कैलाली । भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका कैलालीका ७९ जनामध्ये २३ जना परिवारको सम्पर्कमा आएका छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपछि सम्पर्कविहीन भएकामध्ये २३ जना सम्पर्कमा आएका हुन्। अझै ५६ जना सम्पर्कविहीन छन्।
सम्पर्कमा आउनेमा गौरीगंगा नगरपालिका–४ राजीपुरका नरेन्द्र साउँद, रोहन ओली, प्रदीप बोहरा, विक्रम ढकाल, अविशेर सुनार, रमेश साउँद, गोविन्द ओली, सुनिल बुढामगर, सञ्जय शाही, संगम मगर, सोमबहादुर साहु, मानबहादुर शाही, सुनिल चौधरी र दिलिप चौधरी छन्।
त्यस्तै चुरे गाउँपालिका–३ का पदमबहादुर धामी, जनकबहादुर धामी, आनन्द धामी, गौमादेवी धामी र डम्मरा धामी पनि परिवारको सम्पर्कमा आएका छन्।
प्रहरीका अनुसार बाँकी सम्पर्कविहीनको खोजी तथा अवस्थाबारे जानकारी लिने काम जारी छ।





