मलेसिया रोजगारीबारे प्रश्न उठेपछि मन्त्रालयले भन्यो : कूटनीतिक पहल भइरहेको छ

काठमाडौँ । मलेसियामा नेपाली श्रमिक पठाउने प्रक्रियामा देखिएको समस्यालाई लिएर सरकारको भूमिकामाथि प्रश्न उठेपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले यस विषयमा कूटनीतिक तथा प्रशासनिक पहल भइरहेको जनाएको छ । मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा नेपाली वैदेशिक रोजगार व्यवसायी आबद्धताको विषयमा समस्या देखिएपछि सरकारले कूटनीतिक समाधानका लागि पहल नगरेको भन्दै प्रश्न उठिरहेको छ […]

सुरु भयो नेपाली नारीको महान् पर्व हरितालिका तीज, आज दर खाइँदै

काठमाडौँ । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) आजदेखि सुरु भएको छ । जसअन्तर्गत आज दर खाइँदै छ । भाद्र शुक्ल द्वितीयाका दिन आज दर खाएसँगै चार दिनसम्म मनाइने तीज पर्वको औपचारिक सुरुआत भएको छ । विशेषगरी माइती तथा दाजुभाइले छोरीचेली तथा दिदीबहिनीलाई बोलाएर दर खुवाउने परम्परा रहेको छ । भोलिपल्ट अर्थात् भाद्र शुक्ल […]

आजको मौसम : यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। सबै प्रदेशको थोरै स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशको हिमाली र पहाडी भूभागका केही […]

साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण

रियाद । साउदी अरबको महत्त्वपूर्ण ‘ईस्ट–वेस्ट’ तेल पाइपलाइनमा बिहीबार ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ । आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीहरूले बताएका छन् । अमेरिकी अधिकारीहरूका अनुसार पाइपलाइन प्रणालीमा क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । एक […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी ५ प्रदेशमा भारी

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका […]

‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट, सोमबार पेसी

काठमाडौँ । रसुवागढीको बाढीपछि प्रभावितहरुको उद्धार तथा राहतमा खटिएको ग्रिन आर्मीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। ग्रिन आर्मीले नेपाली सेनाको झै मिल्दोजुल्दो पोशाक, दर्जा र चिन्ह प्रयोग गरेकाले त्यसलाई रोक्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको हो । अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्दराम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा […]

मोदीको निमन्त्रणामा सात वर्षपछि नयाँदिल्ली जाँदै चिनियाँ राष्ट्रपति सी चिनफिङ

काठमाडाैँ । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी शनिबार र आइतबार भारतको नयाँदिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा सीले भारत भ्रमण गर्न लागेका हुन् । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले बिहीबार सीको भारत भ्रमणको घोषणा गरेका हुन् । यो भ्रमण सात वर्षपछि सीको पहिलो भारत भ्रमण […]

घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको भाउ घटेको छ। बिहीबार प्रतितोला ३ हजार ४ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख पाँच हजार आठ सय रूपैयाँमा […]

प्रधानमन्त्री शाह र न्यूजिल्याण्डका समकक्षी लक्सनबिच टेलिफोन वार्ता

काठमाडौँ । प्रधानमन्त्री बालेन शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबिच आज टेलिफोन वार्ता भएको छ। वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार, राहत तथा पुनर्स्थापना कार्यहरू साथै बेपत्ता विदेशी नागरिकहरूको खोजीका लागि भइरहेका प्रयासबारे न्यूजिल्याण्डका प्रधानमन्त्रीलाई जानकारी गराएका थिए । उनले पाँच जना न्यूजिल्याण्डका नागरिकसहित बेपत्ता विदेशी नागरिकहरूको खोजी कार्यलाई उच्च […]

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कर्णाली प्रदेशका केहि स्थानमा, कोशी, बागमती, लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस, गण्डकी र सुदूरपश्चिम प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो […]