चिनियाँ गुप्तचर निकायको चेतावनी : एआईबाट राष्ट्रिय सुरक्षामा खतरा हुनसक्छ

काठमाडौँ । चीनको गुप्तचर निकायले तीव्र गतिमा विकसित भइरहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको दुरुपयोगबाट देशको राजनीतिक तथा सामाजिक सुरक्षामा खतरा उत्पन्न हुन सक्ने चेतावनी दिएको छ। चीनको राज्य सुरक्षा मन्त्रालय (एमएसएस) ले आइतबार पहिलोपटक सार्वजनिक रूपमा एआईबाट उत्पन्न हुन सक्ने सुरक्षा जोखिमबारे विस्तृत धारणा सार्वजनिक गरेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ। मन्त्रालयका अनुसार एआईको दुरुपयोगबाट […]

बेलायतको एकतामाथि नयाँ दबाब, स्कटल्यान्ड–वेल्स–उत्तरी आयरल्यान्डका नेताहरू एक ठाउँमा

कार्डिफ । संयुक्त अधिराज्य (यूके) को संवैधानिक भविष्यलाई लिएर बहस फेरि चर्किएको छ। स्कटल्यान्ड, वेल्स र उत्तरी आयरल्यान्डमा आत्मनिर्णय तथा थप स्वायत्तताको पक्षमा रहेका राजनीतिक शक्तिहरू बलियो बनेपछि यी क्षेत्रका नेताहरूबीच सहकार्यको सम्भावना पनि बढेको छ। यही पृष्ठभूमिमा स्कटल्यान्डका प्रथम मन्त्री जोन स्विनी, वेल्सका प्रथम मन्त्री रुन आप इओर्वेर्थ र उत्तरी आयरल्यान्डकी प्रथम मन्त्री मिशेल […]

प्रेमिकासँगको भिडियोपछि विवादमा आएका भिक्षुमाथि करोडौँको आर्थिक अनियमितताको आरोप

बैंकक । थाइल्यान्डमा एक वरिष्ठ बौद्ध भिक्षु यौनसम्बन्धी विवाद र मन्दिरको करोडौँ रकम हिनामिना गरेको आरोपमा पक्राउ परेपछि धार्मिक क्षेत्रमा पुनः ठूलो बहस सुरु भएको छ। ६६ वर्षीय फ्रा वाचिरायन वी (Phra Wachirayan Wi), अयुथायास्थित ऐतिहासिक वाट फुत्थाइसावानका पूर्व प्रमुख भिक्षु हुन्। प्रहरीले उनलाई मन्दिरका लागि संकलन गरिएको रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको र त्यसलाई […]

साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण

रियाद । साउदी अरबको महत्त्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा बिहीबार ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ । आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार पाइपलाइन प्रणालीमा क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एक […]

मोदीको निमन्त्रणामा सात वर्षपछि नयाँदिल्ली जाँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ

काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी शनिबार र आइतबार भारतको नयाँदिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सीले भारत भ्रमण गर्न लागेका हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार सीको भारत भ्रमणको घोषणा गरेका हुन् । यो भ्रमण सात वर्षपछि सीको पहिलो भारत भ्रमण […]

अस्ट्रेलियाली संसद्‌मा नेपालको बाढीबारे प्रधानमन्त्रीको सम्बोधन : दुःखको यो घडीमा हामी साथमा छौँ

काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बत सीमा क्षेत्रमा गएको विनाशकारी बाढीका कारण भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै विपद्को यस घडीमा नेपाल एक्लै नरहेको बताएका छन्। अस्ट्रेलियाली संसद्‌लाई सम्बोधन गर्दै उनले बाढीमा परी आफ्ना ३६ जना नागरिक अझै सम्पर्कविहीन रहेको पुष्टी गरेका छन्। ‘चमत्कारको आशमा छौँ’ गत अगस्ट २६ मा हिमपहिरो […]

अमेरिकाको मियामी एयरपोर्टमा विमान दुर्घटना, पाँच जनाको मृत्यु

अमेरिका । अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजन एयरको कार्गो विमान रनवेबाट बाहिरिएर दुर्घटनाग्रस्त हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार दिउँसो करिब २ बजे अवतरण गरेको बोइङ ७६७–३०० विमान रनवेबाट बाहिरिएर दुर्घटनामा परेको हो। विमान करिब २०९ किलोमिटर प्रतिघण्टाको गतिमा रनवेबाट बाहिर गएको प्रारम्भिक विवरणमा […]

रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्रमा नजान अमेरिकाको चेतावनी

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले नेपालसम्बन्धी आफ्नो ट्राभल एडभाइजरी अद्यावधिक गर्दै नेपाल भ्रमण गर्ने आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको नयाँ यात्रा सुझावमा नेपाललाई ‘लेभल २ : बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखेको छ। तर, रसुवा जिल्लाका केही क्षेत्रलाई भने ‘लेभल ४ : यात्रा नगर्नुहोस्’ […]

पश्चिम एसियामा तनाव चुलिँदै, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्यो

तेहरान । पश्चिम एसियामा अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका कारण विश्व राजनीति र अर्थतन्त्रमा गम्भीर असर पर्न थालेको छ। पछिल्लो २४ घण्टामा भएका आक्रमण र त्यसपछिका चेतावनीले यस क्षेत्रमा अस्थिरता थप बढाएको छ। इरानको खातम अल-अन्बिया सेन्ट्रल हेडक्वाटरका प्रवक्ता कर्नल इब्राहिम जोल्फघारीले इरानी सेनाले यस क्षेत्रमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूमा मिसाइल र ड्रोन […]

इरानको लारक द्वीपमा अमेरिकी आक्रमण

तेहरान । अमेरिकी सेनाले इरानको लारक द्वीपमा रहेका दुईवटा इरानी लन्चरमा आक्रमण गरेको छ। गत जुलाईको अन्त्यपछि इरानमाथि भएको यो पहिलो अमेरिकी सैन्य प्रहार हो। इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का बलहरूले स्ट्रेट अफ होर्मुजमा समुद्री माइनहरूसहित रकेट प्रहारको तयारी गरिरहेको फेला पारेपछि उक्त कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमाण्ड (सेन्टकम्) का प्रवक्ता कमाण्डर टिम हकिन्सले […]