ माथिको संवाद कार्यक्रम आयोजना गरेको थियो । अग्रज समालोचक डा. दयाराम श्रेष्ठ प्रमुख अतिथि र शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुइकेल सभापति रहेको आजको कार्यक्रममा शब्दयात्रा प्रकाशनका संस्थापक अध्यक्ष हरि मञ्जुश्रीले शब्दयात्रा प्रकाशनका विषयमा जानकारी गराएका थिए । […]
गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ गीत ओसियन म्युजिक नेपालको यूट्युब च्यानलबाट सार्वजनिक भएको छ। संगीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीतलाई जीवन्त बनाएको छ। गीतको एरेन्ज सन्तोष प्रगाढ राईले गरेका छन्। त्यस्तै इडिटिङ वीरेन्द्र भाट ‘विपिन’ र मिक्सिङ–मास्टरिङ गोविन्द सोनीले गरेका छन्। गीतले एकतर्फी प्रेमको पीडा […]
कांग्रेस नेता महरको गीत सार्वजनिक, मन्त्री र महानायकदेखि दर्जन बढीको अभिनय
ललितपुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैन सिंह महरको शब्दमा उनिएको ‘बन्छ मेरो देश बन्छ’ बोलको राष्ट्रिय गीत सार्वजनिक भएको छ । ललितपुरमा बुधबार एक कार्यक्रम गरी ओएसआर डिजिटल युट्युव च्यानल मार्फत देशभक्तिपूर्ण उक्त गीतको सार्वजनिक गरिएको छ। गीतमा निराशा र बेथितिले सबैलाई पिरोलिरहेको बेला आशाको सञ्चार गर्न प्रयास गरिएको छ। उक्त गीतमा शिक्षा मन्त्री […]
बलामीका दुई कृति बजारमा
काठमाडौ । गजलकार रीता बलामीको ‘आभासपुञ्ज’ गजलसङ्ग्रह र ‘बालमञ्जरी’ बालकवितासङ्ग्रह विमोचन भएको छ । प्रज्ञाभवनको लेखनाथ सभाकक्षमा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ गीतकार प्राडा कृष्णहरि बराल र अन्य अथितिले संयुक्तरूपमा उनको गजलसङ्ग्रह आभासपुञ्जको विमोचन गरे । वरिष्ठ कवि स्नेह सायमीको संयोजकत्वमा रातोघर र कार्डिनल इन्टरनेशनल बोर्डिङ हाइस्कुलद्वारा आयोजित सो विमोचन कार्यक्रममा ‘बालमञ्जरी’ को विमोचन प्रमुख […]
मेरी संजीवनीको लोकार्पणका साथै पुस्तक हस्तान्तरण सम्पन्न
अनेसास पोर्चुगलकी कार्यसमिति सदस्य गीतकार सजु पौडेल बरालको ‘मेरी सञ्जीवनी’ गीतसङ्ग्रह लोकार्पणका साथै पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । गत आइतवार पोखरामा भएको कार्यक्रमको आयोजना पृथ्वीनारायण क्याम्पस नेपाली विभागले गरेको थियो । गीतसङ्ग्रह क्याम्पस प्रमुख प्रा.डा. हरिप्रसाद पाठक, विभागीय प्रुमख डा. यमनाथ तिमिल्सिना, पूर्व विभागीय प्रमुख प्रा.डा. कुसुमाकर न्यौपाने, उपप्राध्यापक गीताकुमारी पौडेल, गीतकार सजु […]











