काठमाडौं । सेन्ट्रल कलेजले स्वास्थ्य व्यवस्थापन (MHCM) तेस्रो सेमेष्टरका विद्यार्थीका लागि ‘Empowering Minds in Healthcare Management’ शीर्षकमा अनुसन्धान कार्यशाला सम्पन्न गरेको छ। काठमाडौको सिनामंगलस्थित सेन्ट्रल कलेजले कार्यक्रम भने होटल प्रेम दरबार र नगरकोट जिपलाइनमा सम्पन्न गरेको हो ।
कार्यशालाको उद्देश्य विद्यार्थीमा अनुसन्धान सीप, विश्लेषण क्षमता र तथ्यमा आधारित अभ्यासप्रतिको बुझाइ विकास गर्नु रहेको कलेजका सहप्राचार्य गणेश बुढाथोकीले बताए । सो अवसरमा अनुसन्धान लेखनका आधारभूत नियम र लेख तयार पार्ने तरिकाबारे समेत व्यावहारिक सत्र सञ्चालन गरिएको थियो।
कार्यशालामा प्रा. डा. युगराज भट्टराई र सहायक प्राध्यापक बाबुराम तिम्सिनाले अनुसन्धान पद्धति, तथ्य विश्लेषण, विषय चयन र शैक्षिक लेखनका प्रभावकारी विधिबारे मार्गदर्शन गरे। उनीहरूको प्रस्तुतीले विद्यार्थीमा अनुशासित र जिज्ञासु अनुसन्धान दृष्टिकोण विकसित भएको सहभागीहरूको प्रतिक्रिया थियो।
समापनमा शैक्षिक निर्देशक विनोदकुमार अधिकारीले प्रशिक्षक, संयोजक, शिक्षक र विद्यार्थीलाई धन्यवाद व्यक्त गर्दै कार्यशालालाई सफल बनाएको योगदानको प्रशंसा गरे।
कार्यक्रमको सञ्चालन अनिषा कार्कीले गरेकी थिइन्। स्वागत मन्तव्य उपप्राचार्य तथा कार्यशाला संयोजक गणेश बुधाथोकीले दिएका थिए। मिडिया साझेदारको भूमिकाकामा TV Today HD रहेको थियो।
सेन्ट्रल कलेजले सिर्जनात्मक, अनुसन्धानमुखी र जिम्मेवार स्वास्थ्य व्यवस्थापक तयार गर्न कार्यशाला प्रभावकारी रहेको प्रष्ट पार्दै यसलाई निरन्तरता दिने प्रतिवद्धता प्रकट गरेको छ ।





