नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स सुरु

काठमाडौँ।अक्षरा स्कूलद्वारा आयोजना गरिएको नवौँ अक्षरा मोडेल युनाइटेड नेसन्स (AMUN) बिहीबारदेखि सुरु भएको छ। उपत्यकाभित्रका ९ वटा विद्यालयका ८, ९ र १० कक्षामा अध्ययनरत २ सय ५ विद्यार्थी सहभागी तीनदिने कार्यक्रमको उद्घाटन व्यवसायी तथा पद्मज्योति समूहका अध्यक्ष सौरभ ज्योतिले गरेका छन्। कक्षाकोठाले मात्र नपुग्ने अतिरिक्त ज्ञान, अन्तर्राष्ट्रिय बुझाइ र जीवनोपयोगी सीप विकासका उद्देश्यले हरेक वर्ष […]

शिक्षाका वरिष्ठ सहसचिव अर्याललाई प्रदेश प्रमुख सचिवको जिम्मेवारी

काठमाडौ । सरकारले शिक्षा सेवाका वरिष्ठ सहसचिव वैकुण्ठ अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु (कायम मुकायम) प्रमुख सचिवको जिम्मेवारी दिएको छ। मंगलबार बसेको मन्त्रीपरिषद बैठकले अर्याललाई सो जिम्मेवारी दिने निर्णय गरेको हो । शिक्षा सेवाबाट नै सचिव भएका डा कमलप्रसाद पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सरुवा गर्दै अर्याललाई सुदूरपश्चिम प्रदेशको कामु प्रदेश सचिव नियुक्त गरिएको हो […]

स्वास्थ्य व्यवस्थापनका विद्यार्थीलाई अनुसन्धान कार्यशाला

काठमाडौं । सेन्ट्रल कलेजले स्वास्थ्य व्यवस्थापन (MHCM) तेस्रो सेमेष्टरका विद्यार्थीका लागि ‘Empowering Minds in Healthcare Management’ शीर्षकमा अनुसन्धान कार्यशाला सम्पन्न गरेको छ। काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजले कार्यक्रम भने होटल प्रेम दरबार र नगरकोट जिपलाइनमा सम्पन्न गरेको हो । कार्यशालाको उद्देश्य विद्यार्थीमा अनुसन्धान सीप, विश्लेषण क्षमता र तथ्यमा आधारित अभ्यासप्रतिको बुझाइ विकास गर्नु रहेको कलेजका सहप्राचार्य […]

गणित सिकाइ सरल बनाउन एनप्याब्सन भक्तपुरको अभिमुखीकरण

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा सदस्य विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी र उनीहरूका गणित शिक्षकका लागि एक दिने एसईई अभिमुखीकरण कार्यक्रम-२०८२ सम्पन्न भएको छ। कार्यक्रममा गणित शिक्षा परिषद् का राष्ट्रिय अध्यक्ष एवं विषय विज्ञ डा. रमेश प्रसाद अवस्थीले गणित विषयलाई सरल र सहज बनाउने तरिकाबारे अभिमुखीकरण गरेका थिए । प्रशिक्षणमा विद्यार्थी र शिक्षकबीच […]

ईप्सन अन्तरविद्यालय नृत्य प्रतियोगितामा युनिटी पहिलो, पछिपछि इडेन गार्डेन र क्वालिटी

भक्तपुर । अन्तरविद्यालय लोक नृत्य तथा एकल नृत्य प्रतियोगितामा सूर्यविनायक–५ स्थित यूनिटी स्कूलले दुवै विधामा प्रथम स्थान हासिल गरेको छ। इडिफाइ प्राइभेट स्कूल अर्गनाइजेसन नेपाल (ईप्सन)को आयोजनामा बिमल मेमोरियल विद्यापीठमा सम्पन्न कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूले आकर्षक प्रस्तुति दिएका थिए। सामूहिक लोक नृत्यतर्फ यूनिटी स्कूलले प्रथम स्थान प्राप्त गर्दा ईडेन गार्डेन स्कूल दोस्रो, सूर्योदय स्कूल तेस्रो […]

विब्यस अध्यक्षको प्रहारबाट प्रअको आँखामा गम्भीर चोट

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भनिने खाम्सोङ तामाङले कुटपिट गरेका छन् । अध्यक्ष तामाङको प्रहारबाट प्रधानाध्यापक भण्डारीको आँखामा गहिरो चोट लागेको छ । आक्रमणको घटनाले शिक्षा क्षेत्र स्तब्ध बनेको बुद्धिजीवीहरु बताउँछन् । नेपाल शिक्षक महासंघ इन्द्रावती नगर कमिटीले घटनाप्रति आपत्ति जनाएको छ । […]

इलामका बाढीपीडित विद्यार्थीलाई पाकिस्तानमा ५० बढी छात्रवृत्ति

pakistan embassy

इलाम । नेपालस्थित पाकिस्तानी दूतावासले कोशी प्रदेश अन्तर्गत इलाम जिल्लाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। नेपाल–पाकिस्तान युवा परिषद् (NPYC) को सहकार्यमा इलामको माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा राहत वितरण सामाग्री हस्तान्तरण गरिएको हो। पाकिस्तानका राजदूत अबरार एच. हाश्मी, प्रथम सचिव मोहम्मद हारुन रसीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइटेलले गजुरमुखी धाम, माङसेबुङ गाउँपालिकामा […]

बिदेशी हस्तक्षेप रोक्न इतिहास, भूगोल र संस्कृतिको अध्ययन आवश्यक : उपप्रमुख जोशी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा शुक्रबार नेपाल सम्वत् ११४६ र दिपावलीको अवसरमा सामुदायिक विद्यालयका शिक्षकबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले जनतालाई प्राथमिकता दिँदै समाजवादी व्यवस्था र समाज उत्थानका लागि भक्तपुर नगरपालिका अनुकरणीय रूपमा सेवा सञ्चालन गरिरहेको बताइन्। उनले विदेशी हस्तक्षेप र घुसपैठप्रति सचेत रहन इतिहास, […]

कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।  बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आंशिकतर्फ ९ हजार ९३४ जना विद्यार्थीले परीक्षा दिएका थिए, जसमा ५ हजार ९ सय १६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धितर्फ परीक्षा दिएका ४ हजार ९ सय ७६ विद्यार्थीमध्ये ३ […]

बिदेश जाने विद्यार्थीले एक महिनामै लगे ३२ अर्ब ७६ करोड

NRB

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरणअनुसार गएको भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको हो । अघिल्लो वर्षको त्यही अवधिमा २८ अर्ब २० करोड रुपैयाँ मात्रै थियो । समीक्षा अवधिमा […]