यी हुन् यो वर्षको ‘मदरल्याण्ड ट्यालेन्ट’

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर (बाचामारी)स्थित मदरल्याण्ड स्कुलले “मदरल्याण्ड ट्यालेन्ट फेस्ट–२०८२” भव्य रूपमा सम्पन्न गरेको छ। चैत्र ८ गते आयोजित कार्यक्रममा नृत्यतर्फ “मदरल्याण्ड डान्स आइकन” र गायनतर्फ “भ्वाइस अफ मदरल्याण्ड सिजन–१” प्रतिस्पर्धा सम्पन्न भएको हो। कार्यक्रममा कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरूलाई जुनियर र सिनियर समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो। गायनतर्फ जुनियर समूहमा […]

भक्तपुरमा फेक रेस्क्यूले तनाव

भक्तपुर । भक्तपुरको सल्लाघारी चोकमा स्कूल बस र सार्वजनिक बस ठोक्किएर ‘दुर्घटना’ भएपछि स्थानीय आत्तिए। स्थानीयसमेत रहेका बागमती प्रदेश सभा सदस्य देवेन्द्र श्रेष्ठलाई दुर्घटनाको खबरले चिन्तित मात्र बनाएन, उनले उद्धारका लागि प्रयास नै गरे । तर, त्यो दुर्घटना बास्तविक नभई कृत्रिम अभ्यास मात्र थियो । अभ्यास सम्बन्धि कुनै ब्यानर नहुँदा दुर्घटनाले केही बेर मानिसलाई बिचलित […]

नयाँ चुच्चो, नयाँ प्वाँख : नेपालको शिक्षामा उडानको आश

आकाशको उचाइ नाप्न सक्ने चिलको आयु करिब ७० वर्षको हुन्छ । आफ्नो जीवनको मध्यपश्चात्, अर्थात् ४० वर्षको उमेरमा पुग्दा चिलसँग केवल दुईवटा विकल्प हुन्छन्। उसका प्वाँखहरू भारी भइसकेका हुन्छन्, जसले गर्दा उडान क्षमता घट्छ; शिकार गर्ने चुच्चो बाङ्गिएको हुन्छ र नङ्ग्रा पनि कमजोर भइसकेका हुन्छन्। अब चिलसँग पहिलो विकल्प—शिकार गर्न नसकी भोकै मर्ने, र दोस्रो—अकल्पनीय […]

आरम्भिकको दोस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं। काठमाडौं चाबहिल स्थित आरम्भिक प्रि-स्कुलले आफ्नो दोस्रो वार्षिकोत्सव भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ। विद्यालय प्राङ्गणमा आयोजित विशेष समारोहमा बालबालिकाहरूको प्रतिभा प्रदर्शन, सांस्कृतिक प्रस्तुति तथा विभिन्न शैक्षिक गतिविधि आयोजना गरिएको थियो। वार्षिकोत्सवका अवसरमा शैक्षिक सत्रभर अतिरिक्त क्रियाकलाप तथा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई मेडल पुरस्कार प्रदान गरी सम्मान गरिएको थियो। विद्यालयकी सञ्चालिका देवकी […]

ईडेन गार्डेनको आयोजनामा एनप्याब्सन भक्तपुरको बक्तृत्वकला, यी हुन् बिजेता

भक्तपुर । सूर्यविनायक नगरपालिका–४ स्थित ईडेन गार्डेन इङ्लिस स्कुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको अन्तर–विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। विद्यार्थीहरूको वाककला, तार्किक क्षमता र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर आयोजित कार्यक्रममा विभिन्न विद्यालयका प्रतिभाशाली छात्रछात्राले प्रभावशाली प्रस्तुति दिएका थिए। कक्षा ५ तर्फ “शिक्षा नै उज्यालो भविष्यको आधार” शीर्षकमा भएको प्रतिस्पर्धामा युनिटी इङ्लिस स्कुलका हिमांशु भट्ट प्रथम […]

