काठमाडौं । रसुवाको भोटेकोशी हुँदै भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडितहरूको सहयोगार्थ जापानी कम्पनी डिस्कभरी सपोर्ट कम्पनी लि.ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले अर्थ मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रममा उक्त रकमको चेक अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो। ग्लोबल आईएमई बैंकको चेकमार्फत १० लाख रुपैयाँ […]
Author: Nonstop Khabar
साहित्यकार एवं सञ्चारकर्मी आशुतोषलाई मातृशोक
भक्तपुर । साहित्यकार एवं सञ्चारकर्मी रामगोपाल आशुतोषलाई मातृशोक परेको छ । उनको आमा तुईनानी किसिजूको मंगलबार बिहान ८९ वर्षको उमेरमा निधन भएको हो । भक्तपुर नगर निवासी किसिजू लामो समयदेखि बोनम्यारो सम्बन्धि समस्याले ग्रसित थिइन् । पछिल्लो समय उनमा रक्त क्यान्सर देखिएको थियो । मंगलबार उपचारको क्रममा भक्तपुर अस्पतालमा उनको निधन भएको पारिवारिक श्रोतले जनाएको […]
बुधबार भक्तपुरमा कांग्रेसको विचार गोष्ठी, देउवा प्रमुख वक्ता
भक्तपुर । नेपाली कांग्रेस भक्तपुर जिल्ला कार्यसमितिले पार्टीका संस्थापक नेता, पूर्वप्रधानमन्त्री तथा जननायक बी.पी. कोइरालाको ११३औँ जन्मजयन्तीको अवसरमा ‘बी.पी. विचार, राष्ट्रिय राजनीति र नेपाली कांग्रेस’ विषयक विचार गोष्ठी आयोजना गर्ने भएको छ। नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा क्षेत्रीले बुधवार गोष्ठी आयोजना हुने बताए । गोष्ठीमा प्रमुख वक्ताको रुपमा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति […]
जलप्रकोपमा परी ज्यान गुमाएकाको सम्झनामा गोल्डेन सुनगाभामा शोकसभा
बाबुराम दाहाल, भक्तपुर । रसुवाको भोटेकोशी हुँदै आएको जलप्रकोपमा परी ज्यान गुमाउने स्वदेशी तथा विदेशी नागरिकको सम्झनामा दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलमा सोमबार साँझ शोकसभा गरिएको छ। घटनाको तेह्रौं दिन राष्ट्रिय शोक दिवसको सन्दर्भमा सोमबार विद्यालयले शोकसभा आयोजना गरेको हो । विद्यालय परिवार, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयको सहभागितामा भएको शोकसभामा मैनबत्ती, पाला तथा […]
बाढीपीडित बालबालिकाका लागि राहत सामग्री हस्तान्तरण
काठमाडौं । रसुवाको भोटेकोशी हुँदै आएको विनाशकारी बाढीबाट प्रभावित बालबालिकालाई लक्षित गरी गोकर्णेश्वर नगरपालिका जोरपाटीका आमाहरूले राहत सामग्री हस्तान्तरण गरेका छन् । जोरपाटी निवासी संगीता दाहाल, सविता फुयाल, मनिषा सिग्देल, अलिशा बराल र देवकी बराललगायत आमाहरूको पहलमा बालबालिकालाई लक्षित गरी राहत सामग्री हस्तान्तरण गरिएको हो । उनीहरूले काठमाडौं जिल्ला प्रशासन कार्यालयकी प्रतिनिधि सुजनकुमारी बर्देवामार्फत प्रभावित […]
लगानीमैत्री वातावरण नभएको भन्दै एनसेलका सिइओले दिए राजीनामा
काठमाडौं । नेपालमा काम गर्न र विदेशी लगानी गर्न सहज वातावरण नरहेको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले पदबाट राजीनामा दिएका छन्। नियुक्ति भएको एक वर्ष पनि नपुग्दै फोलेले एनसेलको सीईओबाट राजीनामा दिएका हुन्। फोलेको राजीनामा भदौ ९ गते स्वीकृत भएको हो। नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत […]
बाढीपीडितलाई राहत बाड्न आफैं पुगे गोदावरीका वडाध्यक्ष घिमिरे
नुवाकोट । रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोबाट प्रभावित नुवाकोटका पीडित परिवारलाई ललितपुरको गोदावरी नगरपालिका–३ का वडाध्यक्ष राज घिमिरेको टोलीले करिब ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ। घिमिरेको नेतृत्वमा बिहीबार नुवाकोटको विदुर नगरपालिका–९, जफतीस्थित प्लास्टर क्षेत्रमा पुगेर प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक सामग्री वितरण गरिएको हो। विपत्तिको समयमा पीडितलाई साथ दिन सहयोग गरिएको […]
गोलि प्रहारबाट गयो शिक्षकको ज्यान
सङ्खुवासभा । मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार साँझ करिब ७ बजे विद्यालय नजिकै गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले बताएका छन् । खाना खाएपछि भाँडा माझ्न बाहिर निस्किएका राई गोली लागि भुइँमा लडिरहेको अवस्थामा […]
बाढीपीडितलाई सिन्धुली निर्माण व्यवसायी संघको १ लाख ५१ हजार सहयोग
सिन्धुली । रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीबाट प्रभावित तथा पीडितका लागि सिन्धुली निर्माण व्यवसायी संघमा आबद्ध सदस्यहरूले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। संघमा आबद्ध सदस्यहरूबाट संकलन गरिएको रु. १ लाख ५१ हजार रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको संघका अध्यक्ष उद्धवप्रसाद दाहालले जानकारी दिए। अध्यक्ष दाहालका अनुसार बाढीबाट ठूलो जनधनको क्षति […]
अस्पतालबाटै बच्चा चोरी
वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट जन्मेको चौविस घण्टा नबित्दै नवजात शिशु चोरी भएको छ। आइतबार राति अपरिचित एक महिलाले बच्चा खेलाउने बहानामा शिशु लिएर बेपत्ता भएकी छन् । सर्लाहीको रामनगर गाउँपालिका–३ की रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत बालकलाई जन्म दिएकी थिइन्। जन्मेको २४ घण्टा नबित्दै शिशु शिशु चोरी भएपछि परिवार चिन्तित छन् […]










