ट्रम्प प्रशासनविरुद्ध २५ राज्यको मुद्दा, नयाँ भन्सार शुल्क कानुनविपरीत भएको दाबी

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले विभिन्न व्यापारिक साझेदारबाट आयात हुने वस्तुमा लगाएको नयाँ दोहोरो अंकको महसुलविरुद्ध २५ वटा डेमोक्रेटिक नेतृत्वमा रहेका अमेरिकी राज्यले अदालतमा मुद्दा दायर गरेका छन्। राज्यहरूले ट्रम्पले महसुल लगाउने आफ्नो कानुनी अधिकार नाघेको र सर्वोच्च अदालतले गैरकानुनी ठहर गरेको पुरानो महसुललाई नयाँ कानुनी आधारको आवरणमा पुनः लागू गर्न खोजेको […]

इराक र टर्कीबीच तेल सम्झौता

इराकले टर्कीसँग इराक–टर्की पाइपलाइनमार्फत कच्चा तेल टर्कीको सेहान बन्दरगाहसम्म ढुवानी गरी निर्यात गर्ने एक वर्षे सम्झौता गरेको छ । इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । मन्त्रालयका अनुसार सम्झौताअन्तर्गत इराकले उक्त पाइपलाइनमार्फत दैनिक कम्तीमा सात लाख ५० हजार ब्यारेल कच्चा तेल निर्यात गर्नेछ । इराकी तेलमन्त्री बासिम मोहम्मद खुदैरले सम्झौता कार्यान्वयनका लागि दुवै […]

इरानमाथि हमला रोकेर ट्रम्पले भने- सम्झौताको नमूना तयार भयो, होर्मुज स्ट्रेट तत्काल खोलिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको ठूलो सैन्य हमला तत्कालका लागि रद्द गरिएको घोषणा गरेका छन्। इरान तथा मध्यपूर्वका अन्य देशहरूबाट आएको आग्रह र दुवै पक्षबीच सम्झौताको प्रारम्भिक नमूनामा सहमति जुटेपछि हमला रोकिएको ट्रम्पले जनाएका हुन्। आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत ट्रम्पले अमेरिका दोस्रो विश्वयुद्धपछिकै ठूलो सैन्य शक्तिसहित इरानविरुद्ध आक्रमण गर्न पूर्ण […]

इरान युद्ध अन्त्य गर्ने प्रयासमा ट्रम्पलाई परस्पर विरोधी दबाब

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग जारी युद्ध अन्त्य गर्ने बाटो खोजिरहेका बेला उनलाई मध्यपूर्वका प्रमुख साझेदारहरूबाट परस्पर विरोधी सन्देश प्राप्त भइरहेको छ। साउदी अरबले युद्ध मत्थर पार्न आग्रह गरिरहेको छ भने इजरायलले इरानमाथि थप दबाब र सैन्य कारबाहीको पक्षमा जोड दिइरहेको छ। बुधबार साउदी रक्षामन्त्री खालिद बिन सलमानले वासिङ्टनमा ट्रम्प र उपराष्ट्रपति […]

हतियार बुझाएर गजाको शासन छाड्न हमास सहमत भएको ट्रम्पको दावी

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गजाको सशस्त्र समूह हमासले हतियार बुझाएर त्यहाँको शासन छाड्न सहमति गरेको दाबी गरेका छन्। ट्रम्पले बिहीबार ट्रुथ सोसलमार्फत हमास र गजाका अन्य सबै सशस्त्र समूहले हतियार बिसाउन सहमति गरेको दाबी गरेका हुन्। ‘बोर्ड अफ पिसले आज हमास र गाजाका अन्य सबै सशस्त्र समूहको पूर्ण निःशस्त्रीकरणका लागि ऐतिहासिक सहमति गरेको छ। […]

अमेरिकामा रगत अभाव, रेडक्रसद्वारा ‘संकट’ घोषणा

काठमाडौं । अमेरिकामा रगतको अभाव गम्भीर बन्दै गएको छ । अमेरिकन रेडक्रसले आफ्नो १५० वर्षको इतिहासमै दोस्रो पटक रगतको मौज्दात ‘संकट’ स्तरमा पुगेको घोषणा गरेको छ । बीबीसीका अनुसार अमेरिकन रेडक्रसकी डा. कोर्टनी लरेन्सले जंगलमा लागेको डढेलो, अत्यधिक गर्मी तथा अन्य विभिन्न कारणले रगत संकलनमा असर परेपछि यस्तो अवस्था सिर्जना भएको बताएकी छन् । उनका […]

चीन–भारत–पाकिस्तान सहित ६० व्यापारिक साझेदारमाथि अमेरिकाले लगायो नयाँ भन्सार शुल्क

काठमाडौं । अमेरिकाले जबर्जस्ती श्रमबाट उत्पादित वस्तुको आयात रोक्न पर्याप्त कदम नचालेको आरोप लगाउँदै ६० वटा प्रमुख व्यापारिक साझेदार देशमाथि नयाँ भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेको छ । १० प्रतिशतदेखि १२.५ प्रतिशतसम्मका यी शुल्क बेलायत, चीन, भारत, पाकिस्तान, क्यानडा, जापान, युरोपेली संघ लगायत अमेरिकाका प्रमुख व्यापारिक साझेदारहरूमा लागू हुनेछन् । यस वर्षको सुरुमा अस्थायी […]

मध्यरातमा विशेष भिडियो सन्देश जारी गर्दै मोदीले आन्दोलनरत पक्षलाई के भने ?

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार मध्यरातमा एक विशेष भिडियो सन्देश जारी गर्दै ‘पेपर लीक’ गर्नेहरू विरुद्ध कडा कानुन र सजायको व्यवस्था गर्ने घोषणा गरेका छन्। प्रधानमन्त्री मोदीले यस विषयमा क्याबिनेटले कठोर निर्णय लिने र आगामी हप्ता संसद्मा नयाँ विधेयक पेश गरी पारित गरिने बताएका छन्। बिहीबार राति ११:५२ बजे सामाजिक सञ्जाल ‘एक्स’ मार्फत […]

सिक्किमको जलविद्युत् सुरुङ भत्किँदा नौको मृत्यु, मिथेन ग्यासले उद्धारमा चुनौती

नयाँदिल्ली । भारतको हिमाली राज्य सिक्किममा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना मजदुरको मृत्यु भएको छ भने १५ जना अझै बेपत्ता रहेका छन्। सुरुङभित्र फैलिएको विषाक्त मिथेन ग्यासका कारण उद्धार अभियान जटिल बनेको अधिकारीहरूले जनाएका छन्। दुर्घटना सोमबार टिस्टा नदीमा निर्माणाधीन सरकारी जलविद्युत् परियोजनाको सुरुङमा निर्माण कार्य भइरहेको बेला भएको हो। प्रारम्भिक रूपमा […]

फकल्याण्ड ब्यानर विवादमा अर्जेन्टिनाको समर्थनमा ह्वाइट हाउस

काठमाडौं । फुटबल वर्ल्ड कप २०२६ मा फकल्याण्ड टापुसँग जोडिएको ब्यानरलाई लिएर विवादमा परेको अर्जेन्टिनाको टोलीको समर्थनमा ह्वाइट हाउस उभिएको छ। ह्वाइट हाउसले टोलीको अभिव्यक्ति स्वतन्त्रताको अधिकारको बचाउ गरेको छ। उसले खेलाडीहरूलाई अमेरिकामा यस्तो बयान दिने अधिकार भएको बताएको छ। सेमिफाइनल खेलपछि अर्जेन्टिनाका खेलाडीहरूले एउटा ब्यानर फहराएका थिए। उक्त ब्यानरमा “फकल्याण्ड अर्जेन्टिनाको हो” भनी लेखिएको […]