एनप्याब्सन भक्तपुरको खेलकुद प्रतियोगिता सम्पन्न : यी हुन् विजेता

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरले आयोजना गरेको अन्तर विद्यालय खेलकुद प्रतियोगिता–२०८२ सम्पन्न भएको छ । 

मंसिर १५ गतेदेखि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको प्रमुख आतिथ्यमा शुरु भएको प्रतियोगिता चार दिनसम्म चलेको थियो ।

प्रतियोगितामा फुटसल, भलिबल, ब्याडमिन्टन र टेबलटेनिसको उपाधीका लागि एनब्याब्सन भक्तपुर जिल्ला मातहतका विद्या

फुटसल : यूनिटी स्कुल चम्कियो

माध्यमिक तहको छात्र फुटसल प्रतियोगितामा यूनिटी स्कुल विजेता बन्यो। ऋतम्भरा पाठशाला दोस्रो, ईडेन गार्डेन तेस्रो र मदरल्याण्ड स्कुलले सान्त्वना स्थान हासिल गरे।

फेयर प्ले : आरक्षण नेसनल स्कुल, उत्कृष्ट खेलाडी : कुमार सुनारी मगर (यूनिटी),उत्कृष्ट गोलकिपर : आशिष लुईटेल (ऋतम्भरा) र सर्बाधिक गोलकर्ता : विपिन खड्का (ईडेन गार्डेन)ले हात पारे ।

आधारभूत तहमा भने ईडेन गार्डेन विजेता रह्यो। दोस्रो : पाथिभरा एकेडेमी, तेस्रो : मदरल्याण्ड स्कुल, सान्त्वना : ऋतम्भरा पाठशाला र फेयर प्ले उपाधी भने जागृति विद्या सदनले प्राप्त गरे ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी तथा सर्वोच्च गोलकर्ता : अनिश मगर (ईडेन गार्डेन) र उत्कृष्ट गोलकिपर : मल्लभ जंग थापा (पाथिभरा एकेडेमी) रहेका थिए ।

भलिबल : ग्लीटर फ्यूचरले उचाल्यो उपाधी

माध्यमिक तह छात्रा भलिबलमा ग्लीटर फ्यूचर स्कुल पहिलो स्थानमा रह्यो।दोस्रो : ऋतम्भरा पाठशाला भए । नेसनल एकेडेमी र ईडेन गार्डेन दुबै तेस्रो भए तथा फेयर प्लेमा मदरल्याण्ड स्कुल रहे ।

व्याडमिन्टन : सेलेस्टिना र आशिष चम्किए

छात्रा व्याडमिन्टनतर्फ : प्रथम : सेलेस्टिना कार्की (आरक्षण नेसनल स्कुल), दोस्रो : अभि खत्री (ऋतम्भरा), तेस्रो : प्रतिज्ञा नेपाली (मदरल्याण्ड) र सजिना प्रधानाङ्ग (पाथिभरा) ले हात पारे ।

छात्र व्याडमिन्टनतर्फ भने प्रथम आशिष लुईटेल (ऋतम्भरा), दोस्रो  कृष्टोफे थापा मगर (पाथिभरा), तेस्रो : सोहित तामाङ (ग्लीटर फ्यूचर) र कसम कोइराला (आरक्षण नेसनल) ले घोषित भए ।

उदयमान खेलाडी दिप्सन कार्की (ईडेन गार्डेन) र ह्यागंसिका राई (जागृति विद्या सदन)घोषणा भएका छन् ।

टेबल टेनिस : आशिषको दोहोरो सफलता

टेबल टेनिसमा पनि ऋतम्भराका आशिष लुईटेलले विजेता बने।

उपविजेता रविन भट्ट (मदरल्याण्ड) हुँदा 

तेस्रो स्थान समीर पुरी (यूनिटी) र उज्ज्वल कार्की (जागृति)ले सुरक्षित गरे ।

उदयमान खेलाडी अभिरल श्रेष्ठ (ईडेन गार्डेन) घोषिि भएका छन् ।

पुरस्कार वितरण 

बिजेताहरुलाई शिल्ड, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

प्रतियोगिताका संयोजक तथा नेसनल प्याव्सन भक्तपुरका सदस्य अनिश राईले विद्यार्थीको उत्साहजनक सहभागिताले प्रतियोगिता विशेष बनेको बताए।

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सन्जय खड्काले खेलकुदले विद्यार्थीलाई शारीरिक–मानसिक रूपमा सबल बनाउने उल्लेख गर्दै, यसले विद्यार्थीलाई खेलप्रति अभिरुचि बढाउने र भबिस्यमाअब्बल खेलाडी उत्पादन गर्न समेत सहयोग पुग्ने बिश्वास व्यक्त गरे ।