चट्टानमा कोरिएको इतिहास जोगाउन चाँगुनारायणमा विशेष कार्यक्रम हुने

भक्तपुर । इतिहासका महत्वपूर्ण घटनालाई चट्टानमा कुँदेर सुरक्षित राखिएका अभिलेखहरू पुरातात्विक अध्ययनका महत्वपूर्ण पाठशाला मानिन्छन् । भक्तपुरको यस्तै ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको चट्टानी अभिलेखको संरक्षण र प्रचार–प्रसारमा स्थानीय मिडिया र अभियन्ता जुटेका छन् । भक्तपुरको चाँगुनारायण नगरपालिका-९ ताथलीको हलालगाउँस्थित चट्टानी अभिलेख स्थलमा जनसञ्चार टेलिभिजनको आयोजनामा बृहत् वृक्षारोपण तथा सामाजिक व्यक्तित्व सम्मान कार्यक्रम आयोजना हुने […]

सरकार प्रेस विरोधी भएको भन्दै बोर्ड अध्यक्षको प्रतिस्पर्धाबाट बाहिरिए कार्की

Ramhari karki

ललितपुर । सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा नदेखिएको आरोप लगाउँदै विज्ञापन बोर्डमा अध्यक्ष पदको प्रतिस्पर्धाबाट रामहरि कार्की बाहिरिएका छन् । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष समेत रहेका कार्कीले नैतिकताका आधारमा आफू प्रतिस्पर्धाबाट बाहिरिने निर्णय गरेका हुन् । पत्रकार महासंघ उपत्यका प्रदेश समिति तथा मातहतका काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला शाखाहरू प्रेस तथा अभिव्यक्ति […]

लगानीमैत्री वातावरण नभएको भन्दै एनसेलका सिइओले दिए राजीनामा

काठमाडौं । नेपालमा काम गर्न र विदेशी लगानी गर्न सहज वातावरण नरहेको भन्दै एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माइकल फोलेले पदबाट राजीनामा दिएका छन्। नियुक्ति भएको एक वर्ष पनि नपुग्दै फोलेले एनसेलको सीईओबाट राजीनामा दिएका हुन्। फोलेको राजीनामा भदौ ९ गते स्वीकृत भएको हो। नयाँ सीईओ नियुक्त नभएसम्म कम्पनीका प्रमुख कर्पोरेट तथा नियामकीय मामिला अधिकृत […]

बाढीपीडितलाई राहत बाड्न आफैं पुगे गोदावरीका वडाध्यक्ष घिमिरे

नुवाकोट । रसुवाको भोटेकोशीमा आएको बाढीपहिरोबाट प्रभावित नुवाकोटका पीडित परिवारलाई ललितपुरको गोदावरी नगरपालिका–३ का वडाध्यक्ष राज घिमिरेको टोलीले करिब ५ लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको छ। घिमिरेको नेतृत्वमा बिहीबार नुवाकोटको विदुर नगरपालिका–९, जफतीस्थित प्लास्टर क्षेत्रमा पुगेर प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडा तथा अत्यावश्यक सामग्री वितरण गरिएको हो। विपत्तिको समयमा पीडितलाई साथ दिन सहयोग गरिएको […]

गोलि प्रहारबाट गयो शिक्षकको ज्यान

सङ्खुवासभा । मकालु गाउँपालिका–१ चिर्खाङमा भरुवा बन्दुकको गोली प्रहारबाट एक शिक्षकको हत्या भएको छ। कालिका आधारभूत विद्यालयका ३६ वर्षीय शिक्षक नरकुबिर खम्बु राईको बिहीबार साँझ करिब ७ बजे विद्यालय नजिकै गोली प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी कुमारप्रसाद मैनालीले बताएका छन् । खाना खाएपछि भाँडा माझ्न बाहिर निस्किएका राई गोली लागि भुइँमा लडिरहेको अवस्थामा […]

अस्पतालबाटै बच्चा चोरी

Nonstop

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट जन्मेको चौविस घण्टा नबित्दै नवजात शिशु चोरी भएको छ। आइतबार राति अपरिचित एक महिलाले बच्चा खेलाउने बहानामा शिशु लिएर बेपत्ता भएकी छन् । सर्लाहीको रामनगर गाउँपालिका–३ की रिन्कु देवीले शनिबार राति करिब ११ बजे शल्यक्रियामार्फत बालकलाई जन्म दिएकी थिइन्। जन्मेको २४ घण्टा नबित्दै शिशु  शिशु चोरी भएपछि परिवार चिन्तित छन् […]

बाढी प्रभावित क्षेत्रमा रेडक्रसको प्रतिकार्य थप प्रभावकारी बनाइने

काठमाडौं । महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले रसुवा बाढीपछि नेपाल रेडक्रस सोसाइटीले गरेको तत्कालीन उद्धार तथा राहत कार्यको प्रशंसा गर्दै प्रभावितका लागि थप सहयोगमा सरकार र रेडक्रसबीच सहकार्य गर्ने बताएकी छन्। नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयमा भएको भेटघाट तथा छलफलमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता […]

बाढीपीडितलाई नक्कली सहयोग गरी प्रचार गर्ने रास्वपा कार्यकर्ता पक्राउ

रामेछाप । बाढीपीडितका लागि १ लाख २० हजार रुपैयाँ सहयोग गरेको देखाउन रामेछापका एक रास्वपा कार्यकर्ताले कृत्रिम बौद्धिकता (एआई) को च्याट जिपिटी प्रयोग गरी नक्कली स्टेटमेन्ट तयार पारेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापले जनाए अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेको च्याट जिपिटीको प्र्योग गरी नक्कली स्टेटमेन्ट तयार पारी सामाजिक सञ्जालमा […]

सरकारको तथ्यांक : झण्डै १५ हजार मानिस अझै बेपत्ता

काठमाडौं । सरकारले बाढी तथा विपद्का घटनापछि देशभर १४ हजार ९ सय ९ जना मानिस बेपत्ता रहेको जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित उद्धार अनुरोध पोर्टलमा राखिएको विवरणअनुसार हालसम्म १४ हजार ९ सय ९ जना सम्पर्कविहीन रहेको उल्लेख छ। तीमध्ये २ हजार ४ सय ७३ जना फेला परिसकेका छन्। पोर्टलको पछिल्लो विवरणअनुसार पछिल्लो २४ […]

भोटेकोशीको बाढीपछि सम्पर्कविहीन कैलालीका २३ जना सम्पर्कमा

कैलाली । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कैलालीका ७९ जनामध्ये २३ जना परिवारको सम्पर्कमा आएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि सम्पर्कविहीन भएकामध्ये २३ जना सम्पर्कमा आएका हुन्। अझै ५६ जना सम्पर्कविहीन छन्। सम्पर्कमा आउनेमा गौरीगंगा नगरपालिका–४ राजीपुरका नरेन्द्र साउँद, रोहन ओली, प्रदीप बोहरा, विक्रम ढकाल, अविशेर सुनार, रमेश साउँद, गोविन्द ओली, सुनिल बुढामगर, सञ्जय […]