काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) पनि सुन-चाँदीको भाउ बढेको छ। बिहीबार प्रतितोला नौ हजार तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन तोलामा तीन हजार तीन सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १६ हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख १३ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला चार हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा चार हजार आठ सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ३० रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार पाँच सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।







