एमाले अध्यक्ष ओलीले भित्राए दुई पूर्व माओवादी

भक्तपुर । तत्कालीन नेकपा माओवादी केन्द्रका काठमाडौँ महानगर कमिटीका पूर्व अध्यक्ष राजेश लामा नेकपा एमाले प्रवेश गरेका छन् ।

सोमबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरको गुण्डु स्थित निवासमा लामासँगै विष्णु जोशीलाई पनि पार्टी प्रवेश गराएका उनको सचिवालयले जनाएको छ ।

अध्यक्ष ओलीले पार्टीको झन्डा, नेपालको झन्डा र खादा ओढाएर पार्टी प्रवेश गराउएका थिए । सचिवालयले जनाए अनुसार अध्यक्ष राजेश लामाले एमाले प्रवेश गर्न अलि ढिलो भएको र अब एमालेलाई जिताउने गरी निर्वाचनमा होमिने प्रतिक्रिया दिएका छन् ।