प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ लाई दफावार छलफलका लागि […]

देशभर मनसुनी प्रभाव कायमै, आज यी क्षेत्रमा भारी वर्षा हुनसक्ने

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ। यतिबेला देशभर साधारणतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ। कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक-दुई स्थानमा पनि वर्षा […]

सप्तरीमा तीन वर्षीया बालिका मृत भेटिएको घटनामा शंकास्पद एक व्यक्ति पक्राउ

सप्तरी । सप्तरीमा तीन वर्षीया बालिका मृत फेला परेको घटनामा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मधेश प्रदेशका डीआईजी ओम अधिकारीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको पुष्टि गरे । उनको गतिविधि शंकास्पद देखिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको डीआईजी अधिकारीले  जानकारी दिए । सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर –३ मा तीन […]

रास्वपा सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित, उपसभापति वाग्ले भारत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको चीन भ्रमण स्थगित भएको छ । उच्च स्रोतका अनुसार लामिछानेको चीन भ्रमण हाललाई स्थगित भएको हो । अगस्ट दोस्रो साता हुने भनिएको भ्रमण एक महिना पछि सारिएको थियो । तर सेप्टेम्बर दोस्रो साता पनि सभापति लामिछानेको भ्रमण नहुने भएको छ । स्रोतका अनुसार अब सांसदहरुको […]

रुकुम पश्चिमको सानीभेरीमा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरु क्षेत्र गाउँपालिका–४ बलेटक्सारकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी दुई वर्षीया छोरी सान्दिका ज्ञवाली रहेका छन् । सिम्लीबाट चौरजहारीतर्फ गइरहेको भे१ज १४८२ नम्बरको गाडीले आज बिहान उनीहरूलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट […]

मापदण्ड सुधारका लागि काठमाडौंका होस्टेलहरूलाई १ महिने अल्टिमेटम, नमाने शिलबन्दी गरिने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यकामा निजी स्तरमा सञ्चालित छात्रावास (होस्टेल) लाई मापदण्ड सुधार गर्न र नियमको पूर्ण पालना गर्न एक महिनाको अल्टिमेटम दिएको छ । होस्टेलहरूमा विद्यार्थीमाथि अमानवीय व्यवहार हुने गरेको, चर्को शुल्क असुलिएको, पूर्वाधार कमजोर रहेको र लागुऔषधको समेत प्रयोग बढेको जस्ता गम्भीर गुनासा आएपछि प्रशासनले सूचना नै जारी गरेर यस्तो निर्देशन […]

फेरी बढ्यो सुनको भाउ, प्रतितोला आज कतिमा हुँदैछ किनबेच?

काठमाडौँ । नेपाली बजारमा आज (आइतबार) पनि सुनको भाउ बढेको छ। शुक्रबार प्रतितोला तीन हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा दुई हजार आठ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १९ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ। शुक्रबार सुन प्रतितोला तीन लाख १६ हजार सात सय […]

इरानविरुद्ध अहिलेसम्मकै ‘कडा प्रतिबन्ध’ घोषणा गर्दै अमेरिका, टकराव झन् तीव्र हुने संकेत

कायरो । अमेरिका र इरानबिच करिब छ महिनादेखि जारी युद्ध तत्काल अन्त्य हुने संकेत देखिएको छैन। नयाँ अमेरिकी आर्थिक प्रतिबन्ध घोषणा हुनुअघि दुवै देशका नेताहरूले एकअर्काविरुद्ध कडा अभिव्यक्ति दिइरहेका छन्। यसबिच इरानको मुख्य व्यापारिक साझेदार चीनसमेत अमेरिकी प्रतिबन्धको दायरामा पर्न सक्ने चिन्ता बढेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानविरुद्ध अहिलेसम्मकै ‘कडा प्रतिबन्ध’ घोषणा गर्ने तयारी […]

आज बाढी-पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

काठमाडौँ । पछिल्लो केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरो जाँदा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थुप्रै सडक खण्डहरूमा यातायात प्रभावित भएको छ। कोशी प्रदेशको भोजपुरमा मध्य पहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ, जहाँ अहिले वैकल्पिक बाटो […]

देशभर मनसुनी वायुको प्रभाव : आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा गण्डकी प्रदेशको एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर […]