चिकित्सक संघको निर्वाचन रोक्न अन्तरिम आदेश

ललितपुर । उच्च अदालत पाटनले नेपाल चिकित्सक संघको निर्वाचन तत्कालका लागि रोक्न अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीशद्वय ऋषिराम निरौला र दीपक खनालको संयुक्त इजलासले निर्वाचन प्रक्रिया नियमअनुसार पूरा नभएको ठहर गर्दै हाललाई निर्वाचन नगर्न तथा नगराउन आदेश दिएको हो। सोमबार निषेधाज्ञा सम्बन्धी रिटमाथि सुनुवाइ गर्दै अदालतले उक्त अन्तरिम आदेश सुनाएको हो। डा. अजय कुमार […]

सोलु हाइड्रोले सर्वसाधारणका लागि ८२ लाख कित्ता आइपिओ खोल्ने

काठमाडौ । सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा गएका नेपालीहरूमा आईपीओ निष्कासन गरी बाँडफाँड गरेसँगै पुस २९ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता निष्कासन गरिसकेको […]

सर्लाहीमा वन हेरालुको विभत्स हत्या

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा सागरनाथ वन विकास परियोजनामा कार्यरत एक वन हेरालु (चौकीदार)को विभत्स हत्या भएको छ। परियोजनामा ज्यालादारीमा काम गर्दै आएका राईटरखोरका ४७ वर्षीय रामईश्वर महतोको टाउको काटिएको अवस्थामा शव फेला परेको हो। महतोको शव घरदेखि करिब ५ सय मिटर टाढा जंगलभित्र भेटिएको स्थानीयले बताए । जंगलभित्र रुख काटिएको आवाज सुनेपछि महतो […]

भेनेजुएला : बोलिभार, ह्युगो चाभेज र मादुरोको देश

काठमाडाैं । दक्षिण अमेरिकी देश भेनेजुएला स्वतन्त्रता सेनानी सिमोन बोलिभार, समाजवादी नेता ह्युगो चाभेज र वर्तमान राष्ट्रपति निकोलस मादुरोको राजनीतिक विरासतका कारण विश्व राजनीतिमा विशेष महत्व राख्ने देश हो। भेनेजुएलाको राजनीति केवल सत्ताको संघर्ष मात्र नभई विचार, आन्दोलन र जनसमर्थनको निरन्तर बहसको केन्द्र बन्दै आएको छ । सन् १९९९ मा सत्ता सम्हालेका राष्ट्रपति ह्युगो चाभेजले […]

एमाले महाधिवेशनको सन्देश : नयाँ ऊर्जा कि पुरानै सत्ताको पुनरावृत्ति

Uml

शिवहरि खनाल, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको छ। दलको नीति, कार्यक्रम, नेतृत्व चयन तथा आगामी दिशा निर्धारण गर्ने सबैभन्दा महत्वपूर्ण कार्यक्रम नै महाधिवेशन हो। महाधिवेशनलाई पार्टीको सर्वोच्च निकाय मानिन्छ। भदौ २३ र २४ को जेन–जी आन्दोलनपछि परिवर्तित मुलुकको राजनीतिक परिस्थितिमा दलहरूले आफूलाई लोकतान्त्रिक, सुदृढ र जिम्मेवार प्रस्तुत गर्न […]

पर्यटकको गन्तब्य बन्दै ऐतिहासिक सिन्धुलीगढी(फोटो फिचर)

sindhuligadhi

सिन्धुली । ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध संग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो । सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको दूरीमा अवस्थित सिन्धुलीगढीमा अहिले दैनिक दुई सयभन्दा बढी […]

चुनाव बहिस्कार गर्न ६ दलको अपिल

काठमाडौँ । देशको वर्तमान परिस्थितिको समीक्षा गर्दै छ वटा कम्युनिस्ट पार्टीले संयुक्त केन्द्रीय संघर्ष समिति गठन गर्ने निर्णय गरेका छन्। आगामी राष्ट्रिय निकासका लागि साझा धारणा बनाउँदै उनीहरूले निर्वाचन बहिस्कारको नीति लिएका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (जनपक्ष), नेपाल कम्युनिस्ट पार्टी तथा समाजवादी कम्युनिस्ट […]

जेनजी आन्दोलनपछि राष्ट्रिय युवा परिषदको पहिलो बैठकमा यस्ता निर्णय

भक्तपुर । जेनजी आन्दोलनपछि युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा राष्ट्रिय युवा परिषद्को पहिलो पूर्ण बैठक सम्पन्न भएको छ। शुक्रबार बसेको परिषद्को १९औं बैठकले युवामुखी कार्यक्रम कार्यान्वयनदेखि शोक प्रस्तावसम्मका महत्वपूर्ण निर्णय गरेको छ। बैठकलाई सम्बोधन गर्दै परिषद अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री गुप्ताले मन्त्रालयको बजेट अत्यन्तै न्यून भएकाले अपेक्षित कार्य गर्न चुनौती […]

किशोरीलाई भारत लगेर बेचेको आरोपमा २८ वर्षपछि पक्राउ

भक्तपुर । करिब २८ वर्षअघि मनकामना मन्दिर घुमाउने बहानामा १७ वर्षीया किशोरीलाई भारत पुर्याइ बेचेको आरोपमा ५५ वर्षिय कमल खतिवडा पक्राउ परेका छन्।   २०५४ साल मंसिरमा सांकेतिक पहिचान भक्तपुर–२७ (छ८६)  भएकी किसोरीलाई त्यतिबेला ललितपुरको बालकुमारीमा बस्दै आएका ताप्लेजुङ जिल्लाको साविक थुम्बेदिन गाउँ विकास समिति वडा नं. २ (हाल पाथिभरा याङवरक गाउँपालिका) स्थायी घर भएका […]

न्याय माग्दै खोला मापदण्ड पीडितको प्रदर्शन, नेकपाका नेताहरूको साथ र समर्थन

काठमाडौं । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र त्यसलाई कार्यान्वयन गर्ने काठमाडौं महानगरपालिकाको सूचनाविरुद्ध स्थानीय बासिन्दाले बिहीबार काठमाडौंमा विरोध प्रदर्शन गरेका छन्। गैरन्यायिक सडक तथा खोलानदी मापदण्ड पीडित संघर्ष समितिको आह्वानमा कुपोन्डोलदेखि काठमाडौंको माइतीघर मण्डलासम्म विरोध र्‍याली निकालिएको हो। प्रदर्शनकारीहरूले ‘फैसला होइन, न्याय देऊ’ लगायतका नारासहित सर्वोच्च […]