सिनामंगलस्थित सेन्ट्रल कलेजमा नि:शुल्क स्वास्थ्य शिविर(फोटो फिचर)

काठमाडौ । काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजको आयोजनामा शुक्रवार सम्पन्न नि:शुल्क स्वास्थ्य शिविरमा सयौं मानिसले आफ्नो स्वास्थ्य जाँच गराएका छन् ।

Central college sinamangal
Central college sinamangal

कलेजले तिलगंगा आँखा ईन्स्टिच्युटको सहकार्यमा आँखारोगको जाँच, क्रिस्टल डेन्टल अस्पतालको सहकार्यमा दाँँतसम्बन्धी जाँच र नेपाल नेसनल हस्पिटलको सहकार्यमा सामान्य चिकित्सासम्बन्धी चेकजाँचको प्रवन्ध मिलाएको थियो ।

Central college sinamangal
Central college sinamangal

स्वास्थ्य शिविरमा कलेजका विद्यार्थी, शिक्षक र कर्मचारी मात्र होइन, अभिभावक र स्थानीयले समेत नि: शुल्क स्वास्थ्य लाभ लिएका थिए ।

central college sinamangal
central college sinamangal

सयौं स्थानीयले स्वास्थ्य शिविरमा निशुल्क चेकजाँच गराएका सेन्ट्रल कलेजका सहायक प्रिन्सिपल गणेश बुढाथोकीले जानकारी गराए । सो अवसरमा नि:शुल्क औषधी वितरण गरिएको उनले बताए ।

Central college sinamangal
Central college sinamangal

“शिविरमा चेकजाँच गर्दा स्वास्थ्य समस्या देखिएकालाई सम्बन्धित स्वास्थ्य संस्थामा समेत निशुल्क चेकजाँचको ब्यवस्था मिलाइएको छ ।” उनले भने ।

Central college sinamangal
Central college sinamangal

शिविरमा टियु लायन्स ब्लड रिसर्च सेन्टर र ब्लड बैंकको सहकार्यमा रक्त समूह र सुगर जाँच तथा रक्तदान कार्यक्रम पनि गरिएको थियो ।

Central college Sinamangal
Central college Sinamangal

रक्तदानका अवसरमा विद्यार्थी, शिक्षक, स्थानीय र प्रहरीसहित ६१ जनाले रक्तदान गरेका सेन्ट्रल कलेजले जनाएको छ । 

कार्यक्रममा कलेजका दर्जनौं विद्यार्थी स्वयंसेवकरुपमा खटिएका बिएचसिएम संयोजक जोस्ना नेपालीले जनाइन् ।

Central college sinamangal

स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमले विद्यार्थीमा सामाजिक उत्तरदायित्वको बिकास हुने भन्दै अभिभावकहरुले सन्तोष ब्यक्त गरेका छन् ।

Central college sinamangal
Central college sinamangal

स्थानीय ट्राफिक प्रहरी प्रभागका ट्राफिक सहायक प्रहरी निरीक्षक सुवास खतिवडाले शिविर मार्फत समुदायमा सेवा पुर्‍याउन सफल भएको भन्दै कलेजको प्रशंंसा गरेका छन् ।

Central college sinamangal
Central college sinamangal

कलेजका प्रिन्सिपल पारस श्रेष्ठले विद्यार्थीहरूमा स्वास्थ्य सचेतना बढाउन, स्वास्थ्य समस्या पत्ता लगाइ निरोगी रहन र समुदायलाई समेत स्वास्थ्य प्रति जागरुक बनाउन शिविर उपयोगी रहेको स्पष्ट पारे ।

Central college sinamangal
Central college sinamangal

शिविरले एकातर्फ जनस्वास्थ्य प्रवर्द्धन गरेको र अर्कोतर्फ विद्यार्थीमा समुदायप्रति सेवाभाव बिकास गर्न मद्दत मिलेको उनले बिश्वास ब्यक्त गरे ।

सिनामंगलस्थित सेन्ट्रल कलेजमा बिबिए, बिएचएम, बिएचसिएम र एमएचसिएमको पढाई हुने गर्दछ । 

Central college sinamangal
Central college sinamangal

स्नातक र स्नातकोत्तर सम्मको पढाई हुने सेन्ट्रल कलेजले प्रायः प्रत्येक महिना अतिरिक्त क्रियाकलाप र सामाजिक उत्तरदायित्व अन्तर्गत रचनात्मक क्रियाकलाप गर्दै आइरहेको स्थानीय बताउँछन् ।

central college sinamangal
central college sinamangal