
भक्तपुर । वी क्यान एजुकेसन नेपाल, भक्तपुर (We Can Education Nepal, Bhaktapur) द्वारा आयोजित राष्ट्रिय देशभक्तिपूर्ण गीतमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ। जागृती विद्या सदनमा शनिबार प्रतियोगिता सम्पन्न भएको हो ।
कार्यक्रमको सञ्चालन विद्यालय संयोजक रजनी सापकोटाले गरेकी थिइन् । कार्यक्रम We Can Educational Nepal का अध्यक्ष रत्न बहादुर राईको सभाध्यक्षता र चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्ष सिजन कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
प्रतियोगितामा रितम्भरा पाठशाला दुवाकोट प्रथम हुन सफल भयो । जागृती विद्या सदन, बेसि द्वितीय हुँदा सेरीनकेन इङ्लिस स्कुल झौखेलले तृतीय स्थान हात पार्यो।
पाथीभरा एकेडेमी (सृजनानगर), रुबिभ्याली विद्यालय (सूर्यविनायक), आरक्षण नेशनल विद्यालय (सुडाल), क्रियटिभ इङ्लिस विद्यालय (नागपोखरी) र माम्ती विद्यालय (पाण्डुबजार)लाई सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजक सस्थाका सचिव रमेश प्रसाद सिटौलाले जानकारी दिए।

समापन मन्तव्यमा सस्थाका अध्यक्ष रत्न बहादुर राईले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यस्ता प्रतियोगिताले विद्यार्थीको प्रतिभा एवं व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने र देशभक्त नागरिक उत्पादनमा मद्दत गर्ने बताए।
प्रमुख अतिथि वडाध्यक्ष सिजन कार्कीले देशभक्तिप्रति जागरण ल्याउने अतिरिक्त क्रियाकलापले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र राष्ट्रिय भावना वृद्धि गर्ने उल्लेख गर्दै विद्यालयहरूले यस्ता गतिविधिलाई निरन्तरता दिन आवश्यक रहेको बताए।








