एमएस्सीका नयाँ विद्यार्थीलाई स्किम्सको‌ अभिमुखीकरण

काठमाडौँ । बालकुमारी स्थित कलेज अफ इन्भाइरोमेन्ट म्यानेजमेन्ट एण्ड सस्टेनेवल डिभलपमेण्ट (SchEMS) ले एमएस्सी तहमा भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

२०२६ को मार्च इन्टेकअन्तर्गत भर्ना भएका एमएस्सी. इन इन्भाइरोन्मेन्टल साइन्स एन्ड म्यानेजमेन्टका नयाँ विद्यार्थीहरूलाई शुक्रबार स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रिन्सिपल अजय भक्त माथेमाले कलेज स्थापना गर्नुको उद्देश्य र हालसम्मका उपलब्धिबारे जानकारी दिएका थिए। उनका अनुसार स्किम्स विभिन्न विधाका उच्च प्राज्ञिक एवं शैक्षिक समूहद्वारा स्थापना गरिएको संस्था हो । यसको मुख्य उद्देश्य नेपालमा वातावरण, व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्रमा विशेषज्ञ जनशक्ति उत्पादन गर्नु रहेको उनले बताए।

प्रमुख अतिथि डा. मदन कोईरालाले नेपालमा इन्भाइरोन्मेन्ट विषयको अध्ययन तथा अनुसन्धानको इतिहास, वातावरणीय परिवर्तन, जलवायु परिवर्तन र दिगो विकासमा इन्भाइरोन्मेन्टल साइन्स एन्ड म्यानेजमेन्ट विषयको बढ्दो महत्वबारे आफ्ना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव सुनाए ।

कार्यक्रममा विशेष अतिथि डा. सन्जयनाथ खनाल, कलेजका निर्देशक गणेश बुढाथोकी, सर्वन प्रधान, निशा तथा प्रबिनकुमार रेग्मीको उपस्थिति रहेको थियो।

सो अवसरमा स्किम्स कलेजको २७ वर्षे शैक्षिक यात्रालाई स्मरण गर्दै आगामी दिनमा इन्भाइरोन्मेन्टल साइन्स एन्ड म्यानेजमेन्ट क्षेत्रमा अझ प्रभावकारी शैक्षिक तथा व्यावसायिक योगदान दिने प्रतिबद्धता व्यक्त गरिएको छ।

सन् १९९९ जनवरीमा स्थापना भएको स्किम्स कलेजले वातावरण व्यवस्थापन, दिगो विकास, व्यवस्थापन तथा सूचना प्रविधिका क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको छ।

कलेजले सन् १९९९ देखि बी.एस्सी. इन इन्भाइरोन्मेन्टल साइन्स एन्ड म्यानेजमेन्ट, २००० देखि एम.एस्सी. इन इन्भाइरोन्मेन्टल साइन्स एन्ड म्यानेजमेन्ट, २००८ देखि बीबीए, २०१८ देखि बीसीए तथा २०२३ देखि एमसिएसआईटी कार्यक्रम सञ्चालन गर्दै आएको छ।

SchEMS
SchEMS