भक्तपुर-२ का दुई उम्मेदवार बिरुद्ध उजुरी दर्ता

भक्तपुर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ मा उम्मेदवार विरुद्ध उजुरी परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजिव खत्री र नेपाल जनसेवा पार्टीकी उम्मेदवार जानुका पाठक विरुद्ध उजुरी परेको हो । क्षेत्र नं. २ मा स्वतन्त्र उम्मेदवारी दिएका सूर्यविनायक- ९ महतगाउँका सविन महतले दुबै उम्मेदवार बिरुद्ध उजुरी दर्ता गराएका हुन् । रास्वपा उम्मेदवार […]

खाद्य सुरक्षाका लागि स्थानीय तहको बजेट मात्रै पर्याप्त छैन : नगर प्रमुख परविन

सप्तरी । देश आयातमा निर्भर बन्दै जाँदा आर्थिक संकटसँगै देखिएको खाद्य सुरक्षा संकट नियन्त्रण गर्न स्थानीय सरकारको बजेट मात्र पर्याप्त नहुने राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परविनले बताएकी छन्। राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (FAO)को सहकार्यमा आयोजित ‘खाद्य सुरक्षामा युवाको भूमिका’ विषयक विमर्श कार्यक्रममा बोल्दै नगर प्रमुख परविनले खाद्य […]

श्रेष्ठ पुस महिनाको उत्कृष्ट प्रहरी घोषित

Krishna Shrestha

काठमाडौं । सर्वसाधारण नागरिकलाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यसहित गरिएको प्रभावकारी प्रहरी अनुसन्धानमार्फत उल्लेखनीय योगदान पुर्‍याएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठलाई २०८२ साल पौष महिनाको उत्कृष्ट प्रहरी “Police of The Month” घोषित गरिएको छ। प्रहरी संगठनको गरिमा अभिवृद्धि गर्ने, अनुसन्धान कार्यलाई नतिजामुखी बनाउने तथा आम नागरिकको विश्वास जित्ने गरी जिम्मेवारी निर्वाह गरेको […]

अन्तिम समयमा ईश्वर पोखरेललाई एमालेले बनायो काठमाडौँ– ५ को उम्मेदवार

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेल काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ बाट निर्वाचन लड्ने भएका छन् । अन्तिम समयमा पोखरेललाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिकट दिएका हुन् । नेकपा एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाले नेता पोखरेलले मङ्गलवार २ मनोनयन दर्ता गर्ने जानकारी दिए । यसअघि पोखरेललाई अध्यक्ष ओलीले टिकट नदिएको भन्दै आलोचना भएको […]

चितवन ३ मा कांग्रेसबाट घिमिरे सशक्त दावेदार

भरतपुर । फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा चितवन ३ बाट वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे बलियो दावेदार देखिएका छन् । नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसको निर्वाचन समितिका संयोजक भइसकेका घिमिरे जिल्लाको राजनीतिमा निर्विवादित पात्र मानिन्छन् । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्ता गर्ने भएपछि अहिले उनी आवद्ध दल नेपाली कांग्रेस उम्मेदवार […]

नेपाल प्रहरीका ८ डीआईजीको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । नेपाल प्रहरीका आठ जना डीआईजीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले अरुण पौडेल, जयराज सापकोटा, दिनेश कुमार आचार्य र दिपक रेग्मीको सरुवा गरेको हो । यसैगरी दिपेन्द्र घर्ती क्षेत्री, भुपेन्द्रबहादुर खत्री, माधव प्रसाद श्रेष्ठ र राजेन्द्र प्रसाद भट्टको पनि सरुवा भएको छ । पौडेललाई प्रहरी प्रधान कार्यालयको कार्यविभाग कार्य निर्देशनालयमा, सापकोटालाई कर्णाली प्रदेशमा, […]

एकाबिहानै जानकी मन्दिरको आरतीमा पुगेर बालेन गरे पूजा, त्यसपछि शहिदको शालिकमा माल्यार्पण

धनुषा । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा रास्वपा नेता बालेन्द्र शाह (बालेन) आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेका छन्। मन्दिरमा नियमित हुने बिहानी आरतीमा सहभागी हुन बालेन त्यहाँ पुगेका हुन्। जानकी मन्दिर दर्शनका क्रममा बालेन एक्लै थिएनन्, उनीसँगै प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंह पनि उपस्थित थिए। दुवै जनाले सँगै बसेर आरती अवलोकन गर्नुका साथै पूजाअर्चना […]

बसको ठक्करबाट ३२ वर्षीया शिक्षकको निधन

प्युठान । बसको ठक्करबाट एक शिक्षकको ज्यान गएको छ । ज्यान गुमाउने शिक्षक  नौबहिनी गाउँपालिका–४, खवाङकी ३२ वर्षीया रिमा गिरी हुन् । उनी अन्धनासक मावि लिघाकी शिक्षक थिइन् । आफ्नै घर अगाडि लु. १ ख. ८४७९ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएकी  गिरीलाई उद्धार गरी अस्पताल लौजादै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको हो ।

प्रलोपा कैलालीको सिफारिसमा जनयुद्धका डाक्टरदेखि युवा व्यवसायीसम्म

धनगढी । प्रगतिशील लोकतान्त्रिक पार्टीले कैलालीबाट आगामी निर्वाचनको लागि उम्मेदवारको नाम सिफारिस गरेको छ । पुस २८ गते जिल्ला पार्टीले कैलाली निर्वाचन क्षेत्र नं. १, २, ३ र ५ बाट आगामी फागुन २१ ग्ते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको लागि उम्मेदवारको नाम केन्द्रमा पठाएको हो । जिल्ला प्रमुख लक्षिराम चौधरी र इन्चार्ज विमला सिंहले कैलाली निर्वाचन […]

ट्रम्पको धम्की- जसले ग्रिनल्याण्ड कब्जाको विरोध गर्छ, त्यसलाई भन्सार शुल्क लगाउँछु

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्डलाई अमेरिकामा गाभ्ने अमेरिकी निर्णयविरुद्ध बोल्ने देशहरूलाई खुला धम्की दिएका छन्। ट्रम्पले कुनै पनि देशले ग्रिनल्याण्ड कब्जा गर्ने उनको योजनामा साथ नदिए ती देशहरूमाथि अत्यधिक भन्सार शुल्क लगाउने बताएका छन्। ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा आयोजित एक बैठकमा उक्त अभिव्यक्ति दिएका हुन् । यद्यपि, उनले कुन-कुन देशमाथि भन्सार शुल्क लगाइनेछ […]