काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले अहिले देशभर साधरणतया बादल लागेको छ। गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा […]
मुख्य समाचार
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई जेलबाट अस्पताल सारियो
इस्लामाबाद । पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि पूर्वप्रधानमन्त्री इमरान खानलाई उपचारका लागि जेलबाट अस्पताल सारिएको छ। विगत तीन वर्षभन्दा बढी समयदेखि जेलमा रहेका विपक्षी नेता खानलाई बिहीबार अस्पताल सारिएको उनको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफले जनाएको छ। पूर्वप्रधानमन्त्री खानलाई इस्लामावादको शिफा अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो। ७३ वर्षीय खानका वकिलहरूले जेलमा उनको स्वास्थ्य बिग्रिएको र दाहिने आँखाको दृष्टि […]
सर्वोच्चद्वारा वायु सेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
काठमाडौं । सर्वोच्च अदालतले सरकारले नेपाल वायु सेवा निगमको कायकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई गरेको नियुक्ति बदर गरेको छ । न्यायाधीशद्वय सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासले बिहीबार उनीविरुद्ध उपेन्द्रबहादुर कार्कीले अन्तिम सुनुवाइ गर्दै नियुक्ति कानुनसम्मत नभएको ठहर गरेको हो । साथै, कार्कीले आफू अध्यक्ष हुनपर्ने भनेर राखेको मागमा भने दाबी नपुगेको सर्वोच्चले आदेशमा भनेको छ […]
मुख्यमन्त्री थापाले लिए पद तथा गोपनीयताको शपथ, मन्त्रिपरिषद् विस्तार
मकवानपुर। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व गरेका थापालाई प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले बिहिबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। मुख्यमन्त्री थापा मगरले मन्त्रीपरिषद समेत विस्तार गरेका छन् । नव नियुक्त मुख्यमन्त्री थापा मगरको सिफारिसमा प्रदेश […]
अख्तियार त्रास देखाउने होइन, परिणाम दिने संस्था बन्नुपर्छ : मन्त्री गौतम
काठमाडौँ । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रास सिर्जना गरेर नभई आफ्ना काम कारबाहीबाट आफूलाई बलियो प्रमाणित गर्नुपर्ने बताएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले आयोगको अनुसन्धान स्वच्छ र निष्पक्ष हुनुपर्नेमा जोड दिइन् । […]
वैदेशिक सहायताको सम्बन्धमा सार्वजनिक लेखा समितिको सरकारलाई ९ बुँदे निर्देशन
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले वैदेशिक सहायता स्वीकार, परिचालन र त्यसको लेखापरीक्षणलाई पारदर्शी र प्रभावकारी बनाउन सरकारलाई ९ बुँदे निर्देशन दिएको छ। अर्थमन्त्री, महालेखा परीक्षक, विभिन्न मन्त्रालयका सचिवहरू लगायतको उपस्थितिमा बसेको समितिको बैठकले वैदेशिक विकास सहायतालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताका आधारमा मात्र स्वीकार गर्न र राष्ट्रिय प्रणालीभित्र आबद्ध गर्न सरकारको ध्यानाकर्षण गराएको हो। […]
काठमाडौँ उपत्यकासहित १९ जिल्लामा बाढीको जोखिम
काठमाडौँ । बाढी पूर्वानुमान महाशाखाले बिहीबार बिहान ८ बजे बाढी पूर्वानुमान बुलेटिन जारी गर्दै देशका विभिन्न जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बाढीको जोखिम रहेको जनाएको छ। बिहीबार बिहानको मापनअनुसार कोशी, नारायणी, बागमती, कर्णाली र महाकाली नदीसहित यिनका सहायक नदीहरूको बहाव सतर्कता तहभन्दा तलै छ। यसैगरी कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीमा […]
इरानविरूद्ध इतिहासकै भयानक आर्थिक युद्ध सुरू गर्ने ट्रम्पको घोषणा
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरूद्ध इतिहासकै भयानक ‘आर्थिक युद्ध’को घोषणा गरेका छन्। बुधबार ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेखेर ट्रम्पले अमेरिकासँग सम्झौता गर्ने ठूलो अवसर इरानले गुमाएको भन्दै ऊविरूद्ध अहिलेसम्मकै ठूलो आर्थिक युद्ध सुरू गर्ने घोषणा गरेका हुन्। ‘इरानलाई कुनै सम्झौता गर्ने योभन्दा ठूलो अवसर कसैले दिएको थिएन, जुन मैले दिएको थिएँ। तर दुःखको […]
अमेरिकामा सरकारी सुविधा लिने आप्रवासीको ग्रीन कार्ड आवेदन अस्वीकृत हुन सक्ने
वासिङ्टन । अमेरिकामा स्थायी बसोबासका लागि ग्रीन कार्ड प्राप्त गर्ने तयारीमा रहेका आप्रवासीका लागि नयाँ नियम लागू हुने भएको छ । ट्रम्प प्रशासनले ‘पब्लिक चार्ज’ अर्थात् सरकारी सुविधामा निर्भर व्यक्तिसम्बन्धी नियमको दायरा विस्तार गरेको छ । नयाँ व्यवस्थाअनुसार सरकारी आर्थिक सहायता लिएका केही आप्रवासीको ग्रीन कार्ड आवेदन अस्वीकृत हुन सक्नेछ । अमेरिकी नागरिकता तथा आप्रवासन […]
देशभर मनसुनी वायुको प्रभाव कायमै, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले देशका पहाडी भूभागमा साधरणतया बादल लागेको छ। सुदूरपश्चिम प्रदेशको तराई भूभागमा साधरणतया बादल लागेको छ भने, मधेस प्रदेश साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भूभागमा आंशिक बादल लागेको […]