पत्रकार पण्डितको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरिने

काठमाडौ । शिक्षा पत्रकार समूहले शिक्षा पत्रकार शेषकान्त पण्डितको स्मृतिमा शिक्षा पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गरेको छ ।पण्डितको दोस्रो पुण्यतिथिका दिन शनिबार आयोजित श्रद्धाञ्जलीसभामा समूहकी अध्यक्ष निर्जला कक्षपतिले पुरस्कार स्थापना गर्ने घोषणा गरेकी हुन् । शिक्षा पत्रकारितामा पण्डितको योगदानलाई चिरस्थायी बनाउन पुरस्कार स्थापनाको घोषणा गर्नु प्रशंसनीय रहेको पूर्व अध्यक्ष प्रकाश सिलवालले प्रतिक्रिया दिए । […]

पिसिएल नर्सिङ दोस्रो वर्षको परीक्षामा ख्वपका सबै पास, आयुषाले ल्याइन् ९० प्रतिसत

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले २०८२ मंसिर महिनामा संचालन गरेको प्रमाणपत्र तह नर्सिङ दोश्रो वर्षको परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । नतिजा अनुसार भक्तपुर नगरपालिकाद्वारा संचालित ख्वप बहु–प्राविधिक अध्ययन संस्थानका ४० जना विद्यार्थी सम्मिलित भएकोमा सबै विद्यार्थीहरु उत्कृष्ट अंकका साथ उत्तीर्ण भएका छन् । नतिजामा आयुषा तुकंबन्जारले ९०.३ प्रतिशतसहित उच्चतम अंक ल्याउन सफल […]

सरस्वती पूजा देशभर श्रद्धा, भक्ति र उत्सवका साथ मनाइँदै

भक्तपुर । आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने यस पर्वमा विद्या, बुद्धि, वाणी र कलाकी देवी सरस्वतीको पूजा–आराधना गरिन्छ। विद्यालय, क्याम्पस, पुस्तकालय, मठ–मन्दिर तथा घरघरमा सरस्वतीको विधिपूर्वक पूजा भइरहेको छ। शिक्षाको प्रारम्भ र ज्ञानको शुभ दिन वसन्त पञ्चमीलाई ज्ञान प्राप्तिको शुभ […]

इडेन गार्डेनको खेलकुद उत्सव सम्पन्न

भक्तपुर । सूर्यविनायक नगरपालिका–३, बालकोटस्थित इडेन गार्डेन इङ्लिस स्कुल मा “इडेन वार्षिक खेलकुद उत्सव–२०८२” सम्पन्न भएको छ। पुस २० गतेदेखि सुरु भएको खेलकुद उत्सव चार दिनसम्म सञ्चालन भई औपचारिक रूपमा समापन गरिएको हो। विद्यालयका सह–प्रिन्सिपल अनिश राईका अनुसार खेलकुद उत्सव विद्यालयको वार्षिक कार्यतालिकाअन्तर्गतको एक महत्वपूर्ण कार्यक्रम हो। विद्यार्थीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासलाई केन्द्रमा राखी […]

उपनिर्देशक दहाललाई बनेपा बहुप्राविधिक शिक्षालय प्रमुखको जिम्मेवारी

Rohit dahal

भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद(सिटिइभिटी) का उपनिर्देशक रोहित दहाललाई बनेपा बहुप्राविधिक शिक्षालयमा शिक्षालय प्रमुखको जिम्मेवारी दिइएको छ । प्रशासन महाशाखामा कार्यरत उपनिर्देशक दहाललाई सदस्य सचिव स्तरीय निर्णयले सो जिम्मेवारी दिइएको हो । शुक्रबार प्रशासन महाशाखा प्रमुख दामोदर देवकोटालगायतले दहाललाई बिदाइ गर्दै बनेपा बहुप्राविधिक शिक्षालयको विकासमा उल्लेखनीय योगदान हुने बिश्वास व्यक्त गरेका […]