भक्तपुर । सूर्यविनायक नगरपालिका–९ भातेढिकुर (बाचामारी)स्थित मदरल्याण्ड स्कुलले “मदरल्याण्ड ट्यालेन्ट फेस्ट–२०८२” भव्य रूपमा सम्पन्न गरेको छ।
चैत्र ८ गते आयोजित कार्यक्रममा नृत्यतर्फ “मदरल्याण्ड डान्स आइकन” र गायनतर्फ “भ्वाइस अफ मदरल्याण्ड सिजन–१” प्रतिस्पर्धा सम्पन्न भएको हो।
कार्यक्रममा कक्षा १ देखि ६ सम्म अध्ययनरत विद्यार्थीहरूलाई जुनियर र सिनियर समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो।
गायनतर्फ जुनियर समूहमा कक्षा ४ का जेशिक नेपाल र सिनियर समूहमा कक्षा ५ का न्यूरोण लोहोला विजेता बने। नृत्यतर्फ जुनियरमा कक्षा ३ की स्तुति राणामगर तथा सिनियरमा कक्षा ६ की एप्रिल शिल्पकारले उपाधि जिते।
गायनतर्फ जुनियर समूहमा कुशल घिमिरे प्रथम उपविजेता, सनुप दाहाल द्वितीय, ईभा सुकुभट्टु तृतीय र प्रिन्स थापा चौंथो उपविजेता बने।
सिनियर समूहमा आयन योन्जन प्रथम उपविजेता, पूर्णिमा खत्री द्वितीय, आयन जंग कटवाल तृतीय तथा लकिशा भण्डारी चौंथो उपविजेता घोषित भए।
नृत्यतर्फ जुनियर समूहमा यशिका प्रधान प्रथम उपविजेता, रूगोशा नेपाल द्वितीय, रियान्श बोहरा तृतीय र रक्षिका कासुला चौंथो उपविजेता बने।
सिनियर समूहमा झरणा देउवा प्रथम उपविजेता, जेशिका श्रेष्ठ द्वितीय, जेनिशा तामाङ तृतीय र ऋतु तामाङ चौंथो उपविजेता घोषित भए।
कार्यक्रमका इभेन्ट मेनेजर तथा सिनियर कोरियोग्राफर सुमि वानियाले बालबालिकाको प्रतिभा प्रस्फुटन र समग्र विकासका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए।
उनले सहभागी सबैलाई प्रतिभा र मेहनतको कदरस्वरूप विभिन्न अवार्ड प्रदान गरिएको पनि बताए।
विद्यालयकी कार्यकारी प्रमुख शर्मिला देउजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगरपालिकाका शिक्षा शाखा प्रमुख रत्न कटुवाल प्रमुख अतिथि रहेका थिए।
उनले विद्यालयले प्रतिभा पहिचानका यस्ता कार्यक्रममार्फत विद्यार्थी र अभिभावकबीच सशक्त सम्बन्ध स्थापना गरेको उल्लेख गर्दै प्रशंसा गरे।
कार्यक्रममा सेलिब्रेटी अतिथिका रूपमा डान्स कोरियोग्राफर तथा मोडल शेखर घर्तीमगरको उपस्थिति रहेको थियो। गायनतर्फ निर्णायकमा गायक तथा संगीतकार राजेन्द्र बजगाईं र राजानन्द माण्डव्य तथा नृत्यतर्फ अर्वीन चन्द ठकुरी र अश्वीन गुरुङ रहेका थिए।
साथै शास्त्रीय नृत्यका महेश प्रकाश हाडा, प्रोफेसर रामबाबु खत्री लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।







