
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा सदस्य विद्यालयका कक्षा १० मा अध्ययनरत विद्यार्थी र उनीहरूका गणित शिक्षकका लागि एक दिने एसईई अभिमुखीकरण कार्यक्रम-२०८२ सम्पन्न भएको छ।
कार्यक्रममा गणित शिक्षा परिषद् का राष्ट्रिय अध्यक्ष एवं विषय विज्ञ डा. रमेश प्रसाद अवस्थीले गणित विषयलाई सरल र सहज बनाउने तरिकाबारे अभिमुखीकरण गरेका थिए ।
प्रशिक्षणमा विद्यार्थी र शिक्षकबीच अन्तरक्रिया गर्दै गणितलाई कठिन र बोझको रूपमा नभइ, दैनिक अभ्यास र क्रियाकलापमार्फत कसरी सहज बनाउने भन्ने बारे सुझाव दिइएको थियो।
नेसनल प्याव्सन भक्तपुरका कार्यसमिति सदस्य रमेश प्रसाद सिटौलाले विद्यार्थीहरूले गणित विषयलाई डर वा कठिनाईको रूपमा लिइरहेकोले अभिमुकरणले त्यसलाई हटाउन मद्दत मिलेको बताए भने संस्थाका उपाध्यक्ष राम प्रसाद खाताखोले कार्यक्रमले गणितको ज्ञानलाई सरलीकृत गर्न सहयोग पुगेको प्रतिक्रिया दिए ।
एनप्याब्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले गणित विषयलाई व्यवहारिक ज्ञानसँग जोडेर हेर्नु आवश्यक रहेको उल्लेख गर्दै डा. अवस्थीले दिएका सुझावलाई अध्ययन अध्यापनमा लागू गर्न प्रेरित गरेका थिए ।
नेसनल प्याव्सन भक्तपुरले आगामी महिनामा विज्ञान र सामाजिक विषयमा पनि कक्षा १० का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने जानकारी दिँदै उनले परीक्षालाई हाउगुजीको रुपमा नलिइ आफ्नो सिकाइ प्रदर्शनको अवसरको रुपमा बुुझ्नपर्ने बताए ।







