
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजले ‘सेन्ट्रल फेस्ट-२०८२’ सम्पन्न गरेको छ ।
पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा बेदराज केसीको प्रमुख आतिथ्यता रहेको सेन्ट्रल फेस्टलाई कलेज संचालक समितिका अध्यक्ष गोपालकृष्ण श्रेष्ठ, प्रहरी उपरीक्षक कृष्णबहादुर धिताल तथा विद्यार्थी, प्राध्यापक, अभिभावक र स्थानीयहरुले अभिरुचीपूर्वक अवलोकन गरेका थिए ।
सो अवसरमा विद्यार्थीहरुले गीत, संगीत, नृत्य,सायित्यका अलावा फेसन, डिजाइन, सस्कृति, हस्पिटालिटी, व्यवस्थापकीय कौसल र पाककलाको समेत प्रदर्शन गरेका थिए । शनिवार सम्पन्न फेस्टमा विद्यार्थीहरुले दुई दर्जन बढी स्टल राखेका थिए । सो अवसरमा मण्डला निर्माण लगायतका प्रतिस्पर्धा समेत संचालन गरिएको थियो ।

विद्यार्थीको प्रतिभा, ज्ञान र सीपलाई उजागर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको सह प्राचार्य गणेश बुढाथोकीले बताए ।
प्राचार्य पारस श्रेष्ठले कितावी ज्ञानलाई व्यवहारमा उतार्न कलेजले प्रयोगात्मक शिक्षालाई प्राथमिकता दिएको प्रष्ट पार्दै अतिरिक्त क्रियाकलापले शिक्षण सिकाइलाई थप प्रभावकारी बनाउने बिश्वास व्यक्त गरे । ”विद्यार्थीले खानुपर्ने जागिर र गर्नुपर्ने उद्यमलाई व्यवहारमा उतार्न कलेज सधै प्रतिवद्ध छ ।” उनले भने ।
प्रहरी उपरीक्षक कृष्णबहादुर धितालले विद्यार्थीलाई रोजगार र स्वरोजगार बन्न सेन्ट्रल फेस्टले प्रेरित गर्ने बताउदै विद्यार्थी विदेशिने क्रम रोक्न स्वदेशमै गरिखाने शिक्षाको महत्व रहेको उल्लेख गरे ।
फेस्ट अवलोकनपछि प्रतिक्रिया दिंदै पोखरा विश्वविद्यालयका उप कुलपति प्राडा वेदराज केसीले ज्ञानलाई सीपमा बदल्न यस्ता कार्यक्रमहरु उपयोगी हुने बताए ।
यस्ता कार्यक्रमले विद्यार्थीमा मनोबल बढ्ने र उद्यमशीलताको बिकास हुने उनले बिश्वास व्यक्त गरे । पोखरा विश्वविद्यालयले विद्यार्थीलाई श्रम र उत्पादनमा जोड्ने नीति लिएको उनको जिकिर छ ।






