काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको सभापतित्वमा समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो। बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, घन्टीघर, बनस्थली काठमाडौंमा बस्ने रास्वपाले जनाएको छ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम तथा पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल हुने बताइएको छ।
मुख्य समाचार
देशभर मनसुनी र पश्चिमी वायुको आंशिक प्रभाव, आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले लुम्बिनी प्रदेश लगायत देशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती प्रदेशका थोरै स्थानमा तथा […]
ओलीको दावी : नेपाललाई कुबाटोमा धकेल्न विभिन्न प्रकारका शक्तिहरू सक्रिए छन्
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय रहेको आरोप लगाएका छन् । संविधान दिवसका अवसरमा शनिबार ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमामा उनले यस्ते आरोप लगाएका हुन् । ‘केही नेपाललाई कुबाटोमा धकेल्नका लागि विभिन्न प्रकारका शक्तिहरू सक्रिय छन्,’ उनले भने, ‘देखिएरै गरेका छन् । आश्चर्य लाग्ने […]
जलवायु परिवर्तनबारे विश्वमञ्चहरुमा नेपालले आफ्नो कुरा राख्छ : अर्थमन्त्री वाग्ले
काठमाडौँ । भारत भ्रमणमा रहेका अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जलवायु न्यायका लागि नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जवर्जस्त रूपमा आफ्नो कुरा राख्ने बताएका छन् । भारतीय समाचार संस्था एएनआईसँगको कुराकानीमा अर्थमन्त्री वाग्लेले जलवायु परिवर्तनका कारण नेपालले भोग्दै आएको समस्याको बारेमा विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा कुरा उठाउने तयारी भइरहेको बताउँदै आफू कतारको दोहास्थित एसियाली पूर्वाधार लगानी बैंकको बैठकमा पनि यो […]
पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर संविधानको समीक्षा हुनुपर्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा समाजको पिँधमा रहेका नागरिकलाई केन्द्रमा राखेर गर्नुपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले संविधान अक्षरहरूको सँगालो मात्र नभई राज्य र नागरिकबीचको पवित्र करार भएको उल्लेख गरेका छन्। उनले संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक जीवनको यथार्थ बन्नुपर्ने […]
भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीको कुशको शव बनाइ अन्त्येष्टि
काठमाडौँ । रसुवा बाढीमा बेपत्ता भएका पत्रकार टेकराज थामीको आज पशुपति आर्यघाटमा कुशको शव बनाई अन्त्येष्टि गरिएको छ । नयाँ पत्रिका दैनिकमा कार्यरत उनी भदौ १० गते भोटेकोशीमा आएको बाढीमा केरुङ नाकाबाट बेपत्ता भएका थिए । सो क्रममा पत्रकार महासंघले झन्डा ओढाएर उनका सम्झनामा १ मिनेट मौन धारणा गरेको थियो । आर्यघाटमा थामीका आफन्त र […]
देशभर मनसुनी र पश्चिमी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको […]
बिभिन्न कार्यक्रम गरी आज संविधान दिवस मनाइदै
काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी भएको दिनको स्मरण गर्दै संविधान दिवसलाई राष्ट्रिय दिवसको रुपमा मनाउने गरिन्छ । दिवसको अवसरमा हरेक वर्ष विशेष समारोह आयोजना हुँदै आएको छ । विशेष समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत उच्च पदस्थ […]
माथिल्लो त्रिशूली-१ को सुरुङबाट आज एकैदिन १३ शव निकालियो
काठमाडौं । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाका कामदारमध्ये १३ जनाको शव शुक्रबार फेला परेको छ । नेपाली सेनाका अनुसार खोजी तथा उद्धारका क्रममा आयोजनाको अडिट–३ सुरुङबाट एकैदिन १३ वटा शव निकालिएको हो । बाढीका कारण आयोजनाको निर्माणाधीन संरचना तथा सुरुङमा ठूलो क्षति पुगेपछि नेपाली सेना, आयोजना प्रतिनिधिलगायतको संयुक्त टोलीले निरन्तर […]
जलवायु वित्तको ब्यवस्था गर्नुपर्नेमा राजदूत खानको जोड
काठमाडौं । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले रसुवा–केरुङ विपदबाट पाठ सिक्दै उच्च हिमाली क्षेत्रको सम्भावित विपद्ब बाट बच्न जलवायु बित्तको ब्यवस्था गर्नुपर्ने बताए । जलवायु परिवर्तनबाट हुने क्षति रोक्न वा त्यससँग जुध्न आवश्यक पर्ने लगानी सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका हुन् । काठमाडौंमा सम्पन्न रसुवा–केरुङ विपद्बाट सिकाइ तथा उच्च हिमाली क्षेत्रमा श्रृंखलाबद्ध जोखिमको […]










