गरिमा चौधरीका अभिभावक र सरकारबिच भयो ३ बुँदे सहमति

काठमाडौँ । बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबिच तीन बुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलमा गृह मन्त्री सुधन गुरुङसहित सम्बन्धित मन्त्रालयका मन्त्रीहरू, पीडित बालिका गरिमा चौधरीका अभिभावक तथा सरकारका प्रतिनिधिबिच सहमति भएको हो । सहमतिअनुसार […]

ट्रम्पको नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा रोक्ने नीति अदालतद्वारा खारेज

वासिङ्टन । अमेरिकाको म्यानहटनस्थित संघीय अदालतले ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनको नीति खारेज गरेको छ। अदालतले उक्त नीति कानुनी अधिकारभन्दा बाहिर रहेको ठहर गरेको हो । अदालतकी न्यायाधीश जेनेट वर्गासले शुक्रबार उक्त नीति ‘स्पष्ट रूपमा गैरकानुनी’ रहेको बताइन् । उनका अनुसार अमेरिकी संघीय आप्रवासन कानुनले कन्सुलर अधिकारीहरूले […]

गरिमा हत्याको चौथो दिन : वीरगञ्ज–पथलैया सडक ठप्प, काठमाडौँमा पनि प्रदर्शन

काठमाडौँ । गत बुधबार बिहान ११ बजेबाट बन्द भएको वीरगञ्ज–पथलैया सडक खण्ड आज (शनिबार) चौंथो दिन पनि ठप्प छ । तीन बर्षीया बालिका गरिमा चौधरीको न्यायका लागि भन्दै सडकमा उत्रिएका स्थानीयबासीले वीरगञ्ज–पथलैया सडकको सिमरामा सडकमै टेण्ट टाँगेर प्रदर्शन गरिरहेका छन् । बिहीबार राति स्थानीय प्रशासनले केही राजनीतिक दलका प्रतिनिधि तथा जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधिको रोहबरमा पाँच […]

फेरि चर्कियो अमेरिका–क्यानडा व्यापार तनाव, अन्तिम समयमा वार्ता विफल

वासिङ्टन/ओटावा । अमेरिका र क्यानडाबीच व्यापार सम्झौता गर्ने अन्तिम प्रयास असफल भएपछि दुई देशबीचको व्यापार तनाव फेरि चर्किएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्यानडाबाट आयात हुने करिब २० अर्ब डलर बराबरका वस्तुमा ५० प्रतिशत भन्सार लगाएपछि क्यानडाले पनि त्यसको जवाफमा समान दरमा शुल्क लगाउने घोषणा गरेको छ । अमेरिकाले लगाएको नयाँ शुल्क शुक्रबार […]

देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशभर साधरणतया बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । […]

भक्तपुरव्यापी व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न

भक्तपुर । नेमकिपाको भातृ संगठन नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा शुक्रबार दरबार स्क्वायर क्षेत्रमा विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी खुला व्यंग्यात्मक कार्टुन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा आधारभूत तहतर्फ एभरेस्ट ईङ्गलिस स्कुलका यधवी आचार्य प्रथम, प्रभात ईङ्गलिस सेकेन्डरी स्कुलका स्वपनिल बासुकला द्वितीय, एभरेस्ट ईङ्गलिस स्कुलका इच्छा बल्ल तृतीय भएका छन् । हिमालयन ग्लोरी […]

अब बैंक छाडेको २ वर्षसम्म सीईओले गभर्नर बन्न नपाउने

काठमाडौँ । बैंक छाडेको २ वर्षसम्म वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले गभर्नरको नियुक्ति लिन नपाउने भएका छन् । प्रतिनिधिसभाको अर्थ समितिले शुक्रबार यस्तो व्यवस्था गरेको हो । विधेयकको दफा २१ (ग) संशोधन गर्दै यस्तो व्यवस्था गरिएको छ । समितिबाट पारित उक्त दफामा गभर्नर बन्ने अयोग्यतामा भनिएको छ, ‘वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला […]

३ लाख १६ हजार ७ सय पुग्यो सुनको मूल्य, प्रति तोला चाँदीलाई कति ?

काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) पनि सुन-चाँदीको भाउ बढेको छ। बिहीबार प्रतितोला नौ हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा तीन हजार तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय […]

रास्वपा बैठक छाडेर पोखरा हुँदै मुस्ताङ हिँडे प्रधानमन्त्री बालेन

काठमाडौँ । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक छोडेर प्रधानमन्त्री समेत रहेका पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह मुस्ताङ हिडेका छन् । रास्वपा बैठक आज शुक्रबार पार्टी कार्यालय वनस्थलीस्थित घण्टीघरमा बस्दैछ ।  बैठकमा छलफलका एजेन्डा दर्जन भन्दा बढी रहेका छन् । तर, प्रधानमन्त्री समेत रहेका पार्टीका बरिष्ठ नेता शाह भने बैठककै दिन […]

क्युबाका ९ सरकारी कम्पनी र उच्च अधिकारीमाथि अमेरिकाको आर्थिक प्रतिबन्ध

काठमाडौं । अमेरिकाले कम्युनिस्ट मुलुक भनेर चिनिने क्युबाविरुद्ध थप आर्थिक प्रतिबन्ध घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबाका सरकारी अधिकारी तथा कम्पनीलाई लक्षित गर्दै प्रतिबन्धको नयाँ चरण घोषणा गरेका हुन् । नयाँ प्रतिबन्धमा क्युबा सरकारको स्वामित्वमा रहेका नौवटा खानी, धातु तथा निर्माणसम्बन्धी कम्पनी, क्युबाको निर्माण मन्त्रालय तथा क्युबास्थित एक अन्तर्राष्ट्रिय संस्थासँग सम्बन्धित अधिकारीहरू […]