माथिल्लो त्रिशूली-१ को सुरुङबाट आज एकैदिन १३ शव निकालियो

काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारमध्ये १३ जनाको शव शुक्रबार फेला परेको छ । नेपाली सेनाका अनुसार खोजी तथा उद्धारका क्रममा आयोजनाको अडिट–३ सुरुङबाट एकैदिन १३ वटा शव निकालिएको हो । बाढीका कारण आयोजनाको निर्माणाधीन संरचना तथा सुरुङमा ठूलो क्षति पुगेपछि नेपाली सेना, आयोजना प्रतिनिधिलगायतको संयुक्त टोलीले निरन्तर […]

रसुवा बाढी : त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो, थप आकृति देखिएपछि उद्धार जारी

रसुवा । भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो। उद्धार टोलीले ग्राइन्डर, ग्यास कटर तथा रोटरी रेस्क्यु उपकरणको प्रयोग गरी […]

महासचिवसहित राष्ट्रिय मुक्ति पार्टी नेपालका ९ केन्द्रीय नेताहरूद्वारा सामूहिक राजीनामा

काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्। काठमाडौँको शान्तिनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्र बुझाउँदै उनीहरूले आजैका मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन्। राजीनामा दिनेहरूमा पार्टीका महासचिव केशव कुमार झा रहेका छन्। त्यसैगरी केन्द्रीय सदस्यहरू चन्द्रानन्द […]

क्रियाशील सदस्यता रकम भोलि दिउँसो १ बजेभित्रै पठाउन ५ जिल्ला सभापतिलाई कांग्रेसको पत्र

काठमाडौँ । नेपाली कांग्रेसले ५ जिल्ला सभापतिहरूलाई क्रियाशील सदस्यता बापतको रकम पठाउन पत्राचार गरेको छ। कांग्रेसले बागलुङ सभापति जित शेरचन, बझाङ सभापति खड्कबहादुर बोहरा, डोटी सभापति नरेन्द्रबहादुर सिंह, कञ्चनपुर सभापति पदम बोगटी र मुगु सभापति ऐनबहादुर शाहीलाई असोज ३ गते दिउँसो १ बजेभित्र रकम पठाउन पत्राचार गरेको हो। कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पत्राचार गरेर राष्ट्रिय […]

गणेशमानको त्याग, साहस र निष्ठालाई व्यवहारमा उतारौँ : कांग्रेस सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको २९औँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन व्यक्त गर्दै उनका त्याग, साहस, निष्ठा र लोकतान्त्रिक आदर्शलाई पार्टीको संगठन र व्यवहारमा पुनःस्थापित गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै थापाले कांग्रेस अहिले १५औँ महाधिवेशनको यात्रामा रहेको उल्लेख गर्दै महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने अवसरका रूपमा मात्र […]

राष्ट्र बैंकले आजदेखि प्रचलनमा ल्यायो ५० रुपैयाँको नयाँ नोट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ डिजाइन तथा फरक विशेषतासहितको बैंकनोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले २०८३ असोज २ गतेदेखि साविककै आकार तथा डिजाइनमा परिमार्जित विशेषतासहितको ५० रुपैयाँ दरको नोट चलनचल्तीमा ल्याएको हो। नयाँ नोटमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त’ भन्ने प्रतिज्ञात्मक वाक्यांश उल्लेख गरिएको छ। […]

आज मनसुन साथै पश्चिमी वायुको आंशिक प्रभाव : यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका थोरै तथा कोशी प्रदेशका एक(दुई स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया […]

रसुवा बाढीमा बेपत्ता कर्मचारी परिवारलाई विद्युत प्राधिकरणको राहत प्याकेज

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता कर्मचारी तथा कामदारका परिवारलाई राहत दिने निर्णय गरेको छ। बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति बैठकले राहत प्याकेज दिने निर्णय […]

जथाभावी फोहोर फाले १५ हजारसम्म जरिबाना गर्ने विधेयक संसदमा

काठमाडौं । सार्वजनिक स्थानमा जाँदा जथाभावी फोहोर फाले १५ हजार देखि ५० हजारसम्म जरिबाना प्रस्ताव गरिएको छ । पूर्वाधार विकासमन्त्री सुनील लम्सालले बिहीबार प्रतिनिधिसभामा दर्ता गराएको ‘फोहोरमैला व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन र एकीकरण बनेको विधेयक’मा यस्तो व्यवस्था प्रस्ताव गरिएको छ । विधेकयको दफा १३ मा सार्वजनिक स्थानमा जाँदा डस्टबिनमा मात्रै फोहोर राख्नुपर्ने विषयलाई नागरिकको दायित्वका […]

महाधिवेशन उद्घाटन गर्न आउन शेरबहादुरलाई गगन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र बृहत्तर एकताका लागि आफूले निरन्तर पहल गरिरहेको बताएका छन्। आज सानेपास्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै सभापति थापाले १५औँ महाधिवेशनमा पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिए । बैठकलाई सम्बोधन गर्दै सभापति थापाले निवर्तमान सभापति शेरबहादुर देउवालगायतका पूर्वपदाधिकारीहरूलाई महाधिवेशनको प्रक्रियामा सक्रियतापूर्वक सहभागी हुन सार्वजनिक अपिल गरे […]