१५ प्रतिशत छात्रवृत्तिप्रति एनप्याब्सनको आपत्ति

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूको एक संगठन नेसनल प्याब्सनले नयाँ विद्यालय शिक्षा ऐनमा प्रस्ताव गरिएका केही व्यवस्थाप्रति आपत्ति जनाएको छ। शुक्रबार राजधानीमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत एनप्याब्सनले नयाँ ऐनमा समावेश गर्न लागिएको १५ प्रतिशत पूर्ण छात्रवृत्तिको बाध्यकारी व्यवस्था हटाउन माग गरेको हो। एनप्याब्सनका अध्यक्ष सुवास न्यौपानेले शिक्षा ऐनको खाका संविधानको मर्म, वर्तमान यथार्थ र निजी […]

मोर्गनमा महानगरको अनुगमन, व्यापक अनियमितता देखिएपछि तीनदिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले बसुन्धरास्थित मोर्गन इन्टरनेशनल सेकेन्डरी स्कुलमा अनुगमन गरेको छ। बिहीबार सम्पन्न उक्त अनुगमन महानगरका विभिन्न विभागहरुको संयुक्त टोलीले गरेको हो। शिक्षा विभागमा प्राप्त उजुरीका आधारमा गरिएको सो निरीक्षणमा विद्यालय सञ्चालनमा गम्भीर अनियमितता भेटिएको शहरी योजना आयोगका सदस्य शैलेन्द्र झाले जानकारी दिए। उनका अनुसार, विद्यालयलाई २२ वटा विषयसँग सम्बन्धित आवश्यक कागजात तीन दिनभित्र […]

अन्ततः एमालेले म्याँउ गर्यो : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ गठबन्धन र प्रतिपक्ष दुवैप्रति कडा टिप्पणी गरेका छन्। शहिद शिक्षक स्मृति केन्द्र, सितापाइलामा आयोजित शिक्षक संगठनको प्रशिक्षण कार्यक्रममा बहुउद्देश्यीय भवन उद्घाटन गर्दै प्रचण्डले शिक्षासम्बन्धी विधेयक, शिक्षक आन्दोलन र पछिल्लो राजनीतिक परिदृश्यमा माओवादी केन्द्रको धारणा प्रष्ट पारे। उनले शिक्षकहरूले आन्दोलन गर्नुपर्ने अवस्था संविधानले नराखेको भए पनि […]

सीटीईभीटीका सदस्य सचिवलाई कार्यकक्ष प्रवेशमा अनिश्चितकालीन अवरोध

भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद (सीटीईभीटी)का सदस्य सचिव इ. महेश भट्टराईलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) – विशेष प्रदेश समितिले कार्यकक्ष प्रवेशमा अवरोध गरेको छ। शुक्रवार एक सूचना टाँस गर्दै नेकपा बहुमत निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले अनिश्चितकालीन अवरोध गरेको हो । परीक्षा र नतिजा प्रकाशनमा ढिलाइ, विद्यार्थीको मूल्यांकनमा […]

ख्वप इन्जिनियरिङ कलेजका ९३ विद्यार्थीलाई ४४ लाख बढी छात्रवृत्ति वितरण

bhaktapur municipality building

भक्तपुर । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजले बुधबार गरिब, जेहेनदार र अनुशासित विद्यार्थीलाई लक्षित गर्दै छात्रवृत्ति रकम वितरण गरेको छ। एक कार्यक्रमका बीच २०७७ देखि २०८० सालसम्म भर्ना भएका कलेजका ९३ जना स्नातक तहका विद्यार्थीलाई कूल ४४ लाख २८ हजार रुपैयाँ बराबरको छात्रवृत्ति हस्तान्तरण गरिएको हो। कार्यक्रममा भक्तपुर नगर प्रमुख सुनिल प्रजापति प्रमुख अतिथिका […]

भक्तपुर एकेडेमी अफ टुरिजम हस्पिटालिटी म्यानेजमेन्ट(बाथम) छ वर्ष पुगेको अवसरमा रक्तदान

BATHM

भक्तपुर । भक्तपुर-१ सल्लाघारीस्थित भक्तपुर एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्ट(बाथम)ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा सोमबार बिहान बाथमले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । स्थापनाको छैटौं वार्षिक उत्सवको अवसर पारेर सोमबार बिहान रक्तदान कार्यक्रम सम्पन्न गरिएको बाथमका प्रवन्ध निर्देशक राजु कलजुले बताए । रक्तदानमा बाथमका विद्यार्थी र कर्मचारी […]

शिक्षा प्रणाली प्रयोगशालाको तेस्रो चरण शुरु

ललितपुर, ४ साउन । काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन (कुसोड) र इटिएच जुरिकको सहकार्य तथा स्वीस विकास नियोगको प्राविधिक सहयोगमा “शिक्षा प्रणाली प्रयोगशाला (आईल्याव)” को तेस्रो चरण सुरु भएको छ। यस परियोजनाको उद्देश्य नेपालका प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टिभेट) क्षेत्रका नीतिगत तथा व्यावहारिक चुनौतीहरू पहिचान गरी समाधानका उपायहरू कार्यान्वयनमा ल्याउनु हो। सन् २०२३ […]

नेपालमा विद्युतको बजार अपार, १७ लाख हेक्टर जमिन सिँचाइ ८३ हजार मेगावाट विद्युत उत्पादन गर्न सकिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणलाई मात्रै ५०० भन्दा बढी इलेक्ट्रिकल इन्जिनियर आवश्यक पर्ने बताएका छन्। निजी हाइड्रोपावर र अन्य कम्पनीहरूका लागि यो संख्या हजारभन्दा बढी पुग्ने उनको भनाइ छ। काठमाडौं इन्जिनियरिङ कलेज, कालिमाटीमा आयोजित ‘एकीकृत जलस्रोत व्यवस्थापनमार्फत आर्थिक रूपान्तरण’ विषयक प्रवचन कार्यक्रममा प्रमुख वक्ताको रुपमा बोल्दै घिसिङले भने, “विद्युत […]

सातै प्रदेशमा  ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’ बनाइने

काठमाडौं । नेपाल संस्कृत विश्वविद्यालय सभाको ७८ औँ बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३१ करोडको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुुवाटारमा आज प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीका अध्यक्षतामा भएको बैठकमा कुलसचिव प्रा माधव अधिकारीद्वारा प्रस्तुत भौतिक विकाससम्बन्धी लक्ष्य र कार्यक्रममा आधारित आय–व्ययको बजेट पारित भएको हो ।  […]

बिएलई र एसईईका उत्कृष्ट दशसहित उतीर्ण सबैलाई एनप्याब्सन भक्तपुरको सम्मान

भक्तपुर । अधिकांश संस्थाहरूले एसईईमा ४ जिपिए ल्याउने विद्यार्थीलाई मात्र सम्मान गरिरहेका छन्, त्यहीँबीच नेसनल प्याव्सन भक्तपुरले भने ४ जिपिए ल्याउनेसहित आफ्ना सदस्य विद्यालयहरूबाट एसईई उत्तीर्ण गर्ने सबै विद्यार्थीलाई बधाई तथा सम्मान प्रदान गर्दै फरक उदाहरण प्रस्तुत गरेको छ। मिड भ्याली कलेज नयाँ थिमीको सहकार्यमा आयोजित कार्यक्रममा ४.० जिपिए ल्याउने एनप्याब्सनको स्कुल सेक्रेड हार्टका प्रिन्स […]