
भक्तपुर । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाइ सम्पन्न भएको छ ।
समानुपातिकतर्फ कुल २ करोड ८ लाख ५४ हजार ८ सय मतपत्र छापिएको र सोमबारबाटै प्रत्यक्षतर्फको लागि २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ सुरु गरिएको प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन् ।

छपाइस्थल भक्तपुरको सानोठिमीस्थित जनक शिक्षा सामाग्री केन्द्रमा पत्रकारसंग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त भण्डारीले प्रत्यक्षतर्फको मतपत्र छपाइ पनि १५ दिनभित्र पूरा हुने बताए ।
फागुन ५ गते अगावै सबै मतपत्र सम्बन्धित निर्वाचन स्थलमा पुर्याउने लक्ष्य रहेको उनले प्रष्ट पारे ।
मतपत्र छपाइको जिम्मेवारी पाएको जनकशिक्षा सामग्री केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलले आयोगसंगको सम्झौता बमोजिम नमूना मतपत्र, समानुपातिक पतपत्र निर्धारित समयमै छाप्न सफल भएको बताउँदै प्रत्यक्ष तर्फको मतपत्र पनि निर्धारित समयमै छापिसक्ने जानकारी गराए ।
केन्द्रमा नेपाली सेनाको कडा सुरक्षाबीच छपाई कार्य चलिरहेको देखिन्छ ।







