सर्लाहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

सर्लाही । सर्लाहीमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। उखु लोड गरिएको ट्याक्टरको ट्रलीबाट खसेर एक जनाको मृत्यु भएको हो भने मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्रीको मृत्यु भएको छ। उखु लोड गरिएको ट्याक्टरको ट्रलीबाट झरेर शुक्रबार रौतहट राजदेवी नगरपालिका ६ मोहनपुरका ३० वर्षीय राजु पटेलको मृत्यु भएको हो। सर्लाही गोडैता न.पा.४ […]

रवि लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् । अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो । ५ माघमा […]

नागरिक दैनिकमा पत्रकार महासंघको तालाबन्दी

Nagarik

काठमाडौं । नेपाल पत्रकार महासंघले नागरिक दैनिकमा तालाबन्दी गरेको छ । महासंघका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यको नेतृत्वमा गएको टोलीले रिपब्लिका मिडिया प्रालिका कार्यकारी अधिकृत (सीईओ) को कार्यकक्षमा ताला लगाएको महासंघका सचिव सोनी शर्माले जानकारी दिइन्।  महासंघ र मिडिया हाउसबीच गत साउन २२ गते चार बुँदे सम्झौता भएको थियो। तर उक्त सम्झौता कार्यान्वयन नभएपछि पछिल्ला चार […]

प्रदेश सभा निर्वाचनका उम्मेदवारसहित गोडैताका चार वडाध्यक्ष कांग्रेस प्रवेश

सर्लाही । नेपाली कांग्रेसका सभापति एवम् सर्लाही क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापालाई जिताउन भन्दै प्रदेश सभा सदस्यका उम्मेदवार र चार जना वडाध्यक्ष कांग्रेस प्रवेश गरेका छन् । प्रदेश सभा निर्वाचनमा बहुजन पार्टीबाट सर्लाही क्षेत्र नं ४ (ख) बाट उम्मेदवार बनेका कृष्णकुमार कुशवाह र गोडैता नगरपालिकाका चार वडाध्यक्ष कांग्रेस प्रवेश गरेका हुन् । सर्लाहीमा […]

शुल्क शोषण र शैक्षिक दलालविरुद्ध अखिल (क्रान्तिकारी) आन्दोलनमा, निकाल्यो मसाल जुलुस

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयभित्र बढ्दो शुल्क शोषण र शैक्षिक दलालीविरुद्ध अखिल (क्रान्तिकारी) ले तेस्रो चरणको आन्दोलन अन्तर्गत मसाल जुलुस निकालेको छ। अखिल (क्रान्तिकारी) का नेता–कार्यकर्ताहरूले त्रिभुवन विश्वविद्यालयको कुलपतिको कार्यालय अगाडि मसाल जुलुस निकाल्दै विश्वविद्यालय प्रशासन र सरकारविरुद्ध नाराबाजी गरेका हुन्। उनीहरूले शिक्षा क्षेत्रमा व्यापारीकरण बढ्दै गएको, विद्यार्थीमाथि आर्थिक बोझ थोपर्ने नीति लादिएको र विश्वविद्यालय प्रशासन […]

अमेरिकामा ८ जना सवार निजी विमान दुर्घटना

काठमाडौँ । अमेरिकामा ८ जना सवार एउटा निजी विमान दुर्घटना भएको छ। अमेरिकाको मेन राज्यको बांगोर सहरस्थित बांगोर अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार आइतबार साँझ पौने ८ बजे निजी विमान दुर्घटना भएको हो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार विमान टेकअफको समयमा दुर्घटना भएको हो। अमेरिकाको संघीय उड्डयन प्राधिकरणले उक्त विमान बम्बार्डियर च्यालेन्जर ६५० मोडलको व्यावसायिक विमान रहेको […]

पायल्सको अप्रेसन गर्दा गयो किसोरीको ज्यान, स्थानीय आक्रोशित

सर्लाही । लालबन्दी नगरपालिका–२ पुनर्वासकी एक किसोरीको अबैध आयुर्वेद औषधालयमा उपचार गर्दा ज्यान गएको छ ।  पुनर्वासकी १८ वर्षीया हङ्शु पासवानको लालबन्दी-१ नवलपुरस्थित मोहन आयुर्वेद औषधालयमा पायल्सको अप्रेसनका क्रममा अवस्था गम्भीर बने लगत्तै हरिवनस्थित नमूना अस्पताल पुर्‍याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।  ज्यान गुमाउने हङ्सु स्थानीय बिपिन्द्र पासवानकी छोरी हुन् । उनी लालबन्दीस्थित जनज्योति […]

कोटेश्वरबाट नक्कली हतियारसहित दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट नक्कली हतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट दुई जनालाई नक्कली हतियारसहित पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जानकारी दिएको छ। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले झापाका २८ वर्षीय किरण घिमिरे र अछामका कुमार लोहारलाई पक्राउ गरेको हो। उनीहरूबाट ३०३ राइफल जस्तो देखिने एउटा डमी, कटुवा पेस्तोल जस्तो […]

निर्वाचन मधेसको हितमा नरहेको सिके राउतको निष्कर्ष

ललिता साह, सप्तरी । फागुन २१ को प्रतिनिधि सभा निर्वाचन मधेश आन्दोलनको हितमा नरहेको सप्तरी प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त (सीके ) राउतले बताएका छन् । सप्तरीको राजविराजमा पत्रकारसँग भेटघाट गर्ने क्रममा उनले यस्तो बताएका हुन् । “देश नै नरहने आशंकाका मोडमा गरिएका अभ्यास हरुमध्येको एक नाटक […]

पब्लिक डिबेटका लागि तयार छौँ : केपी शर्मा ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक पब्लिक डिबेटका लागि आफू पूर्ण रूपमा तयार रहेको घोषणा गरेका छन् । आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ र पुराना सबै राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका बेला ओलीले देश बनाउने र देश बिगार्ने शक्तिबीचको प्रतिस्पर्धा स्पष्ट हुनुपर्ने बताएका छन् । देश जलाउने र देश बनाउने पक्षबीच […]