सानोठिमी क्याम्पस पुस्तकालयमा ६८ थान समाजवादी पुस्तक प्रदान

भक्तपुर । अखिल (क्रान्तिकारी) सानोठिमी क्याम्पस समितिले १८औँ पुस्तकालय दिवसको अवसरमा सानोठिमी क्याम्पसको पुस्तकालयमा ६८ थान पुस्तक हस्तान्तरण गरेको छ। समितिले “ज्ञानलाई बाँड्ने र शिक्षालाई बलियो बनाउन हातेमालो गर्ने” प्रयासस्वरूप पुस्तक प्रदान गरेको हो। पुस्तक हस्तान्तरण कार्यक्रममा समितिकी अध्यक्ष चन्द्रकला बास्तोलाले पुस्तक दान गर्नु केवल वस्तु हस्तान्तरण मात्र नभई अध्ययन, अनुसन्धान तथा नयाँ विचार जन्माउन […]

शिक्षाका महानिर्देशक भन्छन्, “जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोकौं”

krishnaPrasad kapri

ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्नबाट रोक्नुपर्नेमा जोड दिएका छन् । ललितपुरको बुद्ध मावि बाँडेगाउँमा आयोजित प्रिन्सिपल्स एशोसिएसन अफ नेपाल (पान)को एजुकेशन कन्क्लेभलाई शनिवार सम्बोधन गर्दै महानिर्देशक काप्रीले छोरीछोरी निजीमा पठाउने विषय भन्दा निजीमा लगानी गर्ने कुरा गम्भीर […]

नेसनल प्याव्सनको लोकनृत्य प्रतियोगिता, सेन्ट जोन्स र प्रसादी प्रथम

NPABSON Bhaktapur

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरद्वारा आयोजित सामूहिक र एकल लोकनृत्य प्रतियोगिता २०८२, चाँगुनारायणको नगरकोट फेदीस्थित क्वालिटी स्कुलमा सम्पन्न भयो। एकल नृत्यतर्फ सूर्यविनायक–५ को सेन्ट जोन्स स्कुलकी छात्रा विबिशा बिबिसा तामाङ पहिलो स्थानमा रहिन्। दोस्रो स्थान सूर्यविनायक–८ को सेक्रेड हार्ट एकेडेमीकी म्हारमेन तामाङले, तेस्रो स्थान सूर्यविनायक–५ को युनिटी स्कुलकी दीपशिखा खड्काले र सान्त्वना स्थान सूर्यविनायक–३ को […]

मालिका मावि नर्कुको सामाजिक परिक्षण सम्पन्न

मुड्केचुला (डोल्पा) । मुड्केचुला गाउँपालिका–६, डोल्पास्थित श्री मालिका माध्यमिक विद्यालय नर्कुले २०८०/८१ आर्थिक वर्षमा उल्लेख्य बजेट परिचालन गरेको छ। विद्यालयको खातामा गत वर्षसम्म १५ लाख १३ हजार ८३५ रुपैयाँ बचत रहेकोमा चालु आर्थिक वर्ष २०८१/८२ सम्म आइपुग्दा जम्मा एक करोड २९ लाख ६८ हजार ६५२ रुपैयाँ रहेको विद्यालयले जनाएको छ। यस बजेटमा शिक्षक–कर्मचारीको तलब भत्ता […]

भक्तपुरमा ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो’ शुरु

भक्तपुर । विदेशमा उच्च शिक्षा हासिल गर्ने सपना बोकेका विद्यार्थीहरूका लागि भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु भएको छ। भक्तपुरको सूर्यविनायकस्थित आर्गस एजुकेशनमा भदौ १ देखि ३ गतेसम्म सञ्चालन हुने यस एक्स्पोले विद्यार्थीहरूलाई विश्वस्तरीय शिक्षा, छात्रवृत्ति, र भिसा प्रक्रियाबारे प्रत्यक्ष जानकारी दिने अवसर प्रदान गर्नेछ। कार्यक्रमको उद्घाटन नेपाल चेम्बर अफ कमर्सका […]

