बिहारको अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा ७ जनाको मृत्यु

काठमाडौं । भारतको बिहार राज्यमा पर्ने लखिसरायस्थित अशोकधाम मन्दिरमा भगदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ । लखिसरायका सब डिभिजनल प्रहरी अधिकारी (एसडीपीओ) शिवम कुमारले सोमबार बिहान अशोकधाम मन्दिरमा उक्त घटना भएको बीबीसीलाई जानकारी दिएका छन् । शिवम् कुमारका अनुसार घटनामा अहिलेसम्म सात जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । […]

हर्मुजमा आफ्नो जहाजमाथि इरानले आक्रमण गरेको युएईको आरोप

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानले हर्मुज जलमार्गमा आफ्नो सरकारी तेल कम्पनी अबु धाबी नेसनल आयल कम्पनी (एडीएनओसी) को एक जहाजमाथि आक्रमण गरेको आरोप लगाएको छ। शुक्रबार हर्मुज जलमार्गबाट पार हुँदै गरेको एडीएनओसीको जहाजमाथि इरानले आक्रमण गरेको युएईले आरोप लगाएको हो। एडीएनओसीले घटनामा कुनै पनि व्यक्ति घाइते नभएको र अवस्था नियन्त्रणमा रहेको जनाएको छ। […]

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी

जकार्ता । पूर्वी इन्डोनेसियाको समुद्री क्षेत्रमा शनिबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि केही क्षेत्रमा एक मिटरभन्दा कम उचाइका सुनामीका छालसमेत रेकर्ड गरिएको इन्डोनेसियाको भूभौतिक निकाय बीएमकेजीले जनाएको छ। भूकम्पपछि स्थानीय बासिन्दा घरबाट बाहिर निस्किएर सुरक्षित स्थानतर्फ भागेका थिए। राष्ट्रिय विपद् न्यूनीकरण निकायका प्रवक्ता डोदी युलेओभाका अनुसार नगेकेओ र बिमा लगायतका क्षेत्रमा करिब […]

कोलोम्बियामा शक्तिशाली भूकम्प, कम्तिमा १११ जनाको मृत्यु

काठमाडौँ । कोलोम्बियामा शक्तिशाली भूकम्प जाँदा कम्तिमा १११ जनाको मृत्यु भएको छ। कोलोम्बियाको भूगर्भीय सेवाका अनुसार बिहान ७:३४ बजे चोको प्रान्तको सान जोस डेल पालमार गाउँ नजिकैको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ७.४ म्याग्नेच्युडको भूकम्प गएको हो। यसको धक्का पश्चिमी कोलोम्बियाका सयौं माइलसम्म महसुस गरिएको थियो। अहिलेसम्मकै शक्तिशाली मध्येको भूकम्प गएसँगै त्यहाँ आपतकालीन अवस्थाको घोषणा भएको बिबिसीले जनाएको […]

एसियाली सेयर उकालो लाग्दा तेलको भाउ पनि उकालो

टोकियो। अमेरिकाको फितलो रोजगारी प्रतिवेदनले तत्कालै ब्याजदर बढ्ने जोखिम घटाएपछि सोमबार एसियाली सेयर बजार उकालो लागेको छ। वाल स्ट्रिटको सकारात्मक प्रभाव एसियाली बजारमा देखिए पनि खाडी क्षेत्रको शान्ति वार्तामा प्रगति नहुँदा कच्चा तेलको मूल्य भने बढेको छ। इरानले आइतबार ओमानसँग स्ट्रेट अफ होर्मुजमा नयाँ समुद्री मार्ग तोक्ने सम्झौता अन्तिम चरणमा पुगेको बताएको छ। यद्यपि अमेरिकाले अन्य […]

गजामा दीर्घकालीन शान्ति स्थापनाका लागि ट्रम्पको १५ बुँदे प्रस्ताव हमासले मान्यो, इसराइलले मानेन

काठमाडौँ । गजामा दीर्घकालीन शान्ति स्थापनाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रस्ताव गरेको १५ बुँदे योजनालाई इसराइले अस्वीकार गरिदिएको छ। इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबारको मन्त्रिपरिषद बैठकमा ट्रम्पको योजनालाई इसराइलले स्वीकार ‍नगरेको बताएको अमेरिको समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले लेखेको छ। ‘इसराइल १५ बुँदे प्रस्ताव अस्वीकार गर्दछ,’ बैठकमा नेतन्याहूले भनेका छन्। हमास हतियार बुझाएर गजाको शासन […]

रूसले केही वर्षभित्र नेटो राष्ट्रमाथि आक्रमण गर्नसक्ने अमेरिकी खुफिया रिपोर्ट

काठमाडौँ । अमेरिकी खुफिया रिपोर्टले केही वर्षभित्र रूसले नेटो सदस्य राष्ट्रमाथि आक्रमण गर्न सक्ने सम्भावना देखाएको छ। नेटो सदस्य राष्ट्रहरूको गठबन्धन कत्तिको सुदृढ छ भन्ने कुरा परीक्षण गर्नका लागि रूसले केही वर्षमै कुनै एउटा सदस्य राष्ट्रमाथि हमला गर्न सक्ने खुफिया रिपोर्ट रहेको भनेर अमेरिकी अखबार द वाल स्ट्रिट जर्नलले पहिलोपटक सार्वजनिक गरेको हो। उक्त आक्रमण […]

अमेरिका पुगेर सुत्केरी हुने अभ्यासमा प्रतिबन्ध, ट्रम्पले जारी गरे कार्यकारी आदेश

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने प्रयासलाई नयाँ स्वरूपमा अघि बढाएका छन् । अमेरिकी सर्वोच्च अदालतले केही साताअघि उनको अघिल्लो प्रयास असंवैधानिक ठहर गर्दै रोक लगाएपछि ट्रम्पले बिहीबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । नयाँ आदेशमध्ये पहिलोले अमेरिकामा जन्मिएका केही शिशुले स्वत: अमेरिकी नागरिकता नपाउने अवस्थाको दायरा विस्तार गरेको […]

रहेनन् भारतीय अभिनेता प्रदीप रावत

काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सर (रक्त क्यान्सर) पुनः बल्झिएपछि मुम्बईमा उपचाररत रहेका रावतको मंगलबार निधन भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। रावतका व्यवस्थापक सिद्धार्थ तिवारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार प्रदीप रावत एक महिनाभन्दा बढी समयदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए। अभिनेता यशपाल शर्माले पनि रावतको […]

होर्मुज खोल्न इरान–ओमान वार्ता सकारात्मक, तेलको मूल्यमा गिरावट

काठमाडौं । इरान र ओमानबिच होर्मुज जलडमरूबाट व्यापारिक जहाजको सुरक्षित आवतजावत पुनः सञ्चालन गर्ने विषयमा भइरहेको कूटनीतिक वार्ता सकारात्मक दिशामा अघि बढेको दुवै पक्षकाे संकेतपछि मध्यपूर्वमा जारी युद्धको प्रभाव कम हुने आशा बढेको छ। तर, त्यही समयमा यमननजिकै रेड सीमा भारतीय व्यापारिक जहाजमाथि भएको आक्रमणले क्षेत्रीय समुद्री सुरक्षाको जोखिम भने अझै गम्भीर रहेको देखाएको छ। […]