आज वर्षकै सबैभन्दा लामो रात

Night

काठमाडौँ । आज वर्षकै सबैभन्दा लामो रात परेको छ। खगोलीय हिसाबले हरेक डिसेम्बर २१ मा रात सबैभन्दा लामो हुने गर्दछ।

आजको दिन सबैभन्दा छोटो थियो र रात सबैभन्दा लामो छ ।

पृथ्वी आफ्नै धुरीबाट ढल्किएको अवस्थाका कारण सूर्य आज उत्तर गोलार्धबाट सबैभन्दा टाढा देखिन्छ। यही कारणले गर्दा सूर्य ढिलो उदाउने र छिट्टै अस्ताउने हुँदा उज्यालो समय घटेर अँध्यारो समय बढ्छ । परिणामस्वरूप आजको रात अरू दिनको तुलनामा लामो हुन्छ।

नेपालमा आज दिनको अवधि करिब १० घण्टा मात्र रहने र अरु अवधि रात हुने अनुमान गरिएको छ। बिहान ढिलो उज्यालो हुनु र साँझ छिट्टै अँध्यारो पर्नुले आम मानिसले आजको रात विशेष रूपमा लामो भएको महसुस गर्छन्।

भोलिबाट भने दिन क्रमशः लामो हुँदै जाने र रात छोटो हुँदै जाने खगोलीय चक्र सुरु हुन्छ।

चिसो मौसमको बीचमा परेको आजको लामो रातलाई विभिन्न समुदायले प्रकृतिको विशेष दिनका रूपमा पनि लिने गरेका छन्।