सर्लाही । सर्लाहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। उखु लोड गरिएको ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु भएको हो भने मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्रीको मृत्यु भएको छ। उखु लोड गरिएको ट्याक्टरको ट्रलीबाट झरेर शुक्रबार रौतहट राजदेवी नगरपालिका ६ मोहनपुरका ३० वर्षीय राजु पटेलको मृत्यु भएको हो। सर्लाही गोडैता न.पा.४ […]
समाज
सिराहामा गोली प्रहार गरी पुरूषको हत्या
सिराहा । सिराहामा गोली प्रहार गरी एक जना पुरूषको हत्या भएको छ। शुक्रबार दिउँसो साढे ३ बजेतिर सिराहा नगरपालिका-७ आफ्नै खेतबारीमा ४१ वर्षीय प्रेमनाथ यादवको हत्या भएको हो। उनीमाथि गोली प्रहार गरी हत्या भएको मधेस प्रदेश प्रहरी कार्यलयका एसपी कमल थापाले जानकारी दिए। घटनापछि जिल्ला प्रहरी कार्यालय सिराहाका एसपी बासुदेव पाठकको कमाण्डमा टोली खटिएको थियो। उक्त […]
‘सुरक्षा थ्रेट’ भन्दै सुदन गुरुङले मागे ‘पीएसओ’, के भन्छन् प्रमुख जिल्ला अधिकारी ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट प्रतिनिधि सभा उम्मेदवार बनेका सुदन गुरुङले सुरक्षा थ्रेट भएको भन्दै सुरक्षाकर्मी मागेका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गोरखाको निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । गुरुङ निर्वाचनको लागि घरदैलो कार्यक्रममा रहेको जानकारी गराउँदै रास्वपाको जिल्ला समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय गोरखालाई […]
बालेनको प्रचारमा गएका व्यक्ति अछाममा बेहोस, सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी अभियानमा हिँडेका वरिष्ठ नेता बालेन साहका सहयोगी दिनेश सिटौला बेहोस भएका छन् । उनलाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ । अछाम सदरमुकाम मंगलसेनमा रहेको साहको टोलीसँग रहेका सिटौला एक्कासि शुक्रबार बिहान बेहोस भएका हुन् । बेहोस भएर लड्दा टाउकोमा चोट लागेका उनको होस खुलेको छैन् । अछामका प्रमुख जिल्ला […]
तोलामा २० हजार रूपैयाँ घट्यो सुनको मूल्य
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ। बिहीबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ शुक्रबार प्रतितोला २० हजार पाँच सय रूपैयाँ नै घटेको हो। उक्त दिन सुन प्रतितोला तीन लाख ३९ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला […]
मिथ्या-भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिनेलाई कारबाही गर्दै निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्ति दिने उपर कारबाहीको प्रक्रिया अगाडि बढाएको छ । निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले ३०२ वटा वटा मिथ्या र भ्रमपूर्ण सूचना तथा घृणास्पद अभिव्यक्तिको पहिचान गरेर कारबाहीको प्रक्रिया अगाडि बढाएको जानकारी दिए । निर्वाचन आचारसंहिताको उल्लंघन हुनेगरी मिथ्या र भ्रमपूर्ण सूचना तथा […]
टी-२० विश्वकप तयारी : भारतको एमसीए प्रेसिडेन्ट-११ विरूद्ध नेपालको जित
काठमाडौँ । कप्तान रोहित पौडेलको उत्कृष्ट अर्धशतकको मद्दतमा नेपालको पुरुष क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप २०२६ को तयारीका क्रममा भारतको एमसीए प्रेसिडेन्ट ११ विरुद्धको पहिलो अभ्यास टी-२० खेलमा जित हासिल गरेको छ। बिहीबार मुम्बईको ब्राबोर्न स्टेडियममा भएको उक्त खेलमा नेपालले ७ विकेटको सहज जित निकालेको हो। एमसीए प्रेसिडेन्ट ११ ले दिएको १४३ रनको लक्ष्य नेपालले १७.२ […]
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, आज यी दुई प्रदेशमा हिमपातसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल कोशी प्रदेश र मधेस प्रदेशको थोरै स्थानहरूमा हुस्सु लागेको छ। कोशी प्रदेश लगायत देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ। आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो रहनेछ। देशभर आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको […]
जेनजी आन्दोलनमा हिरासतबाट भागे, ग्याङ बनाएर उपत्यकामा मच्चाए लुटपाट आतंक
काठमाडौं । जेनजी आन्दोलनको अवसरमा प्रहरी हिरासतबाट फरार भएका एक युवकको नेतृत्वमा उपत्यकामा संगठित लुटपाट भएको खुलासा भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार बिहान गोली प्रहार गर्दै १० जनालाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा समूहको मुख्य योजनाकार हिरासतबाट फरार व्यक्ति भएको पुष्टि भएको हो। डाँका चोरी मुद्दामा पक्राउ परेर प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका काभ्रेको […]
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् । अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । ५ माघमा […]











