सामाजिक सञ्जालमा बालबालिकालाई प्रतिबन्ध लगाउँदै फ्रान्स

काठमाडौ ।  शक्तिशाली राष्ट्र फ्रान्सले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने कानुनी प्रक्रिया तीव्र बनाएको छ। राष्ट्रपति इमानुएल म्याक्रोँले सरकारले द्रुत प्रक्रियामार्फत विधेयक छिटो पारित गर्नुपर्ने बताएका छन्। बीएफएम टेलिभिजनमा प्रसारित भिडियो सन्देशमा म्याक्रोँले यो प्रतिबन्ध आगामी शैक्षिक सत्र, सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य राखिएको स्पष्ट गरेका छन्। फ्रान्सेली संसदमा यससम्बन्धी विधेयकमाथि बहस भइरहेको […]

नेपाल–चीन सीमा व्यापार समन्वय संयन्त्रको तेस्रो बैठक सम्पन्न

काठमाडौँ । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्र (नेपाल–चाइना कोअर्डिनेशन मेकानिजम अन बोर्डर ट्रेड एण्ड कर्पोरेशन) को तेस्रो वाणिज्य सचिवस्तरीय बैठक चीनको सिजाङ स्वायत्त क्षेत्रको राजधानी ल्हासामा माघ ६–७ गते (जनवरी २०–२१, २०२६) सम्पन्न भएको छ। बैठकमा द्विपक्षीय व्यापार, भन्सार सहजीकरण, पूर्वाधार विकास, लगानी र अन्य सहकार्यका विषयमा महत्त्वपूर्ण सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति […]

ओलीको टिप्पणीमा गोकुलको जवाफ : पूर्वाग्रह र प्रतिशोध प्रजातान्त्रिक चरित्र होइन

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिप्रति असन्तुष्टि जनाएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै बास्कोटाले आफूले आफ्नो धर्म, कर्तव्य र दायित्व नबिर्सिएको उल्लेख गरेका छन्। उनले लेखेका छन्, ‘सत्य जाँचुन् कि आफ्नै आग्रह, आगो छादुन् कि बरफ बर्साउन्, त्यो मेरो विषय परेन । मेरो धर्म, […]

नगदेशमा ध्वाक्सी गणेश मन्दिर पुनर्निर्माण शुरु

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाले सांस्कृतिक सम्पदा संरक्षण र पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै वडा नं. ७ स्थित ऐतिहासिक ध्वाक्सी गणेश मन्दिर को पुनर्निर्माण कार्य सुरु गरेको छ। प्राचीन स्वरूप जोगाउने लक्ष्यसहित अघि बढाइएको यो आयोजनाले ध्वाकासी परिसरको समग्र मुहार परिवर्तन गर्ने अपेक्षा गरिएको छ। धार्मिक विधिसहित शिलान्यास २०८२ पुस ९ गते आयोजित विशेष समारोहमा […]

यस्ता छन् भक्तपुर-१ मा लवजुले मत पाउने पाँच आधार

Hariram lawaju

भक्तपुर । प्रतिनिधिसभा निर्वाचन–२०८२ अन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वरिष्ठ अधिवक्ता  हरिराम लवजु उम्मेदवार रहेका छन् । आफ्नो लामो संघर्षपूर्ण जीवन, व्यावसायिक क्षमता र स्पष्ट विकास दृष्टिकोणका आधारमा तारा चुनाव चिह्नमा मत माग्दै उनले चुनावी अभियान पनि तीव्र पारेका छन्। लवजुले १७ वर्षकै कलिलो उमेरमा जनअधिकार र निरंकुशताविरुद्धको आन्दोलनमा […]

भक्तपुर २ मा ३२ उम्मेदवारको मनोनयन दर्ता

भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा ३२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। राजनीतिक दलका तर्फबाट १७ जना र स्वतन्त्र १५ जना गरी ३२ जनाले मनोनयन दर्ता गराएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट रामप्रसाद सापकोटा दीपशिखाले उम्मेदवारी दर्ता गराएका छन् । […]

कांग्रेस विवादमा १५ दिनभित्र अन्तिम सुनुवाइ गर्न सर्वोच्चले दियो अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवादमा १५ दिनभित्रै अन्तिम सुनुवाइ गर्नका लागि अग्राधिकार प्रदान गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै १५ दिनभित्र अग्राधिकार प्रदान गरेको हो । शेरबहादुर देउवा समेत २ जनाको तर्फबाट सर्वोच्चमा रिट दायर भएको थियो । निर्वाचन आयोग समेतलाई विपक्षी बनाउँदै देउवा […]

रवि लामिछानेले चितवन–२ मा वारेसमार्फत् दिए उम्मेदवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवन–२ मा वारेसमार्फत् उम्मेदवारी दिएका छन्। पर्सा, काठमाडौं र रूपन्देही जिल्ला अदालतमा सुनुवाइ चलिरहेकाले आफूले वारेसमार्फत् उम्मेदवारी दिनुपरेको उनले बताएका छन्। पर्सा अदालतले लामिछानेसँग एक करोड धरौटी माग गरेको छ। अन्य दुइटा अदालतमा सुनुवाइ चलिरहेको छ। ‘देश निर्वाचनमय छ। देशभर मनोनयन दर्ताको रौनक चलिरहेको छ। तर […]

बालेन प्रधानमन्त्री नबने म जनकपुरको रणभूमिमा आत्मदाह गर्छु : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै बन्ने ठोकुवा गरेका छन् । जनकपुरमा सोमबार आयोजित उद्घोष सभालाई सम्बोधन गर्दै उनले बालेन प्रधानमन्त्री नबने जनकपुरमा आएर आत्मदाह गर्ने ठुकुवा गरेका हुन् । ‘हामी सीता माताका सन्तान हौं । सीमा माता यही धर्तीमा समाहित भएकी थिइन् । बालेन प्रधानमन्त्री […]

भक्तपुर-२ मा रास्वपाबाट राजीब खत्री उम्मेदवार

भक्तपुर । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीब खत्री उम्मेदवार बन्ने करिब टुंगो लागेको छ। रास्वपाले खत्रीलाई भक्तपुर-२ मा उम्मेदवारी दिने भएको एक नेताले बताए। पूर्व पत्रकार उनी केही समयअघि रास्वपा प्रवेश गरेका थिए। यही क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत पनि उम्मेदवार छन्। दुई जनाबीच यस क्षेत्रमा प्रतिस्पर्धा हुने […]