विब्यस अध्यक्षको प्रहारबाट प्रअको आँखामा गम्भीर चोट

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका–१ स्थित श्री भुवनेश्वरी आधारभूत विद्यालयकी प्रधानाध्यापक अञ्जना भण्डारीमाथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश भनिने खाम्सोङ तामाङले कुटपिट गरेका छन् । अध्यक्ष तामाङको प्रहारबाट प्रधानाध्यापक भण्डारीको आँखामा गहिरो चोट लागेको छ । आक्रमणको घटनाले शिक्षा क्षेत्र स्तब्ध बनेको बुद्धिजीवीहरु बताउँछन् । नेपाल शिक्षक महासंघ इन्द्रावती नगर कमिटीले घटनाप्रति आपत्ति जनाएको छ । […]

इलामका बाढीपीडित विद्यार्थीलाई पाकिस्तानमा ५० बढी छात्रवृत्ति

pakistan embassy

इलाम । नेपालस्थित पाकिस्तानी दूतावासले कोशी प्रदेश अन्तर्गत इलाम जिल्लाका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेको छ। नेपाल–पाकिस्तान युवा परिषद् (NPYC) को सहकार्यमा इलामको माङसेबुङ र फाकफोकथुम गाउँपालिकामा राहत वितरण सामाग्री हस्तान्तरण गरिएको हो। पाकिस्तानका राजदूत अबरार एच. हाश्मी, प्रथम सचिव मोहम्मद हारुन रसीद र नेपाल–पाकिस्तान युवा परिषद्का संयोजक ऋचुमणी लुइटेलले गजुरमुखी धाम, माङसेबुङ गाउँपालिकामा […]

बिदेशी हस्तक्षेप रोक्न इतिहास, भूगोल र संस्कृतिको अध्ययन आवश्यक : उपप्रमुख जोशी

भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १ को आयोजनामा शुक्रबार नेपाल सम्वत् ११४६ र दिपावलीको अवसरमा सामुदायिक विद्यालयका शिक्षकबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख रजनी जोशीले जनतालाई प्राथमिकता दिँदै समाजवादी व्यवस्था र समाज उत्थानका लागि भक्तपुर नगरपालिका अनुकरणीय रूपमा सेवा सञ्चालन गरिरहेको बताइन्। उनले विदेशी हस्तक्षेप र घुसपैठप्रति सचेत रहन इतिहास, […]

कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक

भक्तपुर । सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ।  बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार आंशिकतर्फ ९ हजार ९३४ जना विद्यार्थीले परीक्षा दिएका थिए, जसमा ५ हजार ९ सय १६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धितर्फ परीक्षा दिएका ४ हजार ९ सय ७६ विद्यार्थीमध्ये ३ […]

बिदेश जाने विद्यार्थीले एक महिनामै लगे ३२ अर्ब ७६ करोड

NRB

काठमाडौं । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो महिनाको आर्थिक विवरणअनुसार गएको भदौमा मात्रै विदेश जाने विद्यार्थीले ३२ अर्ब ७६ करोड रुपैयाँ विदेशिएको हो । अघिल्लो वर्षको त्यही अवधिमा २८ अर्ब २० करोड रुपैयाँ मात्रै थियो । समीक्षा अवधिमा […]

कक्षा ९ र १० मा अनिवार्य कम्प्युटर विषय पढाई हुने

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विस्तृत अवलोकन गर्दै देशभरका विद्यालय सुधारका लागि ठूला निर्णय र स्पष्ट निर्देशन दिएका छन्। केन्द्रमा झण्डै तीन घण्टा लामो छलफलमा सहभागी हुँदै मन्त्री पुनले शिक्षकहरूको दरबन्दी मिलान, विद्यार्थी संख्या अत्यन्त न्यून भएका विद्यालयहरूको मर्जर (एकीकरण) प्रक्रिया, र योग्य तथा […]

महावीर पुनको प्रतिक्रिया पछि मेयर साहले तेर्साएको औंला उनैतर्फ सोझियो

काठमाडौं । पछिल्लो समय काठमाडौंका मेयर बालेन्द्र साह (बालेन) ले महावीर पुनको प्रशंसा गर्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला पुन स्वयंले त्यसबारे प्रतिक्रिया दिएका छन्। राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा हाल अन्तरिम सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पुनले आफूले सबै स्थानीय पालिकाहरुसँग महिनाको नभई वर्षको एक लाख मात्र सहयोग मागेको तर कसैले […]

शिक्षामन्त्री पुन आफैंमा पाठशाला, मन्त्रालयमै लगाए बिस्तारा

काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफ्नो प्रतिबद्धता व्यवहारमै उतारेका छन् । पदभार ग्रहण गरेको पहिलो दिनमै “जहाँ काम गर्छु, त्यही बस्छु” भनेर घोषणा गरेका पुन मंगलबारदेखि शिक्षा मन्त्रालयकै भवनमा स्थायी बसाइँ थालेका हुन् । केशरमहलस्थित मन्त्रालय परिसरभित्रै मन्त्रीका लागि छुट्टै कोठा खाली गरी भान्छा र सुत्ने कोठाको व्यवस्था मिलाइएको छ । […]

शिक्षा पत्रकार समूहको २६ औं वार्षिक साधारण सभा सम्पन्न

education journalists group

काठमाडौं । शिक्षा पत्रकार समूहको २६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार अनामनगरस्थित समूहको सभाहलमा साधारण सभा सम्पन्न भएको हो । सो अवसरमा समूहका सल्लाहकार प्राडा विद्यानाथ कोइराला, पूर्व अध्यक्षहरु सुदर्शन घिमिरे, प्रकाश सिलवाल र सुदर्शन सिग्देल लगायतले भावी कार्यदिशाबारे दिशानिर्देश गरेका थिए । उनीहरूले बदलिँदो परिवेशमा शिक्षाको मुद्दालाई दह्रो गरी पक्रिएर […]

उत्कर्षमा शिक्षा विधेयक, असन्तुष्टि उस्तै

काठमाडौं । संघीय संसदबाट विद्यालय शिक्षा विधेयक पारित हुने अन्तिम चरणमा पुग्दा शिक्षा क्षेत्रमा असन्तोष कायमै छ। सामुदायिक विद्यालयका शिक्षकदेखि निजी विद्यालय सञ्चालकसम्म असन्तुष्ट छन्। बुधबार शिक्षा पत्रकार समूहले आयोजना गरेको “शिक्षा बहस” कार्यक्रममा सहभागी सरोकारवालाले विधेयकलाई सहमतिपूर्ण ढंगले अघि बढाउन आग्रह गरेका छन् । शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले ५४ वर्षपछि बन्न लागेको ऐन […]