सिन्धुलीमा २८ उम्मेदवारको मनोनयन दर्ता

सिन्धुली । प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुली जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा १२ जना र क्षेत्र नम्बर २ मा १६ जना गरी कूल २८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सिन्धुली निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीबाट डेकेन्द्र प्रसाद सुवेदी र […]

भक्तपुर १ मा यी हुन् मनोनयन दर्ता गराउने दुई दर्जन उम्मेदवार

election office Bhaktapur

भक्तपुर । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशभर मनोनयन दर्ता सम्पन्न भएको छ। यसै क्रममा भक्तपुर जिल्ला प्रतिनिधिसभा क्षेत्र नं. १ मा २५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय श्रोतका अनुसार भक्तपुर–१ मा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फका उम्मेदवारहरूको सहभागिता रहेको छ। सबैभन्दा पहिले पुगी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट रुकेश […]

भक्तपुर १ मा लवजु र २ मा दीपशिखा नेपाली कम्युनिस्ट पार्टीको उम्मेदवार

भक्तपुर । नेपाली कम्युनिस्ट पार्टीले फागुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचनका लागि भक्तपुरका दुबै निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ ।    भक्तपुर क्षेत्र नम्बर १ मा हरिराम लवजु र क्षेत्र नम्बर २ मा रामप्रसाद सापकोटा दीपशिखालाई प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवार मनोनयन गरिएको सो पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले बताएका छन् । […]

नर्सिङ परिषद सदस्यमा पत्रकार निर्जला कक्षपती नियुक्त

Nirjala kakshapati

काठमाडौं । नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल नर्सिङ परिषद् (Nepal Nursing Council) को सदस्य पदमा शिक्षा पत्रकार निर्जला कक्षपतीलाई नियुक्त गरेको छ । अन्तरिम सरकारकी स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा शर्मा गौतमस्तरीय निर्णयबाट शुक्रबार कक्षपतीलाई परिषद्को सदस्यमा नियुक्त गरिएको हो । उनलाई नेपाल नर्सिङ परिषद् ऐन २०५२ को दफा ५ उपदफा १ […]

ख्वप अस्पतालमा सिटी स्क्यान सेवा शुरु

Narayanman bijukchje

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले बिहीबारबाट सिटी स्क्यान सेवा शुरु गरेको छ ।    सार्वजनिक खरिद प्रक्रिया पूरा गरी जडान भएको सिमेन्स कम्पनीको सिटी स्क्यान मेसिन बिहीबार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ वामपन्थी नेता नारायणमान बिजुक्छें ‘रोहित’ ले उद्घाटन गरेका छन् ।   अध्यक्ष बिजुक्छेंले काठमाडौबाट सिटी स्क्यान सेवा भक्तपुर आउन […]

सिन्धुलीमा सशस्त्र समूहद्वारा नेपाल एसबीआई बैंक लुटपाट

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिकास्थित नेपाल एसबीआई बैंकमा लुटपाट भएको छ। मंगलबार साँझ करिब ७ बजेको समयमा नकाबधारी लुटेरा समूहले बैंकमा लुटपाट मच्चाएका छन् । प्रारम्भिक जानकारी अनुसार लुटेरा समूहले बैंकका सुरक्षा गार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर बाँधेको तथा त्यसपछि रकम लुटेर फरार भएका छन् । लुटिएको रकमको यकिन विवरण भने अहिलेसम्म सार्वजनिक भएको छैन। […]

गोरखापत्रको अध्यक्षमा भक्तपुरका भण्डारी

भक्तपुर । गोरखापत्र संस्थानको अध्यक्षमा पत्रकार गोविन्दप्रसाद भण्डारी (अखण्ड भण्डारी) नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले भक्तपुरका भण्डारीलाई गोरखापत्र संस्थानको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । भण्डारी लामो समय निजी लगानीका मिडियामा नेतृत्वदायी भूमिकामा सक्रिय रहेका पत्रकार […]

पहिलोपटक फेसबुकमा जोडिए प्रेस सेन्टरका संस्थापक अध्यक्ष दाहाल

काठमाडौं । प्रेस सेन्टर नेपालका संस्थापक अध्यक्ष एवं नेपाली कम्युनिस्ट पार्टीका नेता महेश्वर दाहाल पहिलोपटक डिजिटल सामाजिक सञ्जालमा जोडिएका छन् । सक्रिय पत्रकारिता र राजनीतिको केन्द्रमा रहेर पनि सामाजिक सञ्जाललाई अनावश्यक जञ्जाल ठान्ने दाहालले शनिबार फेसबुक खाता सार्वजनिक गरेका हुन् । सामाजिक सञ्जालबाट टाढा रहेपनि उनी डिजिटल दुनियाँमा भने सक्रिय नै थिए । झिल्को अनलाइन […]

पुरानै घर फर्कन कुलमानलाई सहयात्रीको सुझाव

Saral sahayatri paudel

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग कुरा नमिलेपछि कुलमान घिसिङ अलग्गिएको चर्चा चुलिँदै जाँदा नेपाली कम्युनिष्ट पार्टीका नेता सरल सहयात्रीले उनलाई पुरानै पार्टीमा फर्कन सार्वजनिक अपिल गरेका छन् । सहयात्रीले सामाजिक सञ्जालमार्फत भावनात्मक र राजनीतिक सन्देश दिँदै कुलमानलाई आफ्नै घर फर्कन आग्रह गरेका हुन् । कुलमानलाई सुझाव दिदै सहयात्रीले भने, “आत्मकेन्द्रीत अहंकार त्यागेर प्रतिबद्धतामा उभिनुभयो […]

अमेरिकी आक्रमणको बिरोध गर्दै मादुरो दम्पतीलाई सकुशल फिर्ता गर्न नेमकिपाको माग

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले दक्षिण अमेरिकी देश भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमणको कडा विरोध र भर्त्सना गरेको छ। पार्टीको केन्द्रीय परिषद बैठकले सो सैन्य आक्रमणको बिरोध गर्दै राष्ट्रपति मादुरो र उनकी पत्नीलाई सकुशल फिर्ता गर्न माग गरेको पार्टी सचिव प्रेम सुवालले वक्तब्यमार्फत बताएका छन् । सचिव सुवालद्वारा जारी प्रेस वक्तव्यमा अमेरिकाले […]