चितवन । पहिरो पन्छाएसँगै नारायणगढ-मुग्लिन सडकमा यातायात सेवा पूर्ववत् सञ्चालनमा आएका छन् । आज बिहान ७ः०५ बजे खसेको पहिरो पन्छाएसँगै अहिले सो सडकमा दुईतर्फी नै यातायात सञ्चालनमा आएको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिए । वर्षाका कारण केही दिनयता यो खडकखण्ड प्रभावित हुँदै बएको छ । सडकखण्डका विभिन्न स्थानमा बेलाबेलामा सानो पहिरोसहित […]
मुख्य विशेष
हास्यव्यंग्य साहित्यकार रामशेखरका ९ नाटक प्रदर्शनी सम्पन्न
सत्यराम कासिछ्वा, भक्तपुर । नाट्यकर्मी समाजको आयोजनामा गत साउन ९ देखि १९ गतेसम्म ११ दिने रामशेखरया ख्याल: ब्वज्या आस्था थियटर लिवालीमा मंगलबार सम्पन्न भएको छ । उक्त एघार दिने ख्याल: ब्वज्या: मा नेपालभाषाका हास्यव्यङ्ग्य साहित्यकार, कलाकार, निर्देशक, कथाकार, उपन्यासकार रामशेखर नकर्मीद्वारा रचित ९ ख्याल:हरु नेपालभाषामा प्रदर्शन गरेको थियो । भने “तन्त्र टाब्लेट” नामक ख्याल: नेपालभाषा […]
रहेनन् भारतीय अभिनेता प्रदीप रावत
काठमाडौँ । भारतीय चर्चित अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा निधन भएको छ। ब्लड क्यान्सर (रक्त क्यान्सर) पुनः बल्झिएपछि मुम्बईमा उपचाररत रहेका रावतको मंगलबार निधन भारतीय संचारमाध्यम हिन्दुस्तान टाइम्सले जनाएको छ। रावतका व्यवस्थापक सिद्धार्थ तिवारीलाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले जनाएअनुसार प्रदीप रावत एक महिनाभन्दा बढी समयदेखि मुम्बईको अस्पतालमा उपचाररत थिए। अभिनेता यशपाल शर्माले पनि रावतको […]
राष्ट्र बैंकको सञ्चालक समितिमा एक जना महिला अनिवार्य, दुई डेपुटी गभर्नर कायमै रहने
काठमाडौँ । ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि मंगलबार भएको दफावार छलफलमा सञ्चालक समितिको संरचनाका विषयमा सहमति जुटेको छ। विधेयकको दफा १० मा केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय रहने गरी सहमति भएको समितिका सचिव लक्ष्मण अर्यालले बताए। जसअनुसार बैंकमा दुई जना डेपुटी गभर्नर रहने वर्तमान […]
दुर्गा प्रसाईं थुनामुक्त
भक्तपुर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले अनुमति दिएन । प्रसाईंलाई आइतबार राति निकोसेरास्थित निवासबाट पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी परिसर भक्तपुरले म्याद थपको लागि सोमबार भक्तपुर जिल्ला अदालतमा पेश गरेको थियोे । मुख्य न्यायाधीश नवराज दाहालको इजलासले प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्नु […]
अमेरिकी भिसाको लागि तीस लाखसम्म धरौटी राख्नुपर्ने
काठमाडौं । अमेरिकाले नेपालसहित ५० देशका नागरिकका लागि पर्यटक (बी–२) र व्यापारिक (बी–१) भिसामा धरौटी राख्ने व्यवस्थालाई स्थायी रूपमा लागू गर्ने निर्णय गरेको छ। नयाँ व्यवस्थाअनुसार नेपाली आवेदकले भिसा प्राप्त गर्नुअघि १० हजारदेखि २० हजार अमेरिकी डलरसम्म (करिब १५ देखि ३० लाख रुपैयाँ) धरौटी राख्नुपर्नेछ। यसअघि परीक्षणका रूपमा लागू गरिएको व्यवस्थामा ५ हजारदेखि १५ हजार […]
सामाजिक सद्भाव खलबल्याएको आरोपमा मधेशका पाँच जिल्लामा ३६ जना पक्राउ
काठमाडौं । नेपाल प्रहरीले मधेशका पाँच जिल्लाबाट सामाजिक सद्भावमा खलल पुर्याएको आरोपमा ३६ जना पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार सिरहा, धनुषा, सर्लाही, महोत्तरी र पर्सामा ३६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सबैभन्दा बढी धनुषामा १९ जना छन् । यस्तै, सर्लाहीमा ९, सिरहामा ५, महोत्तरीमा २ र पर्सामा एक जना पक्राउ परेको […]
नेपाल धितोपत्र बोर्डले तीन ब्रोकरलाई गर्यो कारबाही
नेकाठमाडौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर गर्दै तीन धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ। बोर्डले सार्वजनिक गरेको निर्णयअनुसार कारबाहीमा सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज परेका छन्। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को […]
प्रधानमन्त्रीले बोलाए राष्ट्रिय सुरक्षा परिषद्काे बैठक
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएका छन् । बिहीबार बिहान साढे ११ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षा परिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समयमा उत्पन्न परिस्थिति र समसामयिक विषयमा छलफल हुने बताइएको छ । सुरक्षा परिषदमा प्रधानमन्त्री, रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव, प्रधान सेनापति र […]
प्रेम, सम्मान र सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्रीको अपिल
काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा भएको हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही हुने तथा पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराइने प्रतिबद्धता जनाएका छन्। मंगलबार राति साढे ११ बजे सामाजिक सञ्जाल मार्फत सार्वजनिक सन्देश जारी गर्दै शाहले आफू प्रधानमन्त्रीका रूपमा मात्र नभई यस देशको नागरिकका रूपमा पनि सुनसरीमा भएका घटनाक्रमबाट दुःखी […]









