झापा । मेचीनगर–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा २९ वर्षीया शिक्षक कविताकुमारी ढुङ्गाना मृत अवस्थामा फेला परेकी छन्।
उनी श्रीमान् रतन गुप्तासँग विद्यालय परिसरभित्र आवासमा बस्दै आएकी थिइन्। उनीहरू दुबै सो विद्यालयमा शिक्षक थिए ।
विद्यालय खुलेको दिन दुवै जना सम्पर्कविहीन देेेेेखेपछि खोजी गर्ने क्रममा उनीहरू बस्ने कोठा बाहिरबाट ताला लगाएको अवस्थामा भेटिएको थियो।
त्यसअघि रतनले विद्यालयका प्रधानाध्यापकलाई वाट्सएपमार्फत श्रीमती झुन्डिएको अवस्थामा फेला परेको र आफू डरका कारण त्यहाँबाट निस्किएको भन्दै कानुनी प्रक्रिया अघि बढाइदिन सन्देश पठाएका थिए।
घटनापछि रतन सम्पर्कविहीन छन्। प्रहरीले शव परीक्षणसहित घटनाको अनुसन्धान अघि बढाएको छ भने फरार रहेका रतनको खोजी भइरहेको जनाएको छ।







