बाढीपीडितलाई सिन्धुली निर्माण व्यवसायी संघको १ लाख ५१ हजार सहयोग

चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीबाट प्रभावित तथा पीडितका लागि सिन्धुली निर्माण व्यवसायी संघमा आबद्ध सदस्यहरूले १ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्।

संघमा आबद्ध सदस्यहरूबाट संकलन गरिएको रु. १ लाख ५१ हजार रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको संघका अध्यक्ष उद्धवप्रसाद दाहालले जानकारी दिए।

अध्यक्ष दाहालका अनुसार बाढीबाट ठूलो जनधनको क्षति भएकाले विपद्मा परेका नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले संघका सदस्यहरूबाट रकम संकलन गरिएको हो।

संकलित रकम प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको उनले बताए। रकम बुझ्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सामुहिक एकता र सहकार्यले विपद विरुद्ध प्रतिकार्यमा सरकारलाई बल पुग्ने बताइन् । उनले निजी क्षेत्रको योगदानलाई उल्लेखनीय रहेको प्रतिक्रिया दिइन् ।

 बढीबाट प्रभावित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था तथा व्यक्तिहरूले स्वत:स्फूर्त सहयोग गर्दै आएका छन् ।