कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित डेरामा बस्दै आएकी एक युवती सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्।
कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थायी ठेगानाकी ३० वर्षीया रेणु चौधरी आफ्नै कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा मृत भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरी अविवाहित थिइन्। घटना शङ्कास्पद् देखिएकाले अनुसन्धानका लागि घटनास्थल सिल गरिएको डीएसपी राजकुमार सिंहले जानकारी दिए।
घटनाका बारेमा विस्तृत अनुसन्धान भइरहेको उनको भनाइ छ।