पुनर्योगको नतिजामा मित्रश्री पाठशालाका अमिरले पाए ४ जिपिए

भक्तपुर । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा चित्त नबुझेपछि पुनर्योग गराएका मित्रश्री पाठशालाका अमिर लामाले ४ जिपिए ल्याएका छन् । परीक्षाफल प्रकाशित हुँदा जिपिए ३.९५ मै अड्किनुपरेपछि उनले पुनर्योगका लागि परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा निवेदन दिएका थिए । पनिकाले पुनर्योग गर्दा उनको जिपिए ४ पुगेको हो । नेपालीमा प्राप्त गरेको परीणाम पुनर्योग गर्न […]

वक्तृत्वकला र निबन्ध प्रतियोगिताका विजेतालाई पाकिस्तानी दूतावासको पुरस्कार

काठमाडौं । पाकिस्तान दूतावासले आयोजना गरेको ‘१३औँ पाकिस्तान राजदूत निबन्ध लेखन प्रतियोगिता’ तथा ‘९औँ वक्तृत्वकला प्रतियोगिता–२०२६’ को पुरस्कार वितरण समारोह सम्पन्न भएको छ। कार्यक्रममा नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मी प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नाहको १५०औँ जन्मजयन्तीको अवसर पारेर यस वर्ष निबन्ध प्रतियोगिताको विषय “संवैधानिक माध्यमबाट पाकिस्तानको मागलाई […]

“शैक्षिक गुणस्तर वृद्धि” सम्बन्धी गोष्ठी भरतपुरमा सम्पन्न

भरतपुर । सिर्जनशील नेपाल, भरतपुर वडा नं. १० चितवनको आयोजना तथा भरतपुर महानगरपालिका वडा नं. २६ को आर्थिक सहयोगमा “शैक्षिक गुणस्तर वृद्धिका लागि सरोकारवालाहरूको भूमिका” विषयक एकदिने गोष्ठी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। जेठ १० गते आइतबार आदर्श माध्यमिक विद्यालय, दिव्यनगरको सभाहलमा आयोजित कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूले शैक्षिक सुधार, गुणस्तरीय शिक्षाको आवश्यकता तथा […]

प्रविधिसँगै नैतिक र गुणस्तरीय शिक्षालाई जोड दिने नीति छ : मुख्यमन्त्री बानियाँ

Indra baniya

ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बागमती प्रदेश सरकारले प्रविधिसँगसँगै गुणस्तरीय नैतिक शिक्षालाई जोड दिने नीति लिएको बताएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) जिल्ला कार्य समिति ललितपुरद्वारा आज शनिबार यहाँ आयोजित एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री बानियाँले […]

एमएस्सीका नयाँ विद्यार्थीलाई स्किम्सको‌ अभिमुखीकरण

काठमाडौँ । बालकुमारी स्थित कलेज अफ इन्भाइरोमेन्ट म्यानेजमेन्ट एण्ड सस्टेनेवल डिभलपमेण्ट (SchEMS) ले एमएस्सी तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। २०२६ को मार्च इन्टेकअन्तर्गत भर्ना भएका एमएस्सी. इन इन्भाइरोन्मेन्टल साइन्स एन्ड म्यानेजमेन्टका नयाँ विद्यार्थीहरूलाई शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल अजय भक्त […]

गोल्डेन सुनगाभाका सुप्रोल श्रेष्ठले ल्याए ४ जीपीए

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित गोल्डेन सुनगाभा इङ्लिस बोर्डिङ स्कुलले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा ऐतिहासिक सफलता हासिल गरेको छ। विद्यालयका विद्यार्थी सुप्रोल श्रेष्ठले ४.०० जीपीए ल्याउँदै पूर्ण जीपीए प्राप्त गर्ने कीर्तिमान बनाएका छन्। विद्यालयबाट एसईईमा सहभागी ४६ जना सबै विद्यार्थी उत्तीर्ण भएका छन्। शतप्रतिशत नतिजासहित विद्यालयले यस वर्ष पनि उत्कृष्ट नतिजालाई निरन्तरता दिएको […]

स्किम्सको २७औं स्थापना दिवस सम्पन्न

schems

काठमाडौं । स्कूल अफ इन्भाइरोमेन्ट म्यानेजमेन्ट एण्ड सस्टेनेवल डिभलपमेण्ट (SchEMS) ले आफ्नो २७औं स्थापना दिवस सम्पन्न गरेको छ । सन् १९९९ जनवरीमा स्थापना भई वातावरण व्यवस्थापन, दिगो विकास, व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेज मंगलवार २७ वर्ष पुगेको हो । कार्यक्रम सञ्चालक समितिका अध्यक्ष डा. हेरम्ब राजभण्डारीको अध्यक्षता तथा सञ्चालक […]

२० प्रतिशत बजेट शिक्षा क्षेत्रमा विनियोजन गर्न शिक्षा पत्रकारको सुझाव

EJG

काठमाडौँ । शिक्षा क्षेत्रको समग्र सुधारका लागि राष्ट्रिय कूल बजेटको कम्तिमा २० प्रतिशत शिक्षा क्षेत्रमा विनियोजन गर्नुपर्ने मागसहित शिक्षा पत्रकार समूहले सरकारलाई सुझाव दिएको छ। लामो समयदेखि संसदमा थाती रहेको विद्यालय शिक्षा विधेयकलाई आवश्यक परिमार्जनसहित आगामी बजेट अधिवेशनबाटै पारित गर्न पनि समूहले जोड दिएको छ। समूहकी अध्यक्ष निर्जला कक्षपतिको नेतृत्वमा गएको टोलीले शुक्रबार सिंहदरबारमा शिक्षा, […]

जोयल्याण्डको दीक्षान्त समारोह सम्पन्न, संस्कारयुक्त सिकाइमा जोड

घनश्याम वाग्ले, भक्तपुर । सूर्यविनायक ४ स्थित जोयल्याण्ड मन्टेश्वरी स्कूलको वार्षिक दीक्षान्त समारोह शुक्रवार सम्पन्न भएको छ ।  समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि रहेका प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष एवं अन्नपूर्ण मिडियाका प्रधानसम्पादक बालकृष्ण बस्नेतले बालबालिका विद्यालयका विद्यार्थी र अभिभावकका सन्तान मात्र नभई राष्ट्रको भविष्य समेत भएका बताए । “परिवार र समाज परिवर्तन नभई राजनीतिक […]

ब्रिज कोर्स र प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न नपाइने

sasmit Pokharel education minister

काठमाडौं । विद्यालय तथा कलेज भर्ना सिजन नजिकिँदै गर्दा सरकारले ‘ब्रिज कोर्स’ र प्रवेश परीक्षा तयारी कक्षा सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक सूचना जारी गर्दै आगामी वैशाख १ गतेदेखि लागू हुने गरी भर्ना प्रक्रिया सुरु हुनु अघि सञ्चालन गरिँदै आएका यस्ता कक्षा तत्काल बन्द गर्न निर्देशन दिएको हो। […]