काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्तिमाथि विद्यावारिधी गरिएको छ।
नेपाल संस्कृत विश्वविद्यालयबाट सानुमैयाँ खड्काले विद्यावारिधी गरेकी हुन् ।
उनले प्रस्तुत गरेको शोधमा ओलीका भाषणलाई पूर्वीय दर्शनको व्यञ्जना सिद्धान्तका आधारमा विश्लेषण गरिएको छ। शोधले ओलीका अभिव्यक्तिहरू उखान–टुक्कामा मात्र सीमित नभई गहिरो दार्शनिक व्यञ्जनायुक्त रहेको निष्कर्ष निकालेको छ।
खड्काका अनुसार ओलीका कथनहरूमा प्रत्यक्ष अर्थभन्दा पर जाने व्यञ्जनात्मक अर्थ निहित छन्। व्यञ्जना भनेको शब्दभन्दा गहिरो र संकेतमा लुकेको अर्थ भन्ने बुझिन्छ जसले भाव,दर्शन र सन्देश बोकेको हुन्छ।







