स्किम्सको २७औं स्थापना दिवस सम्पन्न

schems
schems

काठमाडौं । स्कूल अफ इन्भाइरोमेन्ट म्यानेजमेन्ट एण्ड सस्टेनेवल डिभलपमेण्ट (SchEMS) ले आफ्नो २७औं स्थापना दिवस सम्पन्न गरेको छ । सन् १९९९ जनवरीमा स्थापना भई वातावरण व्यवस्थापन, दिगो विकास, व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेज मंगलवार २७ वर्ष पुगेको हो ।

कार्यक्रम सञ्चालक समितिका अध्यक्ष डा. हेरम्ब राजभण्डारीको अध्यक्षता तथा सञ्चालक प्रबिन कुमार रेग्मीको सञ्चालनमा सम्पन्न कार्यक्रममा कलेजका प्रिन्सिपल अजय भक्त माथेमाले स्वागत मन्तव्य राख्दै कलेजको स्थापना उद्देश्य र उपलब्धिहरूबारे प्रकाश पारे ।

उनका अनुसार विभिन्न विधाका प्राज्ञिक एवं सफल समूहद्वारा स्थापना गरिएको यो शैक्षिक संस्थाको मुख्य लक्ष्य नेपालमा वातावरण, व्यवस्थापन तथा प्रविधि क्षेत्रमा विशेषज्ञ जनशक्ति विकास गर्नु रहेको छ। कलेजले आफ्नो शैक्षिक यात्रामा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। जसअन्तर्गत सन् १९९९ देखि वातावरण व्यवस्थापनमा बि. एस्सी, २००० देखि एम. एस्सी, २००८ देखि व्यवस्थापनमा बिबिए, २०१८ देखि बिसीए तथा २०२३ देखि एमसीआइटी कार्यक्रम सञ्चालनमा रहेका छन्।

कार्यक्रममा कलेजको योगदानबारे पनि चर्चा गरिएको थियो। पूर्व विद्यार्थीहरुले व्यवस्थापन, विज्ञान तथा प्रविधि क्षेत्रमा नवप्रवर्तन तथा विद्यार्थीहरूको करियर निर्माणमा कलेजले खेलेको भूमिकालाई सकारात्मक प्रतिक्रिया प्रस्तुत गरे ।

कलेजको २७ वर्षे यात्रालाई स्मरण गर्दै संचालक समितिले अझ प्रभावकारी शैक्षिक तथा व्यावसायिक योगदान दिने बताउदैं विद्यार्थीको सन्तुष्टि र राष्ट्र निर्माणमा दिगो विकासको योगदान गर्ने प्रतिबद्धता प्रकट गरेको छ ।