गरिमा बलात्कार र हत्या आरोपीको भिडियो सार्वजनिक गर्ने प्रहरी पक्राउ

काठमाडौं । बाराकी ३ वर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्यामा संलग्न किशोरको बयानको भिडियो खिचेर सार्वजनिक गरेको अभियोगमा एक प्रहरी नै प्रकाउ परेका छन् । 

किशोरको बयान चलिरहेको बेलामा बयान कक्षमा खिचेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियो खिच्ने र सार्वजनिक गर्नेको आलोचना बढेको छ भने बयान कक्षको गोपनियतामाथि पनि प्रश्न उठेको छ ।

उक्त भिडियोमा किशोरले कसरी बलात्कार गरेको भन्ने सबै कुरा खुलाएका छन् । प्रहरी समक्ष गरेको बयानको भिडियो बाहिरिएपछि प्रहरीमाथि नै प्रश्न उठेको थियो।

बारा प्रहरीका अनुसार भिडियो खिच्ने प्रहरीलाई अहिले पक्राउ गरी हिरासतमा राखिएको छ । भिडियो खिच्ने समूहमा पाँच जना प्रहरी देखिएको र अन्यमाथि पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।