चाँगुनारायणको दुवाकोटस्थित गोल्डेन सुनगाभामा शैक्षिक प्रदर्शनी, ढिकीदेखि रोबोटसम्म

भक्तपुर । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कुलका विद्यार्थीहरूले शुक्रबार शैक्षिक प्रदर्शनीमार्फत आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका छन्। विद्यालयमा भएको ‘शैक्षिक प्रदर्शनी’मा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरूले गणित, सामाजिक अध्ययन, कम्प्युटर, विज्ञान र पोषण (न्यूट्रिसन) जस्ता विषयसँग सम्बन्धित सिर्जनात्मक सामग्रीहरू प्रस्तुत गरेका हुन् । प्रदर्शनीमा ढिकी, जाँतो, ठेकी, मदानी, खुकुरीजस्ता परम्परागत प्रविधिदेखि लिएर चालकविहीन […]

भक्तपुरमा भदौ १ देखि तीन दिन अष्ट्रेलिया र न्यूजिल्यान्ड पढ्न जानेलाई नि:शुल्क परामर्श मेला

भक्तपुर । उच्च शिक्षा प्राप्तिका लागि अष्ट्रेलिया र न्यूजिल्यान्ड रोज्ने विद्यार्थीका लागि भक्तपुरमा एक्स्पो हुने भएको छ । ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ आगामी भदौ १ देखि ३ गतेसम्म भक्तपुरमा आयोजना हुने भएको हो । आर्गस एजुकेशन भक्तपुर, सूर्यविनायकको आयोजनामा हुने तीनदिने यो एक्स्पोमा दुवै देशका प्रतिष्ठित विश्वविद्यालयका अध्ययन कार्यक्रम, छात्रवृत्ति अवसर, भर्ना […]

शुक्रबार राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर, उपत्यका बाहिर पनि आयोजना हुने

काठमाडौँ । अष्ट्रेलियामा उच्च शिक्षा प्राप्त गर्ने सोच राख्ने नेपाली विद्यार्थीलाई लक्षित गरी शुक्रबार राजधानीमा अष्ट्रेलियन एजुकेशन फेयर-२०२५ आयोजना हुने भएको छ। ग्लोबल एजुकेशन सर्भिसेज प्रा. लि. (ग्लोबल रीच)को आयोजनामा होटल याक एण्ड यतिमा हुने यो मेला बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। मेलामा ३० भन्दा बढी अष्ट्रेलियन विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरूको उपस्थिति रहने […]

सिटिइभिटीका तीन सदस्यलाई मन्त्री पन्तको प्रतिशोधपूर्ण पत्र, मन्त्रीबाटै ऐनको उल्लंघन

CTEVT

भक्तपुर । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)का तीनजना सदस्यलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले बर्खास्तीको पत्र थमाएका छन् ।   परिषद् अध्यक्षसमेत रहेका मन्त्री पन्तले परिषद्को ऐनका दफाहरूलाई समेत छेडखानी गरी पत्र थमाएपछि प्रतिशोधपूर्ण निर्णय गरेको आरोप लागेको छ ।  उनले सदस्य विश्वनाथ ओझा, रामकुमार यादव र शैलन्द्रमोहन झालाई बर्खास्तीको पत्र थमाएका हुन्। […]

सर्लाहीमा स्कुल बसबाट खसेर कक्षा ३ का १३ वर्षीय विद्यार्थीको निधन

सर्लाही २३, साउन । सर्लाहीको बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडक खण्डमा स्कुल बसबाट खस्दा एक विद्यार्थीको मृत्यु भएको छ। कायाकल्प एकेडेमीको ग १ ख ९५६८ नम्बरको बस बरहथवाबाट टाँडीतर्फ जाँदै गरेको अवस्थामा कक्षा ३ मा अध्ययनरत १३ वर्षीय फैजान शेख बसको ढोकामा उभिरहेको बेला खसेर घाइते भएका थिए। फैजान सर्लाहीको धनकौल गाउँपालिका–३ हरकठ्वाका निसार शेखका […]