सेन्ट्रल कलेजमा दशैँ उत्सव (फोटो फिचर)

काठमाडौंको सिनामंगलस्थित सेन्ट्रल कलेजमा दशैँ उत्सव गरिएको छ । नजिकिएको वडापर्व दशैँ, तिहार, छठ र नेपाल सम्बत लगायतलाई स्वागत गर्न कलेजमा उत्सव गरिएको हो ।

सोमबार कलेज प्रांगणमा भएको सो उत्सवमा विद्यार्थीहरुले शिक्षकहरुबाट टीका र आशीर्वाद लिएका छन् भने एक आपसमा शुभकामना साटासाट गरे ।

उत्सवको प्रमुख आकर्षण भने मण्डला प्रतियोगिता  रहेको थियो । प्रतियोगितामा कलेजका विभिन्न संकायका विद्यार्थीहरु समुह बनाई सामेल भएका थिए । एक दर्जन समुहको प्रतिस्पर्धामा बिबिए सातौँ सेमेस्टर समुहको मण्डला सर्वोत्कृष्ट घोषित भएको थियो ।

प्रथम हुने सो समुहमा अमृता शाह, अनु मण्डल, बिनिता घिमिरे, बिरुजा गौतम लक्ष्मी गौतम र सिर्जना पाण्डे सहभागी रहेका सेन्ट्रल कलेजका सहप्राचार्य गणेश बुढाथोकीले बताए । त्यसैगरी बिएचसिएमको छैठौं सेमेस्टरका विद्यार्थी सम्मिलित समुहले बनाएको मण्डला दोश्रो भएको छ । सो समुहमा आकृति श्रीवास्तव, रुविना राजबंसी, रीतिका थापा, कविना लिम्बु, विनिता दाहाल र अप्सरा न्यौपाने सहभागी रहेका थिए ।

निर्णायक रहेका मेरिना प्रधान र प्रतिमा चौधरीले गरेको मूल्यांकनका आधारमा पहिलो र दोश्रो समुह छनौट गरिएको आयोजक सेन्ट्रल कलेज म्यानेजमेन्ट तथा इभेन्ट क्लबले जनाएको छ । तेस्रो स्थानमा रहने समुह छनौट भने सामाजिक सञ्जालमा प्राप्त लाइकका आधारमा हुने जानकारी गराइएको छ । तेस्रो बिजेता पनि घोषित भएपछि प्रथम, दोश्रो र तेस्रो हुनेलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने आयोजकको भनाइ छ ।

paras shreshth

कार्यक्रममा कलेजका सहायक प्राचार्य गणेश बुढाथोकीले पर्वप्रति अपनत्व र सामुहमा मिलेर काम गर्न प्रेरित गर्ने उदेश्यले प्रतियोगिता आयोजना भएको बताएका छन् । त्यस्तैगरी कलेजका प्राचार्य पारस श्रेष्ठले विद्यार्थीलाई धार्मिक सहिष्णुता र सह अस्तित्वको पाठ सिकाउन यस्ता कार्यक्रम उपयोगी हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा गीत संगीत, नृत्य, अभिनय र साहित्यको माध्यमबाट विद्यार्थीहरुको प्रतिभा प्रस्तुत गरिएको थियो । त्यसैगरी होटेल म्यानेजमेन्टका विद्यार्थीहरुले खानाका स्टल राखी आफ्नो योग्यता प्रदर्शन गरेका थिए ।