एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन कांग्रेस केन्द्रीय समिति बैठकको अपिल

काठमाडौँ । नेपाली कांग्रेसले एकता र सद्भाव कायम राख्दै पार्टीलाई नयाँ उचाइमा पुराउन देशभरका नेता तथा कार्यकर्तालाई अपिल गर्ने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले पार्टीभित्रको एकता, आपसी सद्भाव र सहकार्यबाटै निर्वाचन लगायतका चुनौतीहरू सामना गर्न सकिने भन्दै एकता र सद्भाव कायम राख्दै अघि बढ्न देशभरका नेता तथा कार्यकर्तालाई अपिल […]

सञ्चारमन्त्री खरेल भन्छन् : संसदमा जाने रहर छ, चुनाव लड्छु

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका छन्। शनिबार ललितपुरको महालक्ष्मीस्थानमा आयोजित नेपाल पत्रकार महासंघको एशोशियट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले आगामी निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने बताएका हुन्। ‘अबको चुनाव कहीँ न कहीँ प्रतिनिधित्व गरी लड्छु। संसदमा जाने मेरो […]

निर्वाचन आयोग परिसरमा गगन नेतृत्व समूहको धर्ना

काठमाडाैँ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको नेपाली कांग्रेसले आधिकारिकताको माग गर्दै निर्वाचन आयोगमा धर्ना दिएको छ । शुक्रबार दिउसो गगन थापा नेतृत्वको विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसका नेताहरुले आयोगको अगाडी धर्ना दिएका हुन् । आयोग अगाडी नेताहरु पलेँटी कसेर धर्नामा बसेका छन् । शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतले आफूहरु आधिकारिक […]

कांग्रेस आधिकारिकता विवाद : देउवा पक्षका नेता–कार्यकर्ता निर्वाचन आयोगमा

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । विशेष महाधिवेशनमार्फत् गगन थापा पार्टी सभापति चुनिएपछि आधिकारिकता विवादमा निर्वाचन आयोगले छानबिन गरिरहेका बेला देउवा पक्षका नेता–कार्यकर्ताहरुको टोली आयोग पुगेको हो । नेताहरू विमलेन्द्र, रमेश रिजाल, श्याम घिमिरे, कल्याण गुरुङ, जीतजंग बस्नेत लगायत आयोग कार्यालय पुगिसकेका छन् । नेता गुरुङले केन्द्रीय समितिका पदाधिकारीहरु, […]

आयोग आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै छ। त्यस पूर्व सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी खटाउने तयारीमा आयोग जुटेको हो। आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनले आजदेखि १ […]

कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारित, नयाँ नेतृत्व चयन गर्ने बाटो खुल्यो

काठमाडौं । नेपाली कांग्रेसले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित गरेको छ । पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको यो कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन र नयाँ नेतृत्व चयनको वैधानिक बाटो खुला गरेको हो । भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्द सत्रबाट सोमबार पारित उक्त कार्यविधिअनुसार २०७८ साल […]

कांग्रेस विशेष महाधिवेशन : २ घण्टा ढिलो गरी १० बजेदेखिमात्र हुने भयो बन्दसत्र

काठमाडौँ । चर्चित भारतीय गायन रियालिटी शो ‘इन्डियन आइडल’ सिजन ३ विजेता बनेपछि प्रशान्त तामाङको चर्चा एकाएक चुलिएको थियो।साधारण पृष्ठभूमिबाट उठेर विजेता बन्नु प्रशान्तको व्यक्तिगत सफलता मात्र थिएन, सपनाले जित्न सकिन्छ भन्ने उदाहरण समेत बनेका थिए। अन्तर्राष्ट्रिय मञ्चमा नेपाली भावना, पहिचान र स्वर प्रस्तुत हुनु नेपाली भाषी समुदायका लागि गौरवको क्षण थियो। उनको जितले विशेषगरी गोर्खा […]

काँग्रेस विशेष महाधिवेशन : सोमबार बिहान ८ बजेबाट बन्दसत्र सुरु हुने

काठमाडौँ । नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशनको बन्द सत्र सोमबार बिहान ८ बजे सुरू हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा अहिले जारी उद्घाटन कार्यक्रममा यो जानकारी दिइएको हो। अहिले उद्घाटन सत्रमा नेताहरूको शुभकामना मन्तव्यको क्रम जारी छ। त्यसबीच ४९ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको पक्षमा आफ्नो नाम दर्ता गराइसकेका छन्। महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान […]

राप्रपाको चियापान कार्यक्रममा सहभागी भइन् प्रधानमन्त्री कार्की

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री सुशीला कार्की भृकुटीमण्डप पुगेकी छन्। राप्रपाले पृथ्वीजयन्तीको अवसर पारेर काठमाडौँको भृकुटीमण्डपमा चियापानसहित विभिन्न कार्यक्रम आयोजना गरेको हो। चियापान कार्यक्रमअघि राप्रपाका नेता–कार्यकर्ताले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका थिए। प्रधानमन्त्री कार्की चियापान कार्यक्रममा केहीबेर अघि सहभागी भएकी हुन्। आधुनिक नेपालको एकीकरणका नेतृत्वकर्ता […]

ब्रिटिश कलेजविरुद्ध संयुक्त विद्यार्थी आन्दोलन, अवैध कार्यक्रम र ठगीको आरोप

काठमाडौं । काठमाडौंमा सञ्चालित ब्रिटिश कलेजको अनुमतिपत्र खारेज गर्न १२ वटा विद्यार्थी संगठनले माग गरेका छन्। कलेजले हस्पिटालिटी बिजनेस म्यानेजमेन्टलगायतका शैक्षिक कार्यक्रम अवैध रूपमा सञ्चालन गरेको, अत्यधिक शुल्क असुलेको, फरक पाठ्यक्रम पढाएको तथा भर्ना गरिएका विद्यार्थीलाई यूएईमा अलपत्र पारेको आरोप लगाउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन्। संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञप्ति जारी गर्दै पटक–पटक सम्बन्धित निकायलाई […]