साहित्यकार एवं सञ्चारकर्मी आशुतोषलाई मातृशोक

भक्तपुर । साहित्यकार एवं सञ्चारकर्मी रामगोपाल आशुतोषलाई मातृशोक परेको छ । उनको आमा तुईनानी किसिजुको मंगलबार ८९ वर्षको उमेरमा निधन भएको हो ।

भक्तपुर -१ सल्लाघारीकी किसिजु लामो समयदेखि बोनम्यारो सम्बन्धि समस्याले ग्रसित थिइन् । मंगलबार उपचारको क्रममा भक्तपुर अस्पतालमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।

उनको चार छोरा र एक छोरी छन् ।