भक्तपुरव्यापी व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न

भक्तपुर । नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार दरबार स्क्वायर क्षेत्रमा विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी खुला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आधारभूत तहतर्फ एभरेस्ट ईङ्गलिस स्कुलका यधवी आचार्य प्रथम, प्रभात ईङ्गलिस सेकेन्डरी स्कुलका स्वपनिल बासुकला द्वितीय, एभरेस्ट ईङ्गलिस स्कुलका इच्छा बल्ल तृतीय भएका छन् । हिमालयन ग्लोरी […]

सेन्ट्रल कलेजमा स्नातक तहका नयाँ विद्यार्थीलाई स्वागत

 काठमाडौ । पोखरा विश्वविद्यालयमा आबद्ध सेन्ट्रल कलेज, सिनामंगलले नयाँ शैक्षिक सत्र अन्तर्गत स्नातक तहमा भर्ना भएका विद्यार्थीका लागि स्वागत तथा परिचयात्मक कार्यक्रम आयोजना गरेको छ। बिहीबार देखि शुरु कार्यक्रममा ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम), ब्याचलर अफ होटल म्यानेजमेन्ट (बीएचएम) र ब्याचलर अफ हेल्थकेयर म्यानेजमेन्ट (बीएचएम) को पहिलो सेमेस्टरमा भर्ना भएका विद्यार्थी सहभागी छन्। कलेजका प्राचार्य […]

आज गुरु पूर्णिमा, गुरुलाई सम्मान र आदर्शलाई आत्मसात गर्ने दिन

“गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः। गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः॥” यस संस्कृत श्लोकले गुरुको महिमालाई अत्यन्त उच्च स्थानमा स्थापित गरेको छ। यसको अर्थ, गुरु सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता महेश्वर समान हुनुहुन्छ। गुरु नै प्रत्यक्ष परब्रह्म स्वरूप हुनुहुन्छ, त्यस्ता श्रीगुरुलाई मेरो नमस्कार छ। आज गुरु पूर्णिमा । यो हिन्दू, बौद्ध र जैन धर्मावलम्बीहरूका लागि […]

२९ वर्षीया महिला शिक्षक मृत अवस्थामा फेला

Nonstop

झापा । मेचीनगर–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा २९ वर्षीया शिक्षक कविताकुमारी ढुङ्गाना मृत अवस्थामा फेला परेकी छन्। उनी श्रीमान् रतन गुप्तासँग विद्यालय परिसरभित्र आवासमा बस्दै आएकी थिइन्। उनीहरू दुबै सो विद्यालयमा शिक्षक थिए । विद्यालय खुलेको दिन दुवै जना सम्पर्कविहीन देेेेेखेपछि खोजी गर्ने क्रममा उनीहरू बस्ने कोठा बाहिरबाट ताला लगाएको अवस्थामा भेटिएको […]

एमबीएस परीक्षामा प्रश्न पत्र लिक अभियोगमा एक व्यक्ति पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत व्यवस्थापन संकायको एमबीएस प्रथम सेमेस्टरको परीक्षामा अनियमितता गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एमबीएस प्रथम सेमेस्टरको अर्गनाइजेश्नल विहेवियर (MGT 515) विषयको परीक्षामा परीक्षार्थीका रूपमा सहभागी नभएका एक व्यक्तिले ह्वाट्सएप मार्फत प्रश्नपत्र प्राप्त गरी उत्तर लेखेको आरोपमा पक्राउ गरिएको हो। प्रहरीका अनुसार पक्राउ पर्नेमा कैलाली, […]

पाकिस्तानबाट प्राप्त १४ छात्रवृत्तिको आवेदन खुला

Nonstop

  काठमाडौं । नेपाल सरकारको शिक्षा तथा खेलकुद मन्त्रालयले पाकिस्तान सरकारको सहयोगमा प्राप्त छात्रवृत्तिको आवेदन खुला गरेको छ । पाकिस्तान प्राविधिक सहयोग कार्यक्रम (PTAP) मार्फत शैक्षिक सत्र २०२६–२७ का लागि प्रदान गरिने छात्रवृत्तिका लागि आवेदन आह्वान गरिएको हो । पाकिस्तानी दूतावासले जनाए अनुसार नेपाली विद्यार्थीका लागि विज्ञान स्नातक (बीएस्सी) इन्जिनियरिङ तथा डिप्लोमा इन फार्मेसी (डी–फार्मेसी) […]

शैक्षिक परामर्श क्षेत्र सरकारसंग असन्तुष्ट

नवराज काफ्ले, काठमाडौं । एउटा विद्यार्थीले वर्षौंको सपना बोकेर विदेश जाने बाटो रोज्दा त्यससँगै अभिभावकको जीवनभरको बचत र भरोसा पनि जोडिएको हुन्छ । त्यही भरोसालाई संस्थागत, पारदर्शी र जवाफदेही बनाउने उद्देश्य लिएर सरकारले तयार पारेको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली, २०८३’ आज मन्त्रिपरिषद्को बैठकबाट स्वीकृत भएको छ । शैक्षिक […]

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक, समग्र उत्तीर्ण दर ८५.३७ प्रतिशत पुग्यो

आकाश गजुरेल, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा मंगलबार बिहान सार्वजनिक गरेको छ। कक्षा १० का परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार गत असार १ देखि ९ गतेसम्म सञ्चालन भएको पूरक परीक्षामा सहभागी १ लाख २९ हजार १ सय १४ परीक्षार्थीमध्ये ८३ हजार ५ सय २३ जना […]

३९ दिनमै कक्षा १२ को नतिजा, ९ प्रतिसत बढी विद्यार्थी उत्तीर्ण

संजीप घिमिरे, भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३९ औं दिनमा शुक्रवार कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ । गत वर्ष ७८ दिन लगाएर परीक्षाफल प्रकाशन गरेको बोर्डले यस वर्ष भने सरकारको कार्यादेश अनुसार चाडै परीक्षाफल प्रकाशन गरेको हो । गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी […]

उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थीलाई पाकिस्तानी छात्रवृत्ति

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले ‘पाकिस्तानका राजदूत छात्रवृत्ति वितरण समारोह’ आयोजना गरेर २ सय भन्दा बढी नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिएको छ। कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हाश्मीले सो छात्रवृत्ति हस्तान्तरण गरेका छन् । देशभरका विभिन्न विद्यालयबाट शैक्षिक योग्यता र आर्थिक अवस्थाका आधारमा छनोट गरिएका उच्च माध्यमिक तहका विद्यार्थीलाई उनले छात्रवृत्ति वितरण गरे। पाकिस्तानका […]