दुर्गा प्रसाईं थुनामुक्त

भक्तपुर । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई हिरासतमा राख्न भक्तपुर जिल्ला अदालतले अनुमति दिएन ।

प्रसाईंलाई आइतबार राति निकोसेरास्थित निवासबाट पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी परिसर भक्तपुरले म्याद थपको लागि सोमबार भक्तपुर जिल्ला अदालतमा पेश गरेको थियोे ।

मुख्य न्यायाधीश नवराज दाहालको इजलासले प्रसाईंलाई थुनामा राखेर अनुसन्धान गर्नु पर्ने आधार नदेखिएको भन्दै अनुमति नदिएको अदालत श्रोतले जनाएको छ ।

अदालतको आदेशपछि प्रहरीले प्रसाईंलाई थुनामुक्त गरेको छ । उनलाई स्वास्थ्य परीक्षणका लागि भक्तपुर अस्पताल पुर्याइएको थियो । पौने ८ बजे प्रसाईंलाई छाडिएको प्रहरीले पुष्टि गरेको छ । उनलाई सार्वजनिक शान्ति बिरुद्धको कसुरमा प्रहरीले मुद्दा चलाएको थियो ।