
भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा ब्यवसायिक तालीम परिषद(सिटिइभिटी) का उपनिर्देशक रोहित दहाललाई बनेपा बहुप्राविधिक शिक्षालयमा शिक्षालय प्रमुखको जिम्मेवारी दिइएको छ ।
प्रशासन महाशाखामा कार्यरत उपनिर्देशक दहाललाई सदस्य सचिव स्तरीय निर्णयले सो जिम्मेवारी दिइएको हो ।
शुक्रबार प्रशासन महाशाखा प्रमुख दामोदर देवकोटालगायतले दहाललाई बिदाइ गर्दै बनेपा बहुप्राविधिक शिक्षालयको विकासमा उल्लेखनीय योगदान हुने बिश्वास व्यक्त गरेका छन् । दहालले आइतबारबाट कार्यभार सम्हाल्ने बताइएको छ ।

२०५४ सालबाट सिटिइभिटी सेवामा प्रवेश गरेका विराटनगरका दहाल २०७५ सालमा उपनिर्देशक भएका हुन् । उनले ग्रामिण विकाश र अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।
सिटिइभिटीमा स्पष्ट, इमान्दार र बौद्धिक छवि बनाएका दहाल प्रगतिशील साहित्यकार र लेखक समेत हुन् ।
उनको पैँतालाले थिचेको देवता, धरातलबाट उठेर हेर्दा, इस्पातले बनेका मान्छेहरु, विष्णुका अवतार-मार्क्सबादी विश्लेषण र ‘सांस्कृतिक रूपान्तरण : किन र कसरी लगायतका पुस्तक प्रकाशित छन् ।

