
भक्तपुर । चाँगुनारायण नगरपालिका–८, सुडालस्थित आरक्षण नेसनल स्कूलले विषयगत बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ ।
विद्यार्थीहरूलाई रचनात्मक विकास र व्यवहारिक सिकाइतर्फ प्रेरित गर्ने उदेश्यले प्रदर्शनी गरिएको हो ।
प्रदर्शनीमा विभिन्न कक्षाका विद्यार्थीहरूले विज्ञान, गणित, सामाजिक अध्ययन र वातावरणसम्बन्धी परियोजना, मोडेल तथा प्रयोगहरू प्रस्तुत गरेका थिए।

उक्त प्रदर्शनीमा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले अभिरुचिपूर्वक आफ्ना नानीबाबुको प्रतिभा अवलोकन गरेका थिए ।

ती प्रस्तुतिहरूले समाज, संस्कृति, विकास र वातावरणसँग सम्बन्धित विषयलाई सरल र प्रभावकारी रूपमा बुझ्न र बुझाउन सहयोग पुगेको सामाजिक शिक्षक यादव अधिकारीले बताए ।
यस्ता कार्यले विद्यार्थीहरूमा सृजनशीलता र आत्मविश्वास बढाउनुका साथै अभिभावक र विद्यालयबीचको सम्बन्धलाई पनि मजबुत बनाउने उनले बताएका छन् ।

चाँगुनारायण-८ का वडाध्यक्ष एवं नगरपालिकाको प्रवक्ता जनक खत्रीले क्षाकोठामा पढाइएका विषयवस्तुलाई व्यवहारमा उतार्न यस्ता प्रदर्शनी उपयोगी हुने बिश्वास ब्यक्त गर्दै सबै विद्यालयले विद्यार्थीलाई जिज्ञासु, सृजनशील र ब्यवहारिक बन्ने वातावरण दिनुपर्नेमा जोड दिए ।
“यस्ता प्रदर्शनीले विद्यार्थीमा विश्लेषणात्मक सोच, सहकार्यको भावना र समस्या समाधान गर्ने क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्छ।” उनले भने ।

आरक्षण नेसनल स्कूलले पछिल्लो समय अतिरिक्त क्रियाकलापलाई समेत समान महत्व दिँदै आएकोले विद्यार्थीहरु पनि उत्साही र आत्मबिश्वासी देखिएका थिए ।